Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मिस नेपाल अश्मी भन्छिन, ‘ नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु ’

\"Miss-nepal-2016-Aasmi-shrestha\"काठमाडौं। शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित भएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल भएकी छन् । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन । त्यसपछि ९५ मा सुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भइन । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा दुई पटक यो प्रतियोगिता भएको थियो । सोअन्तर्गत मिस नेपालको उपाधि निलिमा गुरुङले जितेकी थिइन । सोही वर्षदेखि मिस वल्र्डमा भाग लिने अवसर आएपछि पुनः मिस नेपाल वल्र्ड प्रतियोगिता भएको थियो जसको उपाधि झरना बज्राचार्यले जितिन । जितेसँगै उनले नेपालको तर्फबाट मिस वल्र्डमा भाग लिने अवसर पाइन । त्यस्तै, १९९८ मा मिस नेपालको उपाधि ज्योति प्रधानले जितिन । तर उनले उत्तरदायित्व बहन गर्न नसकेको भन्दै उपाधि खोसेर ‘फस्ट रनरअप’ निरु श्रेष्ठलाई दिइएको थियो । त्यसैगरी, १९९९ को मिस नेपालको उपाधि स्वेता सिंहको पोल्टामा गयो भने २००० को उपाधि उषा खड्गीले जितिन र २००१ मा भने यो प्रतियोगिता कारणवश हुन सकेन । प्रतियोगितालाई पुनः निरन्तरता दिँदै २००२ मा माल्भिका सुब्बा, २००३ मा प्रिती सिटौला, २००४ मा पायल शाक्य, २००५ मा सुगारिका केसी क्रमशः मिस नेपाल भए । सन् २००६ मा पुन प्रतियोगिता हुन सकेन । अर्को वर्ष अर्थात २००७मा भएको प्रतियोगिताको उपाधि शिताष्मा चन्दले जितिन । तर पुनः २००८ मा केही मानिसले गरेको विरोधको कारण देखाउदै प्रतियोगिता रोकियो । त्यसपछि अर्को वर्षदेखि पुनः निरन्तर सुरु भएको प्रतियोगिताको उपाधि क्रमशः २००९ मा जेनिशा मोक्तान, २०१० मा सदिक्षा श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१२ मा सृष्टि श्रेष्ठ, २०१३ मा इशानी श्रेष्ठ, २०१४ मा सुविन लिम्बु र २०१५ मा इभाना मानन्धरले जिते । शुक्रबार सम्पन्न मिस नेपालको उपाधि विजेता अश्मी चितवन निवासी हुन । उनीसमेत हालसम्म चितवन क्षेत्रबाट उपाधि जित्ने दुई जना छन् । यसअघि २०१२ मा मिस नेपाल भएकी सृष्टि श्रेष्ठ चितवनकै थिइन । क्षेत्रगत हिसाबले हेर्दा उपाधि जित्नेमा हालसम्म राजधानी उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०का सुन्दरीको बर्चस्व छ । राजधानी उपत्यकाबाट १२ जना मिस नेपाल भएका छन् । त्यस्तै, धरानबाट र वीरगञ्जबाट दुई÷दुई, पोखराबाट एक जना र बाँकी नयाँ ठाउँबाट प्रतिनिधित्व गर्ने छन् । काठमाडौँको अन्नपूर्ण होटलमा भएको प्रतियोगितामा अन्तिम स्पर्धामा रहेका १९ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीय अश्मी ‘मिस नेपाल वल्र्ड’ बन्न सफल भएकी हुन । त्यस्तै, प्रतियोगितामा ‘मिस नेपाल इन्टरनेशनल’ (फस्ट रनरअप० ललितपुरकी रोशनी केसी तथा ‘मिस नेपाल अर्थ’ (सेकेन्ड रनरअप० सप्तरीकी वर्षा लेखी भइन । त्यसैगरी, सिर्जना रेग्मी र नम्रता श्रेष्ठ पनि अन्तिम पाँचमा परेका थिए । प्रतियोगितामा ‘मिस इन्टेलेक्चुअल’, ‘मिस फोटोजेनिक’ र ‘बेस्ट इभिनिङ गाउन’ उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएकी अश्मीले यसै वर्ष इन्डोनेसियामा हुने ‘मिस वल्र्ड–२०१६’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उपाधि जितेपछि आँशु रोक्न नसकेकी उनले भनिन, ‘म अहिले खुसीले यति भावुक भएकी छु की भन्नलाई कुनै खास शब्द छैन, तर यति भन्न सक्छु नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने प्रयास गर्नेछु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending