Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रहरी प्रमुखले नै कैदी भगाएको खुलासा

काठमाडाैं, डिल्लीबजार कारागारका प्रहरी निरीक्षक रविन्द रंजितकै संलग्नतामा कैदी पासाङ शेर्पा भगाइएको तथ्य खुलेको छ । राजधानी दैनिकमा खबर छ–महानगरीय प्रहरी आयुक्त कार्यालयले गठन गरेको छानविन समितिले कारागारको कमाण्ड सम्हालिरहेका रंजितलाई दोषी देखाएको हो । छानविन समिति स्रोतका अनुसार रंजितकै निर्देशनमा कैदी शेर्पालाई उनको घरसम्म लगिएको र त्यसवापत् आर्थिक लाभसमेत लिएको भन्दै निलम्बित प्रहरीले समितिमा बयान दिएपछि उनी दोषी देखिएका हुन् । ‘प्रहरी हवल्दार तथा जवानहरुको बयान लिने काम सकिएको छ, अब प्रहरी निरीक्षकसँग बयान लिने काम हुन्छ ।’ छानविन समिति स्रोतले भन्यो, ‘नैतिक दृष्टिले उनी दोषी छँदैछन् त्यो भन्दा पनि आर्थिक लाभसम्मका कुरा आएका छन्, अब छानविनको दायरा फराकिलो हुन्छ ।’ डिल्लीबजार कारागारबाट उपचारका लागि आँखा अस्पताल त्रिपुरेश्वर लगिएका भनिएका शेर्पालाई बौद्धस्थित नयाँ बस्तीमा घरमा लगिएपछि उनी हत्कडीसहित २५ फागुनमा फरार भएका हुन् । उपचारपछि घरमा श्रीमतिसँग केही बेर बसेर उनी घरको पछाडिबाट हाम फालेर भागेका थिए । खैरो हेरोइन एक किलो ६३ ग्रामसहित पक्राउ परेपछि सोही मुद्दामा २०६९ असोजमा उनलाई १५ वर्ष जेल र ५ लाखको सजाय जरिवाना सुनाएपछि डिल्लीबजार सदरखोरमा राखिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: