Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

किन जंगिए कांग्रेस नेता पौडेल ?

\"ram_chandra_poudel\" काठमाडौं । सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई बेवास्ता गर्दै राजदूत सिफारिस गरेको भन्दै कांग्रेस रुष्ट बनेको छ । मंगलबारको मन्त्रिपरिषदको बैठकले २१ देशको एकैपटक राजदूत सिफारिस गरेपछि कांग्रेस वर्तमान एमाले नेतृत्वको सरकारसँग झनै चिढिएको छ । प्रधानमन्त्री केपी ओलीले विपक्षी दललाई बेवास्ता गर्दै एकपछि अर्को राजनीतिक नियुक्ति गर्न थालेपछि कांग्रेस रुष्ट चिढिएको हो । उसले संसदीय सुनुवाई समेत हुन नदिने संकेत गरेको छ । प्रधानमन्त्री ओलीले आफूले गरेको निर्णयको आत्मालोचनासहित माफी नमागेसम्म संसदीय हुन नदिने भन्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार रिपोटर्स क्लवमा जंगिएका थिए । प्रधानमन्त्री ओलीले यसअघि संसदीय सुनवाई समिति नभएको भन्दै न्यायपरिषदको सदस्यमा सिफारिस रामप्रसाद सिटौलाको नाम फिर्ता लिएको स्मरण गराउँदै पौडेल ओलीप्रति जंगिएका थिए । अहिले पनि सुनुवाई समिति नभएको अवस्थामा सिफारिस गरेका कारण प्रधानमन्त्रीले सिटौलाको नाम फिर्ता लिने निर्णय सच्चाउनुपर्ने उनले बताए । संसदीय समिति कायमै रहेको भनी प्रधानमन्त्रीले आत्मालोचनासहित माफी माग्नुपर्नेमा पौडेलले जोड दिए । रामप्रसाद सिटौलाको नाम ल्याएपछि मात्रै सुनवाई हुने उनले बताए । अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म नियुक्तिकोलागि सिफारिस गरिएका न्यायाधीस र राजदुतहरु पर्खिएर बस्नुपर्ने पौडेलले बताए । पुरानै सुनवाई समितिले सुनवाई गर्नुपर्ने अन्यथा नयाँ बनेपछि मात्रै सुनुवाई हुने उनको भनाइ छ । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने प्रमुख विपक्षी दललाई बेवास्ता गरी महत्वपूर्ण राजनीतिक नियुक्त नगर्न आग्रह गरे पनि सरकारले वेवास्ता गरेको भन्दै कांग्रेस संसदमा कडारुपमा प्रस्तुत हुने भएको छ । कानून संशोधनहरु बाँकी नै रहेको सन्दर्भमा संसद बैठक बोलाउन ढिलाइ भएको भन्दै तत्काल संसद बैठक बोलाउन उनले सरकारलाई आग्रह गरिसकेको छ । मधेसको समस्या समाधानतर्फ लाग्न सुझाव कांग्रेस नेता पौडेलले मधेसको समस्या समाधानतर्फ पनि सरकारले वास्ता नगरेको आरोप लगाए । वार्ताका माध्यामबाट मधेसको समस्या समाधानतर्फ लाग्नुपर्नेमा पौडेलले जोड दिए । नयाँ संविधान अनुसार अबको एक वर्ष आठ महिनाभित्र करिब ३ सय वटा ऐन संसोधन गरी स्थानीय तहको पुनर्संरचना गरेर गाउँ, जिल्ला, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर राष्ट्रिय सभा गठन गरिसक्नु पर्ने अवस्था रहेको उनले बताए । उनले मुलुक खतरनाक मोडमा पुगिसकेकोले अब मधेससँग वास्तवमै बार्ता गर्नुपर्ने भन्दै यसकोलागि सरकारले अग्रसरता लिनुपर्ने सुझाव दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending