Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

धुर्मुस सुन्तलीद्धारा दोस्रो एकिकृत बस्तीको शिलन्यास (फोटोफिचर सहित )

सिन्धुपाल्चोक । हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली ले दोस्रो एकीकृत बस्तीको शिल्यान्यास गरेका छन् । भूकम्पगएको ठ्याक्कै एक वर्ष पुगेको दिन आइतबार बिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोस्रो एकीकृत बस्तीको शिल्यान्यास गरेका हुन् । बस्ती निर्माणको काम थालनी स्वरुप गिरान चौर एकीकृत बस्तीमा सामूदायिक भवनको जगशिल्यान्यास गरिएको हो । यस अघि विभिन्नव्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमा पहिलो एकीकृत नमुना बस्ती बनाएका थिए । गिरानचौरमा रहेका ६५ परिवारका लागि करिब ६ महिना भित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ । गिरानचौर एकीकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय बनाइने फाउण्डेशनले जनाएको छ ।पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । धन नभएपनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् । गिरानचौर एकीकृत बस्ती निर्माणको काम थालनी गर्दै गर्दा उनले पहिलो एकीकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई धन्यवाद दिए । देश विदेशबाट सहयोग गर्ने केही प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले यिनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् । साढे तीन करोड अनुमानित लागत रहेको यो बस्ती निर्माणको थालनी गर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँया मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पूरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरान चौर एकीकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाइ छ । एकीकृत बस्ती सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका ८, गिदानचौरमा रहेको छ । बस्तीको क्षेत्रफल १ सय रोपनी रहेको छ भने त्यहाँ ट्वाइलेट बाथरुम सहितचार कोठे भूकम्प प्रतिरोधि भवन निर्माण गरिने छ । बस्तीमा भूकम्प प्रभावितको ६५ घर रहेका छन् भने ५ सय १५ जना प्रभावित छन् । \"d1\" \"d2\" \"d3\" \"d4\" \"d5\" \"d6\" \"d7\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: