Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

केपी ओलीले यसरी रोकाए राष्ट्रपति भण्डारीको भारत भ्रमण

\"bidhyaकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अचानक स्थगित भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–२७ वैशाखदेखि पाँच दिन राष्ट्रपतिको भारत भ्रमण तय भएको थियो । संवैधानिक रूपमा राष्ट्रपतिको विदेश भ्रमणसम्बन्धी निर्णय मन्त्रिपरिषद्ले गर्ने र त्यसको चाँजोपाँचो सरकारले नै मिलाउने प्रावधान छ । तर, मन्त्रिपरिषद्ले राष्ट्रपतिको भ्रमणबारे निर्णय गरेन । ‘देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, व्यस्तता तथा देशभित्रै रहनुपर्ने आवश्यकताले गर्दा अहिले राष्ट्रपतिज्यूको भारत भ्रमण स्थगित भएको हो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने, ‘पछि उपयुक्त समय मिलाएर भ्रमण हुन्छ ।’ भ्रमणको पर्याप्त तयारीसमेत नभएको पोखरेलले बताए । उनले भने, ‘परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेको थियो । सरकारले निर्णय गरेको थिएन । तर, केही दिनयता उहाँ जाने कि नजाने भन्ने अलमल पनि थियो ।’ एक साताअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भारत भ्रमण तय भएको जानकारी दिएका थिए । राष्ट्रपति भण्डारीले पनि बुधबार शीतलनिवासमा पत्रकारसँग भारतको सद्भावना भ्रमणमा जान लागेको बताएकी थिइन् । दुई देशबीचको असमझदारी हटाउन भ्रमण गर्न लागेको उनको भनाइ थियो । सरकारले राष्ट्रपति भण्डारीको भ्रमण स्थगित भएको जानकारी शुक्रबार भारतलाई दिएको छ । ‘सरकारको निर्देशनअनुसार मैले राष्ट्रपतिज्यूको भारत भ्रमण अहिलेलाई स्थगित भएको जानकारी सम्बन्धित निकायलाई गराएको छु,’ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने । राष्ट्रपतिलाई प्रधानमन्त्रीले कन्भिन्स गराए सरकार परिवर्तनका लागि भएको असफल खेलको पछाडि भारत रहेको सरकारको निष्कर्ष छ । सरकार नढल्ने सुनिश्चित भएसँगै शुक्रबार राष्ट्रपतिको भ्रमण तत्काल नहुने सन्देश भारतलाई पठाइएको उच्च कूटनीतिक स्रोतले बतायो । सरकार ढाल्ने प्रयत्नलाई लिएर भारतसँग रुष्ट प्रधानमन्त्री केपी ओलीले भ्रमणमा नजान राष्ट्रपतिलाई पनि कन्भिन्स गराएका थिए । ओलीनिकट एक नेताले भने, ‘केही दिनयता सरकारविरुद्ध जे परिस्थिति बन्यो, त्यसको रिफ्लेक्सनका रूपमा राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको हो, यसमा राष्ट्रपतिज्यूले पनि सहमति जनाउनुभएको छ ।’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नेता माधव नेपाल र महासचिव ईश्वर पोखरेलसहित भारतीय राजदूत रणजित रायसँग होटेल द्वारिकामा लन्च खाएसँगै सरकार परिवर्तनको खेलबारे बुझिएको ती नेताले बताए । इच्छुक थिइन् राष्ट्रपति राष्ट्रपति विद्या भण्डारी अहिलेकै अवस्थामा पनि भारत भ्रमण गर्न इच्छुक थिइन् । बुधबार अपराह्न शीतलनिवासमा कूटनीतिक मामिला पत्रकारसँगको अनौपचारिक अन्तरक्रियामा राष्ट्रपति भण्डारीले भारत जाने बताएकी थिइन् । परिस्थिति सहज नभए पनि आफ्नो भ्रमणले दुई देशबीचको असमझदारी हटाउने भण्डारीको विश्वास थियो । यस्तो थियो तयारी सरकारले औपचारिक निर्णय नगरे पनि भ्रमणको तयारी अन्तिम चरणमा पुगेको थियो । प्रतिनिधिमण्डल करिब १२ जना रहने र सवारीमन्त्रीका रूपमा संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल जानेसमेत मोटामोटी तय थियो । भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा सिंहस्थ कुम्भ मेलामा जाने राष्ट्रपतिको तयारी थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE