Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

मधेसी गठबन्धनमा विवादपछि चिरा पर्यो

\"madhesi1-750\"काठमाडौं । आन्दोलन सशक्त बनाउन मधेसी दलहरूले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको हो । मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरूले संघीय गठबन्धन बनाएका थिए । संघीय समाजवादी फोरम, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी, सद्भावना नेपाल, तमसपा र राष्ट्रिय मधेस समाजवादी पार्टी मोर्चामा थिए । पछि २० वटा विभिन्न क्षेत्रीय दललाई समेटेर संघीय गठबन्धन बनाइएको थियो । तर, अहिले आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा उठेको विवाद सतहमै देखिएको छ । तर, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनमा विवाद नभएको दाबी गरे । ‘विवाद त्यस्तो केही भएको छैन, बाहिर हल्ला बढी भएको हो,’ श्रेष्ठले भने । चार दलद्वारा बैठक बहिष्कार संघीय गठबन्धनको शुक्रबार बसेको बैठक चार मधेसी दलले बहिष्कार गरेका छन् । तमलोपा, सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी बैठकमा नगएका हुन् । महाधिवेशनको तयारीमा लागेको भन्दै तमलोपाका नेताहरू बैठकमा सहभागी भएनन् । तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महामन्त्री मनीष सुमन काठमाडौंमै भएर पनि बैठकमा गएनन् । ‘सिंहदरबार घेराउ कार्यक्रमबारे पार्टीभित्र छलफल थियो, त्यसैले गठबन्धनको बैठकमा नगएको हो,’ सुमनले भने । २ जेठका लागि गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम तय गरेको छ । गठबन्धन विवादका ६ कारण व्यक्तित्व टकराव उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोबीच व्यक्तित्व टकराव छ । मधेस आन्दोलन ०६५ को प्रमुख नेता उपेन्द्र यादव थिए भने त्यसपछिको मधेस आन्दोलनका नेता महन्थ ठाकुर थिए । जारी आन्दोलनको नेता को बन्ने भन्नेमा मोर्चामा विवाद रहेको मधेस विश्लेषक तुलनारायण साहको भनाइ छ । आन्दोलनका क्रममा मधेसमा महन्थलाई बढी विश्वास गरे पनि राजेन्द्र महतोको सक्रियता थियो । तर, उपेन्द्रले नेता हुन खोजेको मोर्चाभित्र आरोप छ । यादवकै योजनामा सात दल रहेको मोर्चालाई विस्तार गरिएको थियो । आन्दोलनको नेतृत्व मधेसी नेताहरूबीच मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद छ । मोर्चामा आबद्ध धेरै दल ‘ब्रान्ड’ बनिसकेकाले मोर्चाकै ब्यानरमा आन्दोलन गर्नुपर्ने पक्षमा छन् । तर, उपेन्द्र यादव आन्दोलन राष्ट्रव्यापी बनाउन संघीय गठबन्धनको ब्यानर उपयोग गर्नुपर्ने पक्षमा छन् । यादवकै आग्रहमा पद्मरत्न तुलाधर, कुमार लिग्देन, पर्शुराम तामाङलगायतका जनजाति नेताहरू गठबन्धनमा पुगेका थिए । आन्दोलनको स्वरूपबारे मधेसी नेताहरूबीच आन्दोलनको स्वरूप कस्तो हुने भन्नेमा पनि विवाद छ । मोर्चाले पहिला राखेका ११ बुँदे माग अवमूल्यन गर्ने गरी संघीय गठबन्धनले ५ चैतमा २६ बुँदे माग तयार गरिएको विषयमा नेताहरूबीच विवाद छ । आन्दोलनका कार्यक्रमबारे संघीय गठबन्धनको ब्यानरमा १५ देखि २७ वैशाखसम्म देशभर सभा गर्ने कार्यक्रम तय भएको थियो । तर, अहिलेसम्म ५५ जिल्लामा कार्यक्रम नै हुन सकेको छैन । केही जिल्लामा जसोतसो सभा हुने र धेरै जिल्लामा कार्यक्रम नभएकाले विवाद बढेको एक नेताले बताए । कतै सक्रिय कतै निष्क्रिय संघीय गठबन्धनले २७ वैशाखमा ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत २६ बुँदे माग प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम तय गरेको थियो । तर, गठबन्धनले २२ वटा जिल्लामा मात्रै बुझाएको मोर्चाका नेताको भनाइ छ । एनजिओजस्ता दल भएको आरोप गठबन्धनमा आबद्ध दलमध्ये अधिकांश एनजिओजस्ता रहेको भन्दै स्वीकार गर्न नसकिने पक्षमा तमलोपा, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टीलगायतका दल छन् । त्यस्ता दलले आन्दोलन कमजोर पार्ने आरोप लागेपछि विवाद बढेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE