Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

सावधान ! दैनिक ३ बालबालिका कहाँ हुन्छन् बेपत्ता ?

\"12052016071414abandoned-childrens-1000x0-750\" काठमाडौं । १४ वर्षीय विशाल बम्जन हराएको १० महिना पुग्यो । सिन्धुली भेरीका उनी ललितपुर कुपन्डोलस्थित धनुषा शाहीको घरमा काम गर्दै ३ कक्षामा पढ्थे । अचानक हराए । ‘खोज्दा–खोज्दा हैरान भइसकें, अहिलेसम्म फेला परेको छैन,’ धनुषाले भनिन्, ‘कता गयो, कसैले फकाएर लग्यो कि ? कति खोजतलास गरिसकें, भेटिएन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ – पोखराको अमरसिंह चोककी १२ वर्षीया स्वीकृति थापा कक्षा ७ मा प्रथम थिइन् । पढाइमा अब्बल थिइन् । २०७१ भदौ २६ गते स्कुलबाट आएर अरू नै कुरामा अलमलिइन् । अभिभावकले पढ्न सम्झाए । उनी रिसाउँदै एकाएक घरबाट निस्किइन् । ठट्टा गर्दैछिन् भनेर एकछिन कसैले वास्तै गरेन । केही बेर नआएपछि खोज्न निस्किए तर भेटेनन् । उनी अझैसम्म फर्किएकी छैनन् । ‘घरबाट एक्लै कहिल्यै कतै निस्किएकी थिइनन्’, उनका दाइ कविरले भने, ‘त्यस दिन झोँकिएर हिँडेकी, कता गइन्, भेट्नै सकिएन ।’ सिन्धुपाल्चोक गातीका विशेष श्रेष्ठ हराएको १ वर्ष भयो । काठमाडौंमा कक्षा १० मा पढ्ने उनी २०७२ वैशाख १२ को विनाशकारी भूकम्प गएको दिनदेखि बेपत्ता छन् । उनका बुवा भीमसेन श्रेष्ठ विशेषको खोजीका लागि कहाँ पुगेनन् रु तर कहीं पनि फेला पार्न सकेनन् । सँगै गएका साथीले धरहराबाट हराएको सुनाए । ुतर, अहिलेसम्म फेला परेको छैन,’ भीमसेनले भने, ‘धरहरामुनि पुरिएको भए लास त भेटिनुपर्ने हो । तर, न लास भेटियो, न सास । ऊ पक्कै जीवितै हुनुपर्छ । तर, कहाँ गयो होला रु’ विशाल, स्वीकृति र विशेषजस्तै हराएर नभेटिनेको सूची प्रहरीसँग २ हजार ३३ जनाको छ । प्रहरीले तथ्यांक राख्न थालेको करिब ४ वर्षयता ३ हजार ८ सय ७८ जना हराएका आवेदन परे । तिनीहरूमध्ये १ हजार ८ सय ४५ जना अर्थात् ४७।६० प्रतिशत मात्र फेला परे । बाँकी ५२।४० प्रतिशत कहाँ कुन हालतमा छन्, कसैलाई थाहा छैन । सरकारले बालबालिका हराए, अपहरण गरिए वा कुनै किसिमको हिंसामा परे खबर गर्न निस्शुल्क फोन नम्बर दिएको छ, १०४ । भृकुटीमण्डपस्थित बालबालिका खोजतलास समन्वय केन्द्रमा जडित यस टेलिफोनको सहायताले दैनिक सरदर ३ जना हराएका घटना दर्ता गरिन्छ । केन्द्रले खोजीका लागि निवेदन परेका सबै बालबालिकाको नेपाल टेलिभिजनमा सूचना पठाउँछ । त्यहाँबाट गएका ‘बालबालिका हराएका सूचना’ एनटीभीले सित्तैमा बजाउँछ । ‘३ वर्ष ९ महिनामा ३८ सय ८७ बालबालिका हराए, त्यति नै सूचना प्रसारण भए,’ केन्द्रका प्रमुख डीएसपी भक्तबहादुर बिष्टले भने, ‘तीमध्ये २ हजार ३३ जना अझै फेला परेका छैनन् ।’ कसरी हराउँछन् बालबालिका रु कहाँ पुग्छन्रपुर्‍याइएका होलान् नभेटिनेहरू रु सरकारी निकायहरूले समेत राम्रो भेउ पाउन सकेका छैनन् । भारतमा अंग व्यापार भारतमा धेरै थरी अस्पताल छन् । अनेक खाले बिरामी पुग्छन् । सबैजसो अंग प्रत्यारोपण हुन्छ । तर, त्यसका लागि मानव अंगहरूको अभाव छ । त्यही पूर्ति गर्न भारतकै केही विपन्न ठाउँ र नेपालबाट मानव तस्करी हुन्छ । त्यसमा पनि लैजान र फकाउन सजिलो हुने भएकाले बालबालिका बढी मात्रामा पुर्‍याइँन्छन् । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले भारतमा मृगौला र अन्य अंग बिक्रीका लागि बालबालिका लगिएका घटना निकै बढ्न थालेको बताए । ‘भित्री अंगहरू झिकेर अलपत्र पारिएको अवस्थामा केही बालबालिकाको उद्धार गरिएको छ,’ उनले भने, ‘कतिपयलाई भने मानवअधिकारकर्मीको सहयोगमा पहिल्यै रोक्न सफल भइएको छ ।’ प्रहरी प्रवक्ता माधव जोशीका अनुसार भारतमा मृगौला, आँखा, मुटु, कलेजोजस्ता मानव अंग किनबेच हुन्छ । ‘त्यस्ता अंग झिकेर बेच्न मानव तस्करले बालबालिकालाई चोर्ने गरेका छन्,’ उनले भने, ‘प्रविधिको विकाससँगै नयाँ–नयाँ रोग देखा पर्न थाले । त्यस्तालाई अंग प्रत्यारोपण गर्न बालबालिका बेपत्ता पारिन्छन् ।’ उनले विभिन्न प्रलोभनमा पारी बालबालिकालाई फकाउन सकिने भएकाले तस्करलाई सजिलो हुने बताए । ‘उमेरै अरूको लहलहैमा लाग्ने हो,’ उनले भने, ‘तस्करले त्यसैको फाइदा उठाई भारतका विभिन्न सहरसम्म पुर्‍याएर बिक्री गर्ने गरेका छन् । घरेलु काम, सर्कस र उद्योगधन्दामा लगाउन बालबालिकाको बेचबिखन उत्तिकै छ ।’ माग्नेसमेत बनाइन्छ भारतका दिल्ली, मुम्बई, कोलकातालगायत सहरमा केहीको पेसा यस्तो हुन्छ, जसले ठूलो संख्यामा बालबालिका जुटाएर माग्न पठाउँछन् । त्यसका लागि नेपालबाट समेत तस्करी गरी बालबालिका पुर्‍याइने गरेको सरकारी अनुसन्धानले देखाएको छ । विभिन्न मार्मिक प्लेकार्ड, पत्र आदि बोकाएर माग्न लगाइन्छ । कसैको के समस्या देखाइन्छ, कसैको के । दिनभरि जुटेको पैसा मालिकलाई बुझाउनुपर्छ । त्यसैबाट उनीहरूले सीमित तलब पाउने हुन् । त्यस्तो काम गराएको अवस्थामा फेला पारेर उद्धार गरिएका घटनाहरू छन् । ‘फेला नपारिएका घटना धेरै छन् भन्ने अनुमान छ,’ समितिका एक अधिकारीले भने, ‘मूलजरो मानव तस्करी हो । यसलाई नियन्त्रण नगर्ने हो भने भारतको मानव सागरमा बेचिने बालबालिकालाई सकुशल फिर्ता ल्याउन त्यति सजिलो छैन ।’ सर्कस, नाच र धन्दामा हराइरहेका अधिकांश बालबालिका भारत पुर्‍याइएको प्रहरी अनुमान छ । त्यहाँ उनीहरूलाई मुख्य गरी सर्कसमा प्रयोग गरिन्छ । ‘जोखिमपूर्ण काममा लाउने, थुनेर राख्ने, खानलाउन राम्ररी नदिने, पैसा माग्दा उल्टै यातना दिने गरेको पाइएको छ,’ सर्कसको हालतबारे गिरीले भने, ‘केहीको उद्धार भए पनि ठूलो संख्या यस्तो काममा रहेको अनुमान छ । त्यसकै लागि धेरै बालबालिकालाई लैजाने क्रम रोकिएको छैन । बरु बढेको छ ।’ भारतका कतिपय सहरमा ‘आर्केस्ट्रा’ को प्रचलन छ । विवाह वा कुनै ठूलो पार्टीमा रातभरि नाच्ने टोली हो अर्केस्ट्रा । त्यसका लागि नेपाली बालिकाको अत्यधिक तस्करी हुने गरेको पाइएको छ । प्रहरीका अनुसार त्यसका लागि बढी मात्रामा पर्सा हुँदै लाने गरिएको छ । त्यति मात्र होइन, नेपाली बालिकालाई मुम्बई, दिल्ली लगायतका कोठीमा बेची यौन धन्दामा समेत उपयोग गरिएको पाइन्छ । कतिपय बालगृहले संरक्षणका नाममा बालबालिका किनबेचसमेत गर्ने गरेको सरकारी अनुसन्धानले नै देखाएको छ । ‘बाउआमालाई प्रलोभनमा पारी त्याग्न लाउने र धर्मपुत्रपुत्रीका नाममा ठूलो रकम उठाउने घटना भएका छन्,’ समितिका अध्यक्ष गिरीले भने, ‘तिनलाई पनि कडाइ गर्नु जरुरी छ ।’ अन्धविश्वासको सिकार २०७२ साउन पहिलो साता नवलपरासी कुडियामा एक झाँक्रीले छिमेकी बालकको बलि दिए । छोरालाई राम्रो झाँक्री बनाउने अन्धविश्वासका आधारमा कोदाइ चमारले जीवन कोहारको हत्या गरी भगवानको तस्बिरमा रगत चढाएका थिए । उनले बलि चढाउन फलाकेको गाउँलेले सुनेकाले हराएका जीवनको खोजी भयो । नत्र उनी कतै हराए वा भारततिर गए भन्ने भरमा अभिभावक चुपचाप बस्न सक्ने थिए । जब त्यो घटना भयो, स्थानीयवासी भन्दै थिए, ‘मधेसका गरिब दलित बस्तीमा यस्ता बालबच्चा कति हराउँछन्, कहिल्यै भेटिँदैनन् । कतै तिनको पनि यही हालत त भएको छैन रु’ यस्ता अन्धविश्वास भारतका गाउँमा झन् व्याप्त छ । सीमावर्ती जिल्लाका गाउँहरूबाट हराउने बालबालिका तस्करले त्यस्ता ठाउँमा पुर्‍याई हत्या गरेका केही घटना हुन सक्ने प्रहरी अधिकारीहरू नै बताउँछन् । गाउँमा हराएका थुप्रै बालबालिकाबारे प्रहरीलाई खबर गरिँदैन । त्यसैले यो संख्या निकै बढी हुन सक्छ । मुलुकभर २ सय ४० वटा महिला तथा बालबालिका सेवा केन्द्र छन् । तर, हराउनबाट जोगाउनमा मुख्य भूमिका अभिभावककै हुने प्रहरी प्रवक्ता जोशीले बताए । ‘अभिभावकले कस्तो साथीसँग संगत गरेको छ भन्ने निगरानी गर्नैपर्छ, वरपरका छिमेकीको बानी व्यवहार पनि पनि ध्यान दिनैपर्छ,’ उनले भने, ‘अभिभावकले विद्यालयमा गएर समय समयमा छोराछोरीबारे जानकारी लिनुपर्छ ।’ सामाजिक सञ्जालको बढदो प्रयोगमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘फेसबुक, ट्वीटरमा बालबालिका आजभोलि व्यस्त देखिन्छन्,’ उनले भने, ‘ती सञ्जालमा छोराछोरीका कस्ता साथी छन् भनेर अभिभावकले खोजीनीति गर्नुपर्छ । नत्र पछुताउनुपर्ने स्थिति हुनसक्छ ।’ हराउनेमध्ये बढी संख्यामा बालिका छन् । तर, बढी भेटिनेमा बालक छन् । अर्थात्, ठूलो संख्यामा बालिका बेपत्तै छन् । हालसम्म हराएकामा बालक १ हजार ७ सय ६६ र बालिका २ हजार १ सय १२ जना छन् । जबकि भेटिनेमा बालक १ हजार २६ र बालिका ८ सय १९ जना छन् । गिरी बिट मार्छन्, ‘यसले जोखिमपूर्ण अवस्थालाई संकेत गर्छ ।’ हराउने कारणहरू १. बेसहारा गरिबीका कारण बाबुआमाले छोड्नु आमा बित्नुरपोइल जानु, बाबुले वास्ता नगर्नु बाबुआमाकै मृत्यु हुनु २. भारत तस्करी सर्कसमा खेलाउन मृगौलालगायत अंग बेच्न आर्केस्ट्रामा नचाउन मगन्ते बनाउन घरायसी काम गराउन ३. अन्य देखासिकी र महत्त्वाकांक्षाले आफैं भाग्नु नेपालमै घरेलु र अन्य काममा लगाउन फकाएर लगिनु गुम्बा, मदरसाजस्ता धार्मिक आश्रममा बिनाजानकारी पुर्‍याइनु बालगृहमार्फत बिक्री गरिनु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE