Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

४ हजार सुरक्षाकर्मी घरेलु कामदार : १८ देखि २० घन्टासम्म काम

\"police-douse-fire-in-bikes-of-Bimalendra-Nidhi-750\" काठमाडौं । उपत्यकामा कार्यरत जुनियर तहका प्रहरी कर्मचारीलाई पुनर्ताजगी गराउन आयोजित कार्यक्रममा एक जवान अनकनाउँदै उठे । निरन्तर ड्युटीबाट थाकेका तल्लो दर्जाका प्रहरीलाई ताजगी दिन म्युजिक थेरापीसँगै गुनासा निर्धक्क राख्ने छुट दिएको कार्यक्रममा उनले १८ देखि २० घण्टासम्म काम गर्नुपर्दा सुत्न नपाएको र परिवारलाई समय दिन नसक्दा छोडपत्र हुने अवस्था आएको गुनासो सुनाए । भने, ‘हाकिमसापहरूको घरमा काम गर्न बसेका केही साथीलाई मात्र ड्युटीमा ल्याउन सके पनि सुत्ने समय केही थपिन्थ्यो कि, पहल गरिदिनुपर्‍यो ।’ आजको कान्तिपुर दैनिकमा केपी ढुंगाना लेख्छन् – उनले लक्षित गरेका साथीहरू संगठनले नै बहालवाला र पूर्वसंगठनका अधिकारीलाई सहयोगीका रूपमा खटाएका प्रहरी कर्मचारी थिए, जसको औपचारिक संख्या नै करिब ४ सय पुग्छ । प्रधान कार्यालय स्रोतका अनुसार रेकर्डमै नरहने गरी राज्यले शान्ति सुरक्षामा खटिन तालिम दिएर दक्ष बनाएको थप ६ सय प्रहरी कर्मचारी शान्ति सुरक्षामा हैन आफ्नै संगठनका पहुँचवाला अधिकारीको घरका घरेलु सहयोगीको भूमिकामा कार्यरत छन् । त्यहाँ खटिएका प्रहरी अधिकारीले उनको गुनासो टिपोट त गरे, तर कार्यान्वयनको पत्तो छैन । नेपाली सेना र सशस्त्रभित्रको अवस्था पनि नेपाल प्रहरीको भन्दा भिन्न छैन । सुरक्षा चुनौती र पदीय मर्यादाको आवरणमा यी तीन संगठनका ४ हजार बढी सदस्यले तलब र रासन राज्यबाट लिए पनि काम भने संगठनका बहालवाला र पूर्वसाहेब तथा साहेबनीको सहयोगीका रूपमा छ । बहालवाला र पूर्वअधिकारीलाई संगठनले उपलब्ध गराएको सुविधाबारे संसदको सार्वजनिक लेखा समितिले चासो राखेपछि यी तीनवटै संगठनले पठाएको सूचीमा उल्लेखित अपुरो विवरणमै संगठनका सदस्यको दुरुपयोग छर्लंग हुन्छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० ले सुरक्षा संगठनका बहालवाला र पूर्वप्रमुखको सुरक्षाका लागि आवश्यक जनशक्ति खटाउने अधिकारी सम्बन्धित संगठनलाई नै सुम्पेको छ । औपचारिक विवरणमा उल्लेख भएअनुसार सेनाले महासेनानीसम्मलाई सहयोगी उपलब्ध गराएको छ । नेपाल प्रहरी र सशस्त्रका पहुँचवाला एसपी तहसम्मका बहालवाला र पूर्वअधिकारीले संगठनका सदस्यलाई घरेलु सहयोगी बनाएर घरमा राखेका छन् । तीनवटै संगठनले आफ्ना वरिष्ठ अधिकृतलाई सहयोगी दिन गृहको कार्यविधि टेकेका छन् । कार्यविधिअनुसार सुविधा दिन नसकिने पदका अधिकारीलाई कसैले आन्तरिक निर्णयलाई आधार बनाएका छन् त कसैले सुरक्षा चुनौतीलाई कारण देखाएका छन् । कान्तिपुरले प्राप्त गरेको सेनाको विवरणअनुसार उसले बहालवाला र पूर्वप्रधानसेनापतिसँगै महारथी, रथी, उपरथी, सहायक रथी, महासेनानीलाई ४ सय संगठनका सदस्य सहयोगीका रूपमा खटाएको छ । उसले चालक र बडिगार्डका रूपमा संगठनका सदस्यलाई सहयोगीका रूपमा खटाएको छ नै, त्योसँगै सवारी साधन र इन्धनको सुविधासमेत दिएको छ । सेनाको आधिकारिक विवरणअनुसार उसले पूर्वमहारथी अर्जुननरसिंह राणा, प्रज्वलशमशेर राणा, गडुलशमशेर राणा, धर्मपालबरसिंह थापा, प्याराजंग थापा, रुक्मांगत कटवाल, छत्रमानसिंह गुरुङ र गौरवशमशेर राणालाई ६ जनाको दरले ४८ सैन्य कर्मचारी खटाएको छ । स्वर्गीय आईजीपीलाई समेत दुई सहयोगी पहुँचका आधारमा संगठनको सदस्यको दुरुपयोग गर्न नेपाल प्रहरीका अधिकारी कम छैनन् । बहालवाला एसपीदेखी अवकाश पाएका एसएसपी तहसम्मका प्रहरी अधिकृतले संगठनका सदस्यलाई घरेलु सहयोगी बनाएका छन् । प्रधान कार्यालयले १४ जना पूर्वमहानिरीक्षकलाई ७० जना सहयोगी खटाएको छ । जीवित पूर्वआईजीपीलाई मात्रै हैन स्वर्गीय दिलबहादुर लामाको नाममा समेत २ जना प्रहरीलाई सहयोगीका रूपमा खटाइएको छ । पूर्वआईजीपी खडगजित बरालले ३ जना सहयोगी पाएका छन् । दुर्लभकुमार थापाका ४ सहयोगी छन् भने ध्रुवबहादुर प्रधानले एक नायब निरीक्षक र ६ जवान सहयोगी पाएका छन् भने ओमविक्रम राणाले पनि ६ जना नै । सशस्त्रबाट २ जना सहयोगी पाएका मोतीलाल बोहोराले प्रहरीबाट ३ सहयोगी पाएका छन् । हेमबहादुर सिंहले ४ जना सहयोगी पाएका छन् । हेमबहादुर गुरुङ, श्यामभक्त थापा, अच्युतकृष्ण खरेल, प्रदिप राणा, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाहले ५ सहयोगी लिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE