Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

लाखौं कुम्ल्याउँदै सांसदहरु

\"17052016070500sticky-1000x0-750\" काठमाडौं । ललितपुरका सांसद चन्द्र महर्जनले जेनेरेटर टहरो निर्माणका क्रममा करिब ९५ लाख रुपैयाँ अनियमितता गरेको छानबिनका क्रममा देखिएको छ । अर्का सांसद मदन अमात्यको सिफारिसमा सञ्चालित ज्यापु समाजको भवन निर्माणमा १ लाख ६८ हजार रुपैयाँ भ्रष्टाचार गरिएको भेटियो । उक्त योजनामा खरिद नै नगरेको रडलाई प्रयोग गरेको भनी मूल्यांकन गरिएको फेला पर्‍यो । आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली लेख्छन् –सांसद सिद्धिलाल सिंहको सिफारिसमा ललितपुरकै सातदोबाटोमा मनमोहन स्मृति भवन निर्माणाधीन छ । भवनमा १० फिट गाह्रो हुनुपर्ने भनी रकम भुक्तानी भएकामा छानबिनका क्रममा उचाइ करिब साढे ८ फिट मात्रै भेटियो । उचाइमा भएको गडबडले मात्रै ४९ हजार ९ सय रुपैयाँ अनियमितता देखियो । सोही भवन निर्माणमा सांसद सुशीला नेपालको सिफारिसमा भएको भुक्तानीमा २० एमएम उल्लेख गरे पनि १६ एमएमको मात्रै रड प्रयोग गरेर अनियमितता गरेको देखियो । हरेक वर्ष सरकारले बजेट तयारी थाल्दा सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउन लबिङ गरिरहेका हुन्छन् । उनीहरूले बजेट नै पारित हुन नदिने धम्की दिएर आफ्ना माग सम्बोधन गर्न बाध्य पार्छन् । हरेक वर्ष निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटको आकार मात्रै बढाइएको छैन, अनियमितताको ग्राफ पनि बढ्दो छ । योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा राजनीतिक कार्यक्रमहरू कार्यकर्तामुखी हुने भएकाले कतिपय अवस्थामा प्रतिफल खोज्नसमेत कठिन हुने ठान्छन् । ‘यस्ता कार्यक्रम कार्यकर्तामुखी हुने भएकाले धेरै सर्त र मापदण्ड राख्न गाह्रो हुन्छ,’ उनले कान्तिपुरसित भने, ‘बरु सांसदहरूका योजनाको प्राथमिकता निर्धारण गरेर समस्यालाई नीतिगत तहमै सम्बोधन गर्नु राम्रो हो ।’ सांसदहरूको सिफारिसमा सञ्चालित अधिकांश कार्यक्रमको बजेट उपभोक्ता समितिमार्फत खर्च हुन्छ । साइकल, बाल्टी, सिलाइकल जस्ता वितरणमुखी योजनादेखि पार्टी निकटका नेताका नाममा बन्ने स्मृति भवनले बजेट पाइरहेका छन् । बीपी स्मृतिदेखि मदन आश्रित भवनका नाममा यसरी १० लाख रुपैयाँ अनियमित ढंगले निकासा दिइएको हो । अर्घाखाँची क्षेत्र नम्बर १ मा खानेपानी योजनाका नाममा विभिन्न साइजका २० किलोमिटर पाइप बाँडेर १२ लाख ६८ हजार रुपैयाँ खर्च देखाइएको छ । सप्तरीमा सांसद तेजुलाल चौधरीले सय थान साइकल बाँडेको भनी ७ लाख रुपैयाँको बिल बनाएर भुक्तानी लिइसकेका छन् । ‘तर साइकल बाँडेको भर्पाइ र प्रमाण पेस भएको छैन,’ जिविसको लेखापरीक्षणमा उल्लेख छ । दलका कार्यकर्ताले कसरी अपत्यारिलो विवरण पेस गर्छन् भन्ने उदाहरण हो मोरङको बक्राहा खोला झोलुंगे पुल योजना । यो योजना २०७२ असार ३ मा सम्पन्न भएको देखिन्छ । तर त्यसको १७ दिनपछि २० गते निर्माण सामग्री दाखिला भएको छ । फेरि अर्को विवरणमा ४ महिनाअघि अर्थात् चैतमै कार्यसम्पन्न भनी ९ लाख ६४ हजार भुक्तानी भएको देखिन्छ । काठमाडौंका सांसदले ३ सय ६७ बिल भर्पाइ पेस भएकोमा ३ सय २२ वटा असारमा बनेका थिए । १ सय १६ वटा बिल त असार ३१ गते अर्थात् बजेट फ्रिज हुने अन्तिम दिन तयार भएका थिए । काठमाडौं जिविसले सांसदहरूको योजना अनुगमन गर्ने भनी २१ जना सवइन्जिनियर नियुक्त गर्‍यो । तर कसैले पनि प्रतिवेदन बुझाएनन् । उनीहरूको तलबभत्तामा मात्रै २ लाख ६३ हजार रुपैयाँ खर्च देखाइयो । सांसदहरूले जनताको माग र चाहनाका योजनाभन्दा पनि कार्यकर्ताको रुचिमा बजेट खर्चिने गरेको उदाहरण ललितपुर जिविसको अभिलेखमै देखिन्छ । ललितपुरमा २ करोड ४३ लाखका १ सय ३४ योजना जिल्ला परिषद्ले स्वीकृत नगरेका अर्थात सांसदको खल्तीबाट निकालिएका थिए । यस्ता योजना पेस गर्नेमा प्रत्यक्ष र समानुपातिकका सबै अर्थात् ७ जना नै छन् । तीमध्ये तीन जनाले पेस गरेको ४९ लाख ६६ हजार रुपैयाँको योजनाको प्रतिवेदनसमेत बनेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE