Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कमरेड क्षतिपुर्ति कसले भर्छ ?

यतिबेला माओबादी आन्दोलन एकताका हल्लाले खुब चर्चा पाएको छ । बादलबाट उम्कन नसकेर घाम तुसारो बनेर रोईरहेको छ । चैतको चिसोलाई चुनौति दिदै म कोठामा चुकुल लगाएर माओबादी एकता नामको नाटक हेरिरहेको छु । नाटकको समय सकिन लागिरहेको यो समयसम्म आईपुग्दा नाटक मलाई कारुणीक मात्र लाग्यो । कलाकारहरुको अभिनय बेजोड थियो । छुटिदाका समय उनिहरु रमाएका मात्र देखिन्थे । एकअर्काको चिहान खन्न उद्धत हुने नेताहरु अब एक अर्कालाई महान भन्दै सम्बोधन गर्लान । एकअर्कालाई अँगालोमा कस्लान र छुटिन परेकोमा गोहिका आँशु झारेर शोक पनि मनाउलान । कार्यकर्ताहरु खुशि हुँदै जोडजोडले ताली ठोक्लान । बिर्सेलान बिगतमा पहिरिएको कुन्नी के के जातिको आरोपमा लगाएको जामाहरु पनि पार्टी एकतासँगै बिगतका आरोपहरु प्नि खारेज हुँदोरहेछ ।
चोकचोकमा एमाओबादीका नेताहरुमाथी लगाईएको सँगिन आरोपका कारण पराजित बनेका एमाओबादीका नेताहरुले कुन खुशीमा ताली बजाउलान । चुनाबमा बिपक्षी दलका नेताहरुसँग पैसा खाएर हालेको भोट सम्झेर बजाउलान वा पार्टीमा ल्याएर बदला लिन सकिन्छ भन्ने योजनाका साथ तालि बजाउलान ? प्रश्ननै प्रश्नको पहाडमा उभिएर पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ ।
पार्टी एकताको क्रममा लगाएको अबिरले बिगतमा लगाएको संगिन आरोपहरुलाई ढाक्छ होला कि नाई ?पार्टी बिभाजनको मुल कारण तेस्रो भएको एमाओबादीको घाउ अबिरले ढाक्छ होला कि नाई ? पराजयको पिडामा रन्थनिएर एमाओबादी एकाएक क्रान्तिकारी बनेको भएर –माओबादीले एमाओबादीसँग पार्टी एकता गर्न खोजेको हो वा १६ गरेको जनताप्रर्दशनपछि मोहन बैद्य नेतृत्वको माओबादी आत्तिएर पार्टी एकताको कामकारबाहि अगाडी बढेको हो ? बुझ्न गाह्रो भएको हो । चोकचोकमा एमाओबादीका नेताहरुमाथी लगाईएको सँगिन आरोपका कारण पराजित बनेका एमाओबादीका नेताहरुले कुन खुशीमा ताली बजाउलान । चुनाबमा बिपक्षी दलका नेताहरुसँग पैसा खाएर हालेको भोट सम्झेर बजाउलान वा पार्टीमा ल्याएर बदला लिन सकिन्छ भन्ने योजनाका साथ तालि बजाउलान ? प्रश्ननै प्रश्नको पहाडमा उभिएर पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ । फुट्नेहरुले न फुटको पुष्टि गर्न सके न पार्टीमा अपमान गर्नेहरुले त्यसको अनुभुती गर्न सके ? तर पनि उनिहरु कि पार्टी एकता गर्नका लागी तयार छन् । पार्टी एकता कसैको लहड , भाबना वा सनकमा मात्र हुन्छ कि बैचारिक आधारहरु मिल्नुपर्ने हो भ्याउपाउन सकेको छैन । हिजो कुनै बेला एमालेको १५१ अपराध भन्ने पुस्तक लिएर माले बनेको क्रान्तिकारीहरु पार्टी संचालनको क्रममा लागेको ऋण तिर्दीने सर्तमा भएको एकता झै एमाओबादीसँग –माओबादीको एकता हो कि के हो ?हैन भने यो समयमा कसरी एकता संम्भब भयो ? मैले यसो भनिरहदा माओबादी एकता बिपक्षमा भने छैन । मैले मात्र भन्न खोजेको कुरा के हो भने फुट्नुको पनि कारण हुन पथ्र्यो र फुटिसकेपछि जोडिनुको पनि कारण हुनुपथ्र्यो । हैन कारण बेगर फुटियो र गाँसियो भने त्यो फुटको कारण बैचारिक नभएर प्राबिधीक हो । हामीले मुतको न्यानोका लागि कार्यकर्तालाई बैचारिक नारा दिएर उचालेका हौँ भन्ने कुराको स्विकार मोहन बैद्य लगायतका नेताहरुले गल्तिको स्विकार गर्नु पर्नेछ । वा प्रचण्डले आम नेता ,कार्यकर्ता जनतालाई भन्नुपर्ने छ । –‘हामीले बाटो बिराएका थियौँ । अहिले बैद्यजीहरुले भनेको बाटो नै हाम्रो बाटो हो । हामी उहाँको बाटोमा पुग्यौँ त्यसैले पार्टी एकता गर्न लागीएको हो ।’ भन्नुपर्यो । हैन त्यो बिचारको कुरा थिएन भने प्रचण्डले भन्नुपर्यो ‘उहाँहरु रिसाएर माईताजानु भाथ्यो हामी लिन गएपछि उहाँहरु फर्कीनु भो , लोग्ने स्वास्नीको झगडा परालको आगो हो ।’ भनेर भन्नुस । हैन भने कार्यकर्तालाई उत्साहित र हत्तोत्साहित गर्ने तरिका बन्द गर्नुस । केहि बर्ष अघि फुटेको पार्टी जोडिनु खुसिको कुरा त हो । तर पार्टी बिभाजनको कारण –माओबादीले लगाएको खतको क्षतिपुर्ति कस्ले पुर्ति गर्न सक्छ ? पार्टी बिभाजनका कारण पार्टी छाडेर राष्ट्रियताको नारा लगाउदै मुग्लान भासिएका कार्यकर्ताहरुको चोटमा कस्ले मलाम पट्टी लगाउन सक्छ । दुईपार्टीका नेताहरु केन्द्रमा बसेर अँगालो कस्दैमा तलका नेताकार्यकर्ताहरुको मनमिलाएर मुठ्ठि उठाउन सक्छन कि नाई ? अब एमाओबादीले पार्टी एकता –माओबादीलाई एमाओबादी प्रबेश गराउनुपर्छ वा एमाओबादी – माओबादीको ठाउँमा पुगेको हो भने एमाओबादी नाम बदल्नुपर्छ । अन्यथा पार्टी मिल्नुको र फुट्नुको खास अर्थ छैन । नत्र फुट्नु र जुट्नुको नाटक बन्द गर । कार्यकर्तालाई निरुत्साहित र उत्साहित बनाउने काम बन्द गर ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending