Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

माओवादी एकताको सन्देश

\"maoist टिप्पणी काठमाडौं । विभिन्न समूहमा विभाजित माओवादीहरु फेरि एक ठाउँमा उभिएका छन् । माओवादी विभाजनले गर्दा निराश बनेका माओवादी कार्यकर्ताहरुलाई केही हदसम्म भएपछि खुशीको सञ्चार भएको छ । माओवादी विभाजनले गर्दा प्राप्त सीमित उपलब्धीहरुसमेत गुम्ने खतरा पनि उत्तिकै बढिरहेकाबेला सबै माओवादीहरु एक ठाउँमा आउन नसके पनि ठूलो हिस्सा एकतामा आएको छ । सर्वहारा बर्गको मुक्तिको लागि भन्दै २०५२ सालमा नेपालमा सशस्त्र जनयुद्ध शुरु गरेको माओवादी आन्दोलन उसले लिएको सर्वहारा वर्गीय नीति र सिद्धान्तकै कारण छोटो समयमा नै निकै ठूलो उपलव्धी हासिल गर्न सफल भएको थियो । माओवादी विभाजनका कारण परिवर्तका विरोधीहरु अर्थात गणतन्त्र र संघीयताका विरोधीहरु कमजोर बन्दै गयो भने माओवदी दिन प्रतिदिन बलियो राजनीतिक शक्तिमा उदयमान भयो । अन्ततः माओवादी शसस्त्र आन्दोलनको जगमा ७ दलसँग भएको १२ बुँदे समझदारीका आधारमा भएको शान्तिपूृर्ण जनआन्दोलन मार्फत नेपालमा २४० बर्षदेखि शासन गरिरहेको सामन्ती राजतन्त्रको अन्त्य भएर गणतन्त्र नेपालको उदय भयो । जुन कुरा सुदृढ र अविभाज्य माओवादीबाट सम्भव पनि भयो । गणतन्त्रको महत्वपूर्ण एजेण्डासहित पहिलो संविधानसभाको चुनावमा होमिएको माओवादी उसका महत्वपूर्ण एजेण्डाका कारण जनताको विश्वास जित्न सफल देशकै कारण बैधानिक रुपमा पनि मुलुककै सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो । जब देशमा शान्तिप्रक्रिया सँगै माओवादी पार्टी सरकामा गयो तव उसमा क्रान्तिकारी धार मत्थर हुदै गएको आम कार्यकर्ताले महशुस गर्न थाले । संसदीय अभ्यास र अनुभवको कमी साथै आफूले भनेजस्तो बहुमत प्रप्त गर्न नसकेको कारण माओवादी पार्टी पहिलो पार्टी भएता पनि जनताले अपेक्षा गरेअनुसारको काम गर्न सकेन । दिन प्रतिदिन पार्टी भित्रको अन्तरविरोध माओवादी विभिन्न टुटफुट गुट–उपगुटको शिकार बन्न पुग्यो । जसले क्रान्तिकारी जनता र कार्यकर्ता पंक्तिलाई निराश गराउने काम गर्यो भने माओवादी पार्टी आफैमा कमजोर बन्दै गयो । जसले गर्दै निकै ठुलो बलिदान र त्यागमा स्थापित गरेको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता जस्ता एजेण्डाहरु नै धरापमा परेको छ । गणतन्त्रका लागि जनयद्ध लडेका इमान्दार कार्यकर्ताहरुमाथि मुद्दा लगाउने तर हिजोका परिवर्तन विरोधीहरु माओवादी नेताको टाउकाको मुल्य तोक्नेहरु भने हावी बन्ने स्थिति देखापरेपछि माओवादीहरु एक ठाउँमा उभिने स्थिति पैदा भयो । जसले परिवर्तनका विरोधीहरुलाई सशंकित बनाएको छ भने माओवादी विभाजनले निराश बनेका परिवर्तनका आकांक्षी आम जनसमुदाय, शहिद तथा वेपत्ता परिवार तथा घाइतेहरुमा पुनः एकपटक नयाँ रक्त सञ्चार गरेको छ । अहिले भएको एकतालाई मजबुत गर्दै माओवादी युद्धका सबै सिपाहीहरु एक ठाउँमा उभिन जरुरी छ । जसका लागि बन्दै गरेको माओवादी एकता केन्द्रले अहिले एकतामा नआएका माओवादी नेताहरु मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि एक ठाउँमा ल्याएर जनताका सामु हिजो गरेका बाचाहरु पूरा गर्न जरुरी छ । माओवादी आन्दोलन कमजोर भएकै कारण जनयुद्धकालीन मुद्दाहरु ब्युँताएर माओवादी नेता–कार्यकर्ताहरुलाई जेल हाल्ने प्रयत्नहरु भइरहेका छन् । यसका लागि पनि माओवादीहरु एक ठाउँमा उभिन जरुरी छ । माओवादीले उठाएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिकजस्ता एजेण्डाहरुले माओवादीप्रतिको अकर्षण बढेपनि माओवादी विभाजनले गर्दा आफ्नै एजेण्डासमेत कमजोर बन्दै गएको अवस्था छ । यो अवस्थामा निराश बनेका माओवादीप्रति आस्था राख्ने जो कोहीलाई थोरै भए पनि राहत दिएको छ । तर आगामी दिनमा माओवादीले गरेका प्रतिवद्धताहरु भने पूरा गर्छन कि गर्दैनन् । त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending