Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

ओबामा निवास बाहिर गोली प्रहार : निवासमा थिएनन् ओबामा

\"obama\" वासिङटन । संयुक्त राज्य अमेरिकाको सेक्रेट सर्भिसले ह्वाइट हाउसबाहिर एक सशस्त्र व्यक्तिमाथि गोली प्रहार गरेको छ । सशस्त्र व्यक्ति गम्भीर घाइते भएका छन् । आजको अन्नपूर्ण पाेस्ट  दैनिकमा खबर छ – यस घटनापछि एक घण्टासम्म त्यहाँको सुरक्षाकर्मीले अमेरिकी राष्ट्रपतिको आवासलाई घेराबन्दी गरेका थिए । सेक्रेट सर्भिसका अनुसार सशस्त्र व्यक्ति ह्वाइट हाउसनजिकै रहेको ई स्ट्रिट जाँचचौकीमा पुगेका थिए । उक्त जाँच चौकस्म्मि सर्वसाधारणलाई प्रवेश अनुमति छ । सेक्रेट सर्भिसका कर्मचारीले ती व्यक्तिलाई रोकेर हतियार समर्पण गर्न कयौंपटक चेतावनी दिएका थिए । ती सशस्त्र व्यक्तिले सेक्रेट सर्भिसको चेतावनीलाई बेवास्ता गरेका थिए । अमेरिकी सेक्रेट सर्भिसका अफिस अफ गभर्नमेन्ट एन्ड पब्लिक अफेयर्सका सहायक उपनिर्देशक डेभिड ए ल्याकोवेट्टीले भने, ‘सशस्त्र व्यक्तिले हाम्रो आदेश नमानेपछि सेक्रेट सर्भिसका एजेन्टले गोली प्रहार गरेका हुन् । गोली लागी घाइतेपछि उनलाई हिरासतमा लिएका छौं ।ु उनलाई अस्पतालमा भर्ना गरिएको पनि सेक्रेट सर्भिसले जानकारी दिएको छ । ल्याकोवेट्टीले ती व्यक्तिको हतियार बरामद गरिएको स्पष्ट पारेका छन् । तत्काल राष्ट्रपति भवन घेराबन्दी गरी सुरक्षा स्थिति बलियो बनाएको उनले खुलासा गरेका छन् । उक्त घटनाका बेला अमेरिकी राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसमा थिएनन् । त्यतिखेर ओबामा एन्ड्रयुज एयरफोर्स बेसमा गल्फ खेल्न गएका थिए । घटनालगत्तै उपराष्ट्रपति जो बिडेनका निम्ति थप कडा सुरक्षा व्यवस्था गरिएको थियो । सुरक्षाकर्मीले सशस्त्र व्यक्तिबाट थप हतियार नियन्त्रणमा लिएका छन् । नजिकै पार्क गरी राखिएको उनको कारबाट थप हतियार कब्जा गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE