Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

चीनले भन्यो, ‘नेपाल हुँदै भारतसम्म रेल जोड्न व्यग्र छौं’

\"China काठमाडौं । चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई—तिब्बत रेलसञ्जाललाई भारतसम्म लैजान आफू ब्यग्र रहेको जनाएको छ । प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई(तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ – ‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, नेपाल र भारतबीच रेलसञ्जाल जोडिनुपर्छ’ चीनको इन्स्टिच्युट अफ हिस्ट्री स्टडिजका निर्देशक चाङ् युनले भारतीय पत्रकारसँग बेइजिङ्मा भएको भेटमा भनेका छन् । उनले छिङ्हाई तिब्बत रेललाई नेपाल—चीन रेल सीमासम्म विस्तार गर्ने काम सक्दो चाँडै सम्पन्न गर्न चीन लागिपरेको बताएका छन् । ‘चिनियाँ रेल नेपालतर्फ जोडिनुपर्छ भन्नेमा नेपालभित्र ब्यापक समर्थन छ । भारतमा पनि एउटा तप्का नेपाल हुंदै रेलमार्ग विस्तार भए द्विपक्षीय संबन्ध सुदृढ हुन्छ भन्ने विश्वास राख्छ । तर फेरी भारतभित्रै अर्को तप्का नेपाल आउने चिनियाँ रेल विस्तार भए भारतलाई घाटा हुने देख्छ ।’ निर्देशक चाङ् चिनियाँ सरकारलाई स्वशाषित क्षेत्र तिब्बतको मामिलामा सल्लाह दिने एक अनुसन्धान कार्यदलमा सदस्य रहेको हिन्दूले समाचारमा जनाएको छ । चीन, नेपाल र भारतबीच रेल विस्तार भए तिनै मुलुकले फाइदा लिने उनले बताए । विज्ञहरु कुटनीतिक मामिलाका जानकारहरुले चीन विश्को महाशक्ति बन्ने दिशामा अघि बढेकाले चीनको प्रगतिबाट लाभ लिन चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को सदस्य बनाउनुपर्ने बताएका छन् । ‘चीन र भारतका उच्च राजनीतिक नेतृत्वबीच एसिया क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण सहकार्य आवश्यक छ । यदी त्यसो भएको खण्डमा एक्काइसौँ सताब्दिमा एसियाले विश्वको नेतृत्व गर्न सक्छ’ चीनको सिन्ह्वा न्यूज एजेन्सिले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा जापानका लागि पूर्व नेपाली राजदूत डा। बिष्णु हरि नेपालले भने । चीनले रेल, सडक तथा समुन्द्री मार्गबाट एसिया, युरोप र अफ्रिकासँग आर्थिक संबन्ध सुदृढ गर्न अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा सार्क सदस्य मुलुकहरुले सक्रियतापूर्वक सहभागि भए त्यसबाट एसिया क्षेत्रको समृद्दि र शान्तिमा महत्वपूर्ण सहयोग मिल्ने बताए । ‘भारतले वान बेल्ट वान रोड रणनीतिप्रति सकारात्मक धारणा बनाउन आवश्यक छ । यदी भारत यसमा सकारात्मक हुन सक्यो भने सार्क देशहरुबीच रेल तथा सडक एवम् समुन्द्री कनेक्टिभिटी बढाएर आर्थिक विकास तथा राजनीतिक स्थायित्व हासिन गर्न सहज हुनेछ’ उनले भने । कार्यक्रममा नेपाल—चीन संबन्धका जानकार तथा दि राइजिङ् नेपालका सम्पादक युवनाथ लम्सालले चीनले अघि बढाएको ‘वान रोड वान बेल्ट’ रणनीति एसियाका लागि मात्रै नभएर विश्वकै पूर्वाधार विकासमा कोसेढुंगा रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE