Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

सीता ‘म्याम’को यत्रो बेइज्जत ?

\"sita-dahal-640x349-750\" काठमाडौं । २०७३ जेठ ६ गते माओवादी पार्टीहरूबीच एकता घोषणा गर्ने दिन । माओवादी नेता तथा कार्यकर्ताहरू त्यो दिन अलि बढी नै उत्साहित देखिन्थे । आजको साँघु साप्ताहिकमा खबर छ – त्यसैले धेरै नेता तथा कार्यकर्ता उत्साह र खुसी साट्न कार्यक्रम बबरमहलस्थित कार्की पार्टी प्यालेसस्थल पुगेका थिए । यस्तोमा प्रचण्डपत्नी सीता दाहाल उत्साहित नहुने कुरै भएन, उनी पनि श्रीमान् प्रचण्डसँगै कार्यक्रमस्थल कार्की पार्टी प्व्यालेस, बबरमहल पुगिन् । कार्यक्रम सुरु हुनै लागेकाले कुर्सीहरू खचाखच मात्रै होइन, कार्यक्रमस्थलमा खुट्टो हाल्ने ठाउँसम्म थिएन । प्रचण्ड सरासर मञ्चमा उनका लागि व्यवस्था गरिएको कुर्सीमा गएर बसे । सीता पार्टी अध्यक्षको श्रीमती भएकाले पनि उनका लागि कुर्सीको प्रवन्ध गर्नुपर्ने थियो, तर खै किन हो ? आयोजकले न त सीताका लागि कुर्सीको व्यवस्था गरेका थिए, न त कसैले उनीप्रति चासो नै राखे । त्यसपछि सीता निकै भाउन्निन पुगिन् । तीनपटक यता र उता गरेर घुमिन् । सिट छाडिदिन त परै जाओस्, कसैले उनीप्रति चासोसम्म पनि राखेनन् । कार्यक्रममा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, बस्ने कुर्सी नपाएर छट्पटाइरहेकी सीताले ‘महरा बाबु खोई ?’ भन्दै कृष्णबहादुर महरालाई निकैबेरसम्म खोजेकी थिइन् । तर, महरा कहीँकतै नभेटिएपछि उनी एक महिला कार्यकर्तासँग मिलेर एउटा कुर्सीमा बसेकी थिइन् । सीता दाहालमाथि यसरी अपमान गरिनुको कारण अरु केही नभएर उनको रुखो व्यवहार नै भएको एमाओवादीका एकजना केन्द्रीय सदस्य बताउँछन् । स्मरणीय छ, उनको यो स्वभावका बारेमा पत्रकार नेत्र पन्थीले हालै प्रकाशित गरेको पुस्तक भिोर्स प्रचण्ड र बाबुरामको पुस्तकमा समेत उल्लेख गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE