Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आँखा शिविरमा घोर लापरबाही : ८ जनाको आँखै गुम्यो

[caption id=\"attachment_74944\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल तस्बिर[/caption] सुर्खेत । बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए । कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ । जाँचका लागि तयार हुनु ।’ धमिलो बनेको संसार छर्लङग देख्न पाइने आशा बोकेर उनी गत वर्ष जेठ २८ गते सरस्वती माविको शिविरमा पुगे । आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारी लेख्छन् –प्रारम्भिक जाँचका क्रममा उनको बायाँ आँखामा मोतीबिन्दुको संक्रमण देखियो । सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम बाँकेअन्तर्गतको टोलीले उनलाई शल्यक्रियाका लागि वीरेन्द्रनगर बोलायो । आँखा खुल्ने भएपछि तुलबहादुरमा खुसीको सीमा रहेन । आँखा अस्पतालमा शल्यक्रिया गरेको तीन दिनपछि उनी घर फर्किए । पाँच दिनपछि पट्टी खोलियो । ‘टाउको दुख्ने, रिंगटा लाग्ने समस्याले गर्दा बेहोस हुन थालेपछि आत्तिँदै भोलिपल्टै शिविरमै पुगेँ,’ ६९ वर्षीय तुलबहादुरले भने, ‘अप्रेसनको लापरबाहीले ज्योति गुमेछ । आँखा फुटेछ ।’ नेपालगन्ज मेडिकल कलेजका डा। प्रदीप बास्तोला नेतृत्वको टोलीले तुलबहादुरसहित ८५ जनाको शल्यक्रिया गरेको थियो । शल्यक्रिया विफल भएका १७ जनालाई सुर्खेत आँखा अस्पतालले कैलालीको गेटा अस्पतालमा रिफर पनि गर्‍यो । ‘त्यहाँ जाँच्दा रगत निस्कियो । अप्रेसन गरेको नौ दिनपछि आँखाको नानी खस्यो,’ तुलबहादुरले भने, ‘त्यसपछि आँखा खुल्ने आशा तुहियो । सर्वस्व गुमेझैं पीडा भएको छ ।’ कल्याण–५ हिलेसोतका रत्नबहादुर वलीको पनि वीरेन्द्रनगर शिविरमै शल्यक्रियापश्चात् आँखा फुटेको छ । शल्यक्रियामा बिग्रेको आँखाको ज्योति फर्काउन गेटा अस्पतालदेखि भरतपुरसम्म पुगे । तर, सफल भएनन् । टाढा नदेखिने समस्याबाट मुक्ति पाउन उपचार गराएका रत्नबहादुरले पनि अन्ततस् ज्योति मात्र होइन, सिंगै आँखा गुमाए । ‘राम्रो होला भनेको यस्तो भयो,’ केही दिनअघि आँगनमा छामछुम गरिरहेका वलीले कान्तिपुरसित भने, ‘भरतपुरका डाक्टरले जाली फुटेछ भनेपछि त आसै मारेर फर्किएँ ।’ त्यसपछि उनले देखावटी सुन्दरताका लागि कृत्रिम आँखा हालेका छन् । नदेखिने । सुर्खेत आँखा अस्पतालले आयोजना गरेको शिविरमा कल्याण, दशरथपुर र लेखफर्सा गाविसका गरी ८ जनाले त्यतिबेला आँखा गुमाए । शल्यक्रिया बिग्रेका सबैलाई अस्पतालले कैलाली रिफर गरेको थियो । दशरथपुरका गंगबहादुर दर्लामी अप्रेसन गरेकामा अहिले पछुताउँछन् । ‘यस्तो हुने भए अप्रेसन गर्थिनँ । आँखा गुमेपछि डाक्टरले नक्कली आँखा राख्छौं भन्थे । मैले मानिनँ,’ दर्लामीले दुखेसो पोखे, ‘अनाहकमा अन्धकारमा धकेल्नेलाई कतैबाट कारबाही भएन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE