Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

जापानका १४ सय एटिएमबाट तीन घन्टामा डेढ अर्ब चोरी

\"ATM\" टोकियो । पछिल्लो समय संसारभरि एटिएम कार्ड प्रयोगको प्रचलन बढेको छ । सरकारी तथा निजी कमर्सियल बैंकहरूले एटिएम शाखाको सञ्जाल विस्तारलाई जोड दिँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – एटिएमबाट रकम झिक्ने काम सबैभन्दा सुरक्षित मानिन्छ । तर, गत १४ मेमा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १।४४ बिलियन जापानिज येन ९एक अर्ब ४४ करोड नेपाली रुपैयाँ चोरी भएको छ । सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको छ । चोरीमा इन्टरपोलका ‘मोस्ट वान्टेड’ पनि एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् । जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ । सबै घटना टोकियोमै सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ । तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए । चोरीकार्यमा बैंकका कर्मचारीको संलग्नता रहेको आशंका प्रहरीले बैंकका केही अधिकारी पनि ती समूहसँग मिलेको आशंका गरेको छ । ‘हाम्रै बैंकका पदाधिकारीको सहयोगविना ठूलो परिमाणमा एटिएमबाट रकम झिक्न मुस्किल छ, यस घटनामा केही बैंकका पदाधिकारीको पनि हात रहेको देखिन्छ,’ टोकियो प्रहरीका प्रवक्ताले भने । सिसिटिभी नै प्रमुख प्रमाण प्रहरी अनुसन्धानमा सिसिटिभी नै पहिलो प्रमाण भएका रूपमा रहेको छ । यसबाहेक प्रहरीसँग अन्य प्रमाण छैन । प्रहरीले १४ सय एटिएम रहेको स्थानका सबै सिसिटिभी फुटेज झिकाएर अनुसन्धान थालेको छ । जापानिज प्रहरीले एटिएमबाट रकम झिक्ने गिरोह पक्रन इन्टरपोल र दक्षिण कोरियाका विभिन्न बैंकसँग पनि सहयोग लिने जनाएको छ । गिरोहले सबै एटिएमका डाटा चोरी गरेको छ । सात बैंकका एटिएम टोकियोस्थित स्ट्यान्डर्ड बैंकले विभिन्न सात बैंकका एटिएम कार्ड प्रयोग भएको जनाएको छ । ‘आइतबार बिदाको दिन सात फरक बैंकका एटिएम प्रयोग भएको देखिन्छ, ती सबै एटिएम कार्ड नक्कली थिए,’ स्ट्यान्डर्ड बैंकको विज्ञप्तिमा भनिएको छ । चोर्न सयभन्दा बढी मान्छे परिचालित डाटामा के छ ? जापानमा एकै दिन लाखौँ रुपैयाँ एटिएमबाट निकालिएको यो नै पहिलो घटना होइन । यसअघि सन् २०१२ देखि २०१३ सम्म एटिएमबाट चार करोड डलर चोरी भएको थियो । विभिन्न सहरबाट सो परिमाणको रकम झिकिएको हो । आश्चर्यजनक रूपमा चार करोड डलर निकालिएको एटिएम ओमानबाट जारी भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE