Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

माओवादी केन्द्रमा कुन पदमा कसको दाबी ?

\"Mao काठमाडौं । नेकपा माओवादी केन्द्रले सैद्धान्तिक रूपमा पार्टीलाई बहुपदमा लैजाने निर्णय गरे पनि नेताहरूको कार्यविभाजन गर्न सकेन । नेताहरूलाई जिम्मेवारी दिन नसक्दा उसले अन्तरिमकालका लागि अध्यक्ष प्रचण्डको नेतृत्वमा एकल पदीय प्रणाली अवलम्बन गर्ने निर्णय गरेको छ । प्रचण्डको नेतृत्वमा केन्द्रीय कार्यालय, सचिवालय र पोलिटब्युरो गठन गरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारी लेख्छन् – तत्कालका लागि अस्थायी रूपमा नौसदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय माओवादी केन्द्रको छ । बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सोमबार बसेको महाधिवेशन आयोजक समिति बैठकले अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहेको कार्यालय टिम बनाएको छ । पार्टी एकता प्रक्रियामा सहभागी सबै नेतालाई समेटेर त्यस्तो कार्यालय टिम गठन गरिएको हो । बहुपदमा जाँदा प्रचण्डपछिको वरिष्ठ नेता को हुने भन्ने विवाद थियो । नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच सो विषयमा विवाद देखिएको हो । मुखरित रूपमा दुवै नेताले आफैँ वरिष्ठ हुनुपर्ने खुलेरै नबताए पनि निकट नेताहरूमार्फत विषयलाई प्रवेश गराएका थिए । जसका कारण अध्यक्ष प्रचण्ड अप्ठ्यारोमा थिए । श्रेष्ठ पक्षले हिजोको एउटै पार्टी रहँदाको स्टाटसलाई हेरेर पनि बादलले उनलाई स्वीकार गर्नुपर्ने धारणा राखेका थिए । तर, बादलनिकट नेताहरूले भने पार्टी एकताको सन्देश दिन, विगतका आन्दोलनको पृष्ठभूमि, त्यागलगायतलाई आधार मानेर पनि बादललाई दोस्रो बरियतामा रहने गरी पदीय हैसियत निर्धारण गर्नुपर्ने अडान लिएपछि वरिष्ठ नेता छान्न सकस परेको थियो । महासचिव उपमहासचिव को ? बहुपदमा जाँदा महासचिव र उपमहासचिव को बन्ने भन्नेमा नेताहरूको आ–आफ्नै दाबी प्रस्तुत भए । एकता प्रक्रियामा आएका पक्षले एकताको भाव दिन महासचिव एकतामा सहभागी पक्षलाई दिनुपर्ने तर्क गरिरहेका छन् । त्यसो हुँदा पूर्ववत् क्रान्तिकारी माओवादीका नेता देव गुरुङ र नेतृ पम्फा भुसालको महासचिवमा दाबी देखिन्छ । पूर्ववत् एमाओवादीभित्र पनि महासचिव आफूहरूले पाउनुपर्ने नेताहरूको दाबी छ । उपमहासचिवमा वर्षमान पुनलगायतले आकांक्षा देखाएका छन् । त्यसो गर्दा टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेलको व्यवस्थापन कसरी गर्ने भन्नेमा नेतृत्वलाई अप्ठ्यारो परेको छ । ३० सचिवका आकांक्षी बढी बहुपदमा जाँदा कम्तीमा सचिवमा पर्नुपर्ने भन्दै कतिपय नेताहरूले लबिङ तीव्र बनाएका थिए । सचिवमा सबै पक्षका नेताहरूलाई समेटेर बनाउँदा पनि जम्बो बन्ने देखियो । नेताहरू जनार्दन शर्मा, लोकेन्द्र विष्ट मगर, हितमान शाक्य, कुलप्रसाद केसीलगायतले सचिवमा दाबी गरेका छन् । त्यस्तै, अग्नि सापकोटा, नारायण शर्मा, चक्रपाणि खनाल, शक्ति बस्नेत, गोपाल किरातीलगायतले पनि आकांक्षा देखाएका छन् । सबै पक्षका नेतालाई सचिवसम्म बनाउने कि नबनाउने भन्नेमा विवाद देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE