Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

ओलीको पत्रमा के छ ? जसको कारण अझैं वार्तामा वस्न तयार छैन मोर्चा

\"kp काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन आह्वान गर्दै सोमबार पत्राचार गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डे लेख्छन् – समस्या समाधानमा विगतका संवाद सकारात्मक रहेको स्मरण गराउँदै ओलीले वार्ताका लागि पत्राचार गरेका हुन् । स्रोतका अनुसार वार्ताका लागि लिखित आग्रह गर्नुपर्ने मधेसी मोर्चाका शीर्ष नेताहरूको आग्रहपछि प्रधानमन्त्री ओलीले यसअघि वार्ताका लागि पत्राचार गरेका थिए । तर, विगतका वार्ताका सहमति अझै पूरा नभएको भन्दै थप स्पष्ट पार्न मोर्चाले आग्रह गरेपछि प्रधानमन्त्री ओलीले विगतका वार्ता सकारात्मक रहेको भन्दै दोस्रोपटक पत्राचार गरेको स्रोतको भनाइ छ । पत्रमा भनिएको छ– शंका नगर्नुस् प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई पठाएको पत्रमा ६ बुँदा छन् । पत्रमा तराई आन्दोलनमा भएका ज्यादतीबारे छानबिनपछि उचित कारबाही हुनसक्ने भन्दै शंका नगर्न भनिएको छ । ‘हामी सबै जीवनको महत्वपूर्ण अबधि मानवअधिकार र लोकतन्त्रका लागि यातना र सास्ती झेलेर आएका आन्दोलनका सहयात्री नै हौं,’ पत्रमा भनिएको छ, ‘आधा शताव्दी भन्दा लामो समय यही उद्देश्यका लागि विताएको तपाईंहरुकै एकजना साथी प्रधानमन्त्री रहेको सरकारप्रति ज्यादतीको छानबिन हुन्न कि, जनताले न्याय पाउन्नन् कि भन्ने शंका तथ्य र तर्कसंगत हुन्न भन्ने म स्पष्ट पार्दछु ।’ पूर्वसर्त राखेर नअल्झिन आग्रह प्रदेशको सीमांकनसंग जोडिएका विषयलगायतमा पूर्वसर्त राखेर समस्या बढाउनेतिर नलाग्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘जहाासम्म सीमा सम्बन्धि माग संबोधन गर्न सरकारद्वार गठित समिति र संयोजकबारेको प्रसंग छ, त्यो अलि ज्यादै आग्रहयुक्त भयो,’ ओलीको पत्रमा भनिएको छ, ‘नेपालको संविधान स्वीकार्ने जो कोही नेता वा कार्यकर्ताको लोकतन्त्र, संघीयता र त्यसले दिएको अधिकारप्रतिको निस्ठामा प्रश्न नगर्न म आग्रह गर्दछु । प्रस्तावित समितिको बैठकबाटै यसले गर्ने काम र यसमा रहने सदस्य थपघट गर्न सकिने हुादा विभिन्न पूर्वसर्तमा नअल्झिन म आग्रह गर्दछु ।’ आज त्रिपक्षीय बैठक वार्तामा बस्न मधेसी मोर्चालाई पत्राचार गरे लगत्तै प्रधानमन्त्री ओलीले मंगलबारका लागि सत्तारुढ दल, प्रमुख प्रतिपक्षी कांग्रेस र मोर्चाको त्रिपक्षीय संयुक्त बैठक बोलाएका छन् । ‘मोर्चाका नेताहरुलाई टेलिफोन र पत्रमार्फत बैठकमा आउन प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने । उनका अनुसार मोर्चाका नेताहरुसागको टेलिफोन सम्बादपछि त्रिपक्षीय बैठकको समय तय भएको हो । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुनेछ । तर, उपेन्द्र यादवले भने–बोलाइएकै छैन, जाँदैनौं मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूसहित संघीय गठबन्धनका कुनै पनि नेतालाई प्रधानमन्त्रीले टेलिफोन सम्पर्क नगरेको भन्दै वार्तामा सहभागी नहुने बताए । ‘मलाई टेलिफोन नै आएको छैन, कुनै जानकारी नै नभएकाले वार्तामा जाने प्रश्नै आउादैन ।’ उनले भने । संघीय गठबन्धनको नामबाट भइरहेको आन्दोलन जारी रहने पनि उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE