Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बलिउडका यी कलाकार, जसले इन्गेजमेन्ट गरे तर बिहे गरेनन् : सलमानदेखि मल्लिका सेरावतसम्म

एजेन्सी । लामो समय प्रेम गरेर बिहेको अवस्थामा पुग्ने, तर केही समयपछि एक–अर्कालाई घृणा गर्दै सम्बन्ध अन्त्य गरेका घटना पछिल्लो समय अझै बढ्दै गइरहेका छन् । नेपालका केही सेलेब्रिटीले पनि यो दुर्दशा भोगेका छन् । अभिनेत्री झरना बज्राचार्यले सन् २००७ मा ब्रिटिस नागरिक वारेन कार्रेरसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केही समयपछि झरनाले उनीसँग सम्बन्ध तोडिन् । उनले सन् २०१५ को मार्चमा मलेसियन व्यापारी राहुल अग्रवालसँग बिहे गरिन् । केही समय ‘लिभ इन रिलेसनसिप’मा रहने र पछि बिहे गर्ने तथा बिहे नगरी छुट्टिएका कलाकर्मी बलिउड, हलिउडमा मात्र नभई नेपालमा पनि थुप्रै छन् । अभिनेता भुवन केसी र अभिनेत्री जिया केसी विगत तीन वर्षयता सँगै बस्ने गरेका छन् । तर, उनीहरूले औपचारिक रूपमा बिहे भने गरेका छैनन् । बलिउडका थुप्रै स्टारले इन्गेजमेन्ट तोडेका छन् । केही प्रतिनिधि जोडी भने यी हुन् ? अभिषेक–करिश्मा अभिनेता अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपुर बिहेको तयारीमा थिए । उनीहरूबीच सन् २००२ को अक्टोबरमा इन्गेजमेन्ट भएको थियो । तर, एकाएक उनीहरूको सम्बन्धमा फाटो आयो । पारिवारिक कारण देखाउँदै उनीहरू इन्गेजमेन्टको तीन महिनापछि छुट्टिए । अभिषेकसँग सम्बन्ध टुटेपछि करिश्माले सञ्जय कपुर नामक व्यापारीसँग बिहे गरिन् भने अभिषेकले ऐश्वर्या रायसँग बिहे गरे । करिश्मा भने सञ्जयसँग छुट्टिसकेकी छिन् । अक्षय कुमार–शिल्पा–रबिना बलिउडका दुई सुन्दरी अभिनेत्री शिल्पा सेट्ठी र रबिना टण्डनमा एउटा समानता छ । त्यो के भने, यी दुवै हिरोइन कुनै समयका अक्षय कुमारका गर्लफ्रेन्ड हुन् । शिल्पा र रबिना दुवैसँग अक्षयले इन्गेजमेन्ट गरेको खबर व्यापक भएको थियो । तर, उनीहरू दुवै अक्षयका पत्नी बन्न सकेनन् । अक्षयले सुपरस्टार अभिनेता राजेश खन्नाकी छोरी ट्विंकल खन्नासँग बिहे गरे । कुमार–रीमा पुराना अभिनेता कुमार गौरवको राज कपुरकी छोरी रीमा कपुरसँग इन्गेजमेन्ट भएको थियो । तर, बीचमा कुमारको पण्डित जसराजकी छोरी विजेतासँग प्रेम भयो । त्यो थाहा पाएर रीमाले कुमारसँगको इन्गेजमेन्ट तोडिन् । पछि, कुमारको बिहे अभिनेता सञ्जय दत्तकी बहिनी नम्रतासँग भयो । सलमान–संगीता \"salman-sangeeta-300415-750-750\" जासिम खानको किताब ‘बिइङ सलमान’मा उल्लेख भएअनुसार अभिनेता सलमान खान र त्यतिवेलाकी सलमानकी प्रेमिका संगीता बिजलानीबीच सन् १९९४ मे २७ मा बिहेमिति तय भएको थियो । तर, एकाएक संगीताले सलमानसँग सम्बन्ध तोडिन् । संगीताले सलमानलाई आफ्नो पति त के प्रेमी बन्न पनि लायक नभएको टिप्पणी गरेकी थिइन् । विवेक–गुरप्रित हिरो बन्नुअघि अभिनेता विवेक ओबराय गुरप्रित गिलसँग प्रेममा थिए । उनीहरूले इन्गेजमेन्ट गरेको खबर पनि मिडियामा आएको थियो । तर, उनीहरूको प्रेम बिहेमा परिणत हुन सकेन । विवेक ऐश्वर्या रायसँग नजिकिएकाले गुरप्रितले सम्बन्ध तोडेको पनि बताइने गरिएको छ । पछि, विवेकले प्रियंका अलवासँग बिहे गरे । विवेक एक–एक पुत्र र पुत्रीका बाबु बनिसकेका छन् । गुरप्रितले पनि बिहे गरिसकेको बताइन्छ । राखी–एलेस आइटम गर्ल राखी सावन्तले सन् २००९ मा टिभी सो राखी का स्वयम्बर प्रस्तुत गरेकी थिइन् । उक्त सोका विजेता एलेस परुजनवालासँग उनले बिहेका लागि इन्गेजमेन्ट पनि गरिन् । तर, पछि बिहे गर्न भने आनाकानी गरिन् । उनीहरूबीच सम्बन्ध बिग्रियो । राखीले एउटा अन्तर्वार्तामा एलेस र आफूबीच विचारको भिन्नताका कारण छुट्टिएको बताइन् । मल्लिका–विजय अभिनेत्री मल्लिका सेरावतले आफ्नो पहिलो रियालिटी सो द ब्याचरलेट इन्डिया–मेरे ख्यालोकी मल्लिकाका विजेता विजय सिंहसँग बिहे गर्ने वाचा गरेकी थिइन् । सो सकिएपछि पनि विजय र मल्लिका थुप्रै सार्वजनिक समारोहमा सँगै देखिए । तर, एक वर्षभित्रमै उनीहरूको सम्बन्ध टुट्यो । विजयले मल्लिका र आफूबीच एक वर्षभित्र बिहे गर्न सक्ने सम्झौता भएको, तर एक वर्षपछि उनले सम्बन्ध टुटाएको बताउने गरेका छन् । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: