Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

भूकम्प पीडित टहरामा, प्राधिकरणको सीईओ विदेशमा

\"vukamp काठमाडौं । भूकम्पले घर पूर्णरूपमा क्षतिग्रस्त भएका पाँच लाखभन्दा बढी परिवार अझै पनि टिनको साँघुरो टहरा र त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनसमेत सुरु हुने बेला भइसक्यो, वर्षायाम टहरा र त्रिपालमा कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितहरूलाई सताइरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –भूकम्पपीडितहरूका लागि वर्षायाम अगावै पक्की घर निर्माण गर्न अनुदान रकम वितरण र प्राविधिक सहयोग गर्नुपर्ने पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली कहाँ छन्, उनकै कार्यालयका कर्मचारीहरूलाई समेत थाहा छैन । ‘भूकम्पपीडितहरूको घर पुनर्निर्माण गराउन अहोरात्र खटिनुपर्ने सीईओ विदेश सयरमा हुनुहुन्छ भन्ने सुनेको छु,’ प्राधिकरणका एक अधिकारीले भने । प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरमात्र होइन सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य चौकी र पुरातात्त्विक सम्पदाको पुनर्निर्माणको ठोस योजनासमेत बनाउन सकेको छैन । ज्ञवाली आफ्नो पुनर्निर्माणको त्यति ठूलो दायित्व बिर्सेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोलीमा बसेर १० दिने टर्की भ्रमणमा व्यस्त छन् । टर्कीमा भइरहेको राष्ट्रसंघीय मानवता सम्मेलनमा ज्ञवालीको कुनै अर्थ नराख्ने भए पनि लामो प्रयास गरेर उनी त्यसतर्फ गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए । भूकम्पपछिको पुनर्निर्माण कार्यलाई गति दिन नसकेका ज्ञवालीसमेत राष्ट्रसंघीय सम्मेलनमा जाने प्रस्ताव आउँदा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भूकम्पपीडितहरूलाई टहरा र त्रिपालमा राखेर पुनर्निर्माण प्राधिकरणका प्रमुख नै विदेश जाँदा नराम्रो सन्देश जाने भन्दै चिन्ता व्यक्त गरेका थिए । सीईओ ज्ञवाली प्रधानमन्त्री केपी ओलीको सातदिने चीन भ्रमणका क्रममा बिना काम पूरै अवधि सँगै बसेका थिए । प्राधिकरणका अधिकारीहरूले समयमै दायित्व पूरा गर्न नसक्दा ५ लाख भूकम्पपीडित परिवारमध्ये मुस्किलले ८ सय परिवारलाई घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ दिनेबाहेक अरू कुनै ठोस काम हुन सकेको छैन । भूकम्प गएको १३ महिना बढी भइसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्दा दातृ निकाय तथा मुलुकहरूसमेत चिन्तित भएका छन् भने काम सुरु नभएका कारण युरोपियन युनियनलगायत दाताको सहयोग रकमसमेत फिर्ता हुन थालिसकेको प्राधिकरणका अधिकारी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE