Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

दाइजो नदिँदा छोरी गायब

\"Capture-750\" वीरगन्ज । दाइजोको माग आफूहरुले पूरा गर्न नसकेपछि छोरीलाई बिहेको पाँच वर्षपछि उसका ससुराल पक्षले गायब पारेको भन्दै पर्सा, घोडदौरा पिपराकी चम्पा देवी प्रहरीकहाँ धाउन थालेको वर्ष पुग्न लागेको छ। लिखित जाहेरी जिल्ला प्रहरीले दर्ता नगरिदिएको उनको दुखेसो छ। आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले खबर लेखेका छन् – चम्पा देवी र उनका श्रीमान देवनारायण राउतले छोरी राजमुनीको बिहे ६ वर्षअघि पर्साकै बगही ९, दरदरवाका महेन्द्र राउत कुर्मीका छोरा वीरेन्द्रसँग गरिदिएका थिए। पोहोर साउन १५ मा भेट्न जाँदा देवनारायणले छोरी राजमुनी गायब भइसकेकी थाहा पाएका थिए। उनी भेट्न पुग्दासम्म राजमुनीका ससुराल पक्षले छोरी कतै गाएको वा घरमा नभएको कुरा लुकाउन चाहेका थिए। ुभेटौं भनेर भन्दा तेरो छोरी त भागिसकी भने,ु देव नारायणले सुनाए। छोरी भागेकी हो भने हामी ९माइती०लाई किन नभनेको भनेर त्यतिबेला उनले सम्धीसँग गरेको प्रश्नको जवाफ अहिलेसम्म पाएका छैनन्। ुमेरा श्रीमान फर्केर गाउँमा आउनुभयो, ३ जना पञ्च लिएर फेरि पुग्नुभयो तर उनीहरुले केही बताएनन्,ु चम्पा देवीले घटना सुनाइन्, ुत्यसयता छोरी खोज्दै लगातार प्रहरीमा धायौं, केही भएन।ु पोहोर साउन १७ मा दिपनारायणले छोरीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको रेकर्ड छ। त्यसपछि जिल्ला प्रहरीले प्रहरी चौकी परवानीपुरलाई अनुसन्धानको जिम्मा दिएपछि राजमुनीका बाबु र दाजु चौकीमा पनि अनेक पटक धाए। राजमुनीका बाबु दिपनारायणले पोहोर असोज १० मा दबाब दिएपछि उनका सम्धीले ुतेरो छोरी अब कहिल्यै फर्केर आउँदिन भनेर जवाफ फर्काएको कुरा जाहेरीमा छ। छोरीका ससुरा महेन्द्रले लास खोजेर देखाऊ अनि आउनू, तेरो जे लाग्छ गरिहाल केही फरक पर्दैन भनेपछि चिसो पसेको चम्पादेवीले सुनाइन्। उनले भनिन्, ुछोरीलाई होइन, उसको लास बेपत्ता पारेका रहेछन्।ु बिहेका लागि केटी हेर्न आएका ५४ जनालाई पाइन्ट–सर्टको कपडा दिएर बिदा गरेको बिहेमा माग गरेको दाइजो एक लाख रुपैयाँ दिन नसके पनि पचास हजार नगद, सुनको सिक्री, टिभी र साइकल, वर्तन र लत्ताकपडा दिएको उनी बताउँछिन्। तेरो बाबुले नगद र केही पनि सामान दिएन भनेर दिनहुँ ससुरालकाले दुर्व्यवहार गर्ने गरेको गुनासो छोरीले पोख्ने गरेको चम्पादेवीले सम्भ्किन्। ुदिदीलाई उनीहरुले हामीकहाँ फिर्ता पठाइदिएका थिए, अनि भिनाजुलाई मलेसिया, २ वर्षसम्म बेवास्ता गरेर हामीकहाँ नै छाडेपछि हामीले बिन्तिभाउ गरेर लैजान मनायौं,ु गायब राजमुनीका दाजु मुकेशले भने, ुभिनाजु विदेशमै छन्, यता दिदीलाई कहाँ लगियो के हाल गरियो, थाहा छैन।ु राजपतिका माइती पक्षले पोहोर असोजमा अपहरण गरी ज्यान बेपत्तासम्बन्धी जाहेरी दरखास्त लिएर जिल्ला प्रहरीमा पुग्दा प्रहरीले दर्ता गर्न मानेन। ुम पर्सामा आउनुभन्दा अगाडिको मुद्दा हो, मलाई जहाँसम्म याद छ, एकचोटि उहाँहरु मलाई भेट्न आउनुभएको थियो, हामीले खोजतलास निवेदन अन्तर्गत खोजी कार्य जारी राखेका छौं, एउटा कुनै ठोस प्रमाण फेला पर्नासाथ त्यसैअनुसार फेरि मुद्दा अगाडि बढ्छ,ु पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले नागरिकलाई भने, ुकर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाउन लास वा शरीरको कुनै एउटा भाग भेटेको हुनुपर्छ।ु केटा पक्षले भने आरोप इन्कार गर्दै आएको छ। आफूहरुलाई थाहै नदिई राजमुनी घर छाडेर हिँडेकको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE