Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

यातायात व्यवस्थाको दुर्दशा : जति धेरै दुर्घटना उति धेरै मौका

\"27052016072457bus-accident-1000x0\" काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को१क १८९ नम्बरको बसका चालकहरूले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरकफरक किसिमका हेलचेक्रयाइँ गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे । सोविन्द तामाङले चलाएको माइक्रो बसले ठक्कर दिएर १ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरीको विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रस्ट छ । तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर, गाडी चलाउने सरकारी अनुमति पाइरहे । अर्जुन सेवाले चलाएको माइक्रो बसले किच्दा दुई महिनाअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो । नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रो बसको अचानक ब्रेक फेल भएर दुर्घटना भएको थियो । यसमा तीन किसिमका कमजोरी भएका थिए– पर्यटक बसमा विद्यार्थी बोक्नु, अति जीर्ण गाडी चलाउनु र पटके उल्लंघनकर्ता चालक हुनु । प्रहरीकै प्रतिवेदनमा सेवाले लाइलेन्स लिएको ९ वर्षमै साना–ठूला गरी २६ पटक दुर्घटना गराएको लेखिएको छ । २०६३ मा वाग्मती अञ्चल यातायात कार्यालयबाट लाइलेन्स लिएको केही महिनामै उनले ठक्कर दिए र जरिवाना तिरेर निस्के । ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइसेन्स लिएको ६ महिनाभित्र उनले तीन पटक जरिवाना तिरिसकेका थिए । २०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे । २०७२ मा मात्र ५ पटक जरिवानामा परे । उनले २०६५ मा तनहुँको घाँसीकुवामा गाडी दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको थियो । पुर्पक्षका लागि थुनामा रही छुटेको केही महिनामै पुनः गल्ती गरेर जरिवाना तिरे । ३ वर्षअघि बौद्धमा विष्णुबहादुर बलले चलाएको माइक्रो बसको ठक्करले मोटरसाइकल चालक भक्तबहादुर विकको घटनास्थलमै मृत्यु भयो । बल २० पटक कारबाहीमा परिसकेका व्यक्ति हुन् । बा१ज ९७६ नम्बरको ट्याक्सी चालक अष्टनारायण महर्जन ३४ पटक, बा २ख९५ नम्बरको गाडीका चालक प्रकाश अचार्य ४२ पटक कारबाहीमा परे । ट्राफिक महाशाखाको तथ्यांकअनुसार एक हजार चालकले ५ पटकभन्दा बढी जरिवाना तिरेका छन् । यस्तै किसिमका चालकले दुर्घटना बढाएको महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए । आर्थिक वर्ष २०७२र७३ मा उपत्यकामा दुर्घटनाबाट १ सय ३९ जनाको मृत्यु भएको छ । तीमध्ये १ सय २० जनाले चालकको लापरबाहीले ज्यान गुमाउनुपरेको थियो । ८ जना यान्त्रिक गडबडी, ७ जना मादकपदार्थ सेवन, २ सडकको दूरवस्था र अन्य २ जनाको विभिन्न कारणले मृत्यु भएको हो । चालकले शृंखलाबद्ध रूपमा गाडी दुर्घटना गराउँदासमेत कारबाही गर्ने पर्याप्त कानुन छैन । ट्राफिक अधिकारीहरू लाइसेन्स रद्द गर्ने कानुन नभएसम्म यसमा कमी नआउने बताउँछन् । हालसम्म सामान्य जरिवानामा उन्मुक्ति पाउने र फेरि त्यसभन्दा जघन्य दुर्घटना गराउने भइरहेको छ । लापरबाहीले ज्यान लिने घटनामा पनि गतिलो कारबाही भएको छैन । गाडीको ठक्करबाट सामान्य घाइते भएमा पनि अस्पतालमा उपचारमा लाग्ने खर्चको झन्झटले चालकले घाइतेलाई किचेर मारेका कयौं घटना छन् । सवारी धनीले मृत्यु भएमा पीडितको आफन्तलाई ५ लाख रुपैयाँ तिर्ने नियम छ । त्यो सवारी धनी वा व्यवसायीले भरिदिने भएकाले चालकको लापरबाहीमा कमी हुँदैन । अर्यालले सवारी चालकको अराजकता बढ्दै गएको बताए । ‘५ पटकभन्दा बढी मादक पदार्थ सेवन गरेमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्नेबाहेक अरू केही छैन,’ उनले भने, ‘१५ सय जरिवाना बढाउँदा यत्रो कोलाहल छ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले ऐन लागू गर्दा सरोकारवालासँग छलफल नगरिएकाले विरोध गरेको बताए । ‘चालकलाई मात्र दोष दिएर पुग्दैन, सडक पूर्वाधार पनि राम्रो हुनुपर्‍यो नि,’ उनले भने, ‘ऐन मान्दैनौं भनेर हामीले भनेका छैनौं, सुविधा त्यसैअनुसार हुनुपर्‍यो भन्ने हाम्रो माग हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE