Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

के नेपालले विजयको माला पहिर्याउला ?

काठमाडौँ, सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत आज आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको अवस्था छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको युरोपेली छनोटको प्ले अपमा युक्रेनमा ०–२ ले पछि परेर भोगेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आफ्नो घरेलु मैदानमा ३–० ले खेल उल्टाउँदै विश्वकपको टिकट काट्यो । नेपालले एक गोल मात्र व्यहोरेको खण्डमा ४ गोल लगाउनुपर्ने हुन्छ । अथवा, २–० ले अग्रता लिएर बराबरी गर्दै अतिरिक्त समयमा खेल लगेर जित्नुपर्ने हुन्छ । नेपालले निर्धारित र थपिएको समयमा पनि २–० ले अग्रता लिएको खण्डमा प्यानल्टी सुटआउटबाट नतिजा निस्कने सम्भावना पनि छ । तर, नेपालका लागि एसिया कप खेलिसकेको भारतीय टोली सहज प्रतिद्वन्द्व भने हैन । नेपाल र भारत हालसम्म १६ पटक भिडिसकेका छन् । यसमा भारतले १२ पटक नतिजा आफ्नो पक्षमा पारिसकेको छ भने नेपालले भारतलाई दुई खेलमा मात्र जितेको छ । त्यस्तै, दुई खेल भने बराबरीमा टुङ्गिएका छन् । भारतले नेपाललाई २८ गोल हानेको छ भने नेपालले नौ गोलमात्र फर्काएको छ । यस्तो अवस्थामा नेपालले पुनरागमन गर्न धेरै भाग्यकै भर पर्नुपर्ने विचार राख्छन् खेलकुद पत्रकार निरञ्जन राजवंशी । “नेपालले घरेलु दर्शकको दबाबका बीच बलियो टोलीलाई दुई गोलको अग्रता लिनुपर्ने हुन्छ, यो साह्रै नै गाह्रो हो”–राजवंशी भन्छन् । फुटबल विश्लेषक सञ्जीव मिश्र भने नेपालले पुनरागमन गर्ने सम्भावनालाई नकार्दैनन् । “हो यो सजिलो लडाइँ हैन, तर घरेलु मैदानमा उच्च मनोबल छ, खेलाडी फिट छन् त्यसैले, अझै सम्भावना टरेको छैन ।” विश्लेषक मिश्र नेपालले मध्यपङ्तिमा सुधार गर्दै आक्रामक खेल खेल्नुपर्ने सुझाव दिन्छन् । आज मैदानमा उत्रँदा टोलीको रणनीतिमा व्यापक सुधार हुने आशा गर्नुभएका अखिल नेपाल फुटबल सङ्घका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ भन्छन् । “म त एकदमै आशावादी छु, गृह मैदान र दर्शकको प्रेरणाले आज फ्रान्स युक्रेन संस्करण नेपालले दोहो¥याउने छ ।” –रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: