Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

एसएलसी परीक्षाको तयारी पूरा

रोल्पा, बिहीबारबाट सुरु हुने एसएलसी परीक्षाका लागि रोल्पालगायत राप्तीका सबै जिल्लाहरुमा तयारी पूरा भएको बताइएको छ । रोल्पामा १५ वटा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी नेपालहरि रानाभाटले जानकारी दिए । जिल्लाभरका नियमिततर्फ २ हजार ३ सय १६ र एक्ज्यामटेडतर्फ १ हजार २ सय ६४ गरेर जम्मा ३ हजार ५ सय ८० विद्यार्थी यस वर्षको एसएलसीमा सहभागी हुने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत कृष्णचन्द्र पोख्रेलले बताए । जसमध्ये खुलातर्फ नियमितमा ३० जना र एक्ज्यामटेडतर्फ ९ जना रहेका छन् । यस्तै दाङमा ३ सय ६६ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विद्यालय शिक्षा नियमावलीअनुसार कक्षामा अनुपस्थित भएको र राजश्व नबुझाएकाले परीक्षा दिनबाट वञ्चित गर्नुपरेको सहायक जिल्ला शिक्षा अधिकारी चेतनशील लम्सालले जानकारी दिए । शिक्षा नियमावलीअनुसार बिद्यार्थीहरुको ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । परीक्षामा दाङबाट १२ हजार ९ सय ४ जना सहभागी हने जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । यस्तै सल्यानमा  ६ हजार १ सय ४५ जना परीक्षार्थीले एसएलसी परीक्षामा सहभागी हुने र जसको तयारी पुरा भइसकेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । जिल्लाभरीको सुरक्षा व्यवस्था कडा पारिनुका साथै विद्युतीय सामाग्री फोटोकपी, प्रिन्टर, मोवाइल लगायतका सामाग्री परीक्षा अवधिभर रोक लगाइने जिल्ला शिक्षा अधिकारी जगतनाथ उपाध्यायले बताए । बिहिबारबाट सञ्चालन हुने एसएलसी परीक्षामा मध्यपश्चिम क्षेत्रबाट ८० हजार ४ सय ७२ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ५४ हजार ८ सय १५, आंशिकतर्फ २५ हजार १ सय ७ जना, टिएसएलसी तर्फ ५ सय ५० र अनौपचारिक तर्फ ३ सय ५२ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने मध्पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ । मध्यपश्चिममा एसएलसी परीक्षा सञ्चालनका लागि २ सय ९३ वटा परीक्षाकेन्द्र तोकिएको छ । यस्तै परीक्षा संचालनको लागि २ सय ९३ जना केन्द्राध्यक्ष, ५ सय ८० जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३ सय ४७ जना निरीक्षक र ४ हजार ३ सय ९५ जना सुरक्षाकर्मी खटाइने निर्देशनालयले जनाएको छ । मध्यपश्चिममा यस वर्ष सबैभन्दा धेरै दाङबाट १३ हजार २ सय ६९ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुँदैछन् भने डोल्पाबाट सबैभन्दा कम ३ सय ९४ जना विद्यार्थी सहभागी हुने भएका छन् ।  परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नका लागि क्षेत्रीय प्रशासकको नेतृत्वमा क्षेत्रीयस्तरको परीक्षा समन्वय समिति गठन गरिएको मध्यपश्चिम क्षेत्रीय निर्देशक रामप्रसाद उपाध्यायले बताए । केन्द्रीय निर्देशनअनुसार प्रत्येक विद्यार्थीले यो वर्षदेखि परीक्षार्थीहरुले परीक्षा दिँदा प्रश्न पत्रमा समेत् आफ्नो सिम्बोल नम्बर लेख्नुपर्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies