Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

\"dayahang-n-namrata\"काठमाडौँ, १६ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित उनीरुलाई सम्मान गरे । चलचित्र ‘कबड्डी–कबड्डी’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको पुरस्कार जित्दै उपाधिको रक्षा गरे। उनको यो उत्कृष्ट अभिनेताका लागि लगातार तेस्रो पुरस्कार हो ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको पुरस्कार नम्रता श्रेष्ठले चलचित्र ‘क्लासिक’बाट हात पारे। त्यसैगरी उत्कृष्ट चलचित्र पुरस्कार ‘पशुपतिप्रसाद’ ले जित्दा त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक चुनिए ।

उत्कृष्ट नवनिर्देशक अभिनेता समेत रहनुभएका भुवन केसीले चलचित्र ‘ड्रिम्स’बाट जिते । साथै उत्कृष्ट लेखन ९कथा, पटकथा तथा संवाद०तर्फ ‘पशुपतिप्रसाद’बाट अभिनेता समेत रहेका खगेन्द्र लामिछाने, छायाङ्कनमा ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र सञ्जय लामा तथा सम्पादनमा ‘क्लासिक’बाट सुरेन्द्र पौडेल पुरस्कृत भए ।

त्यस्तै ‘उत्कृष्ट आदिवासी–जनजाति चलचित्र’बाट गुरुङ भाषाको चलचित्र ‘युम्पो देउराली’ पुरस्कृत भयो । उक्त पुरस्कार आदिवासी–जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवारलाई प्रदान गरियो ।

त्यस्तै ‘चलचित्र दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई रु तीन लाख ५१ हजार १११ सहित सम्मान गरियो ।

पुरस्कृत चलचित्रका विभिन्न विधा गत वर्ष प्रदर्शनमा आएका ५३ चलचित्रमध्येबाट उत्कृष्ट ठहरिएका हुन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: