Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

युरो प्रिभ्यु : वेल्स VS बेल्जियम, कसले मार्ला बाजी ?

\"wales_vs_belgium\"काठमाडौं, १७ असार । युरोकपको क्वाटरफाइनल अन्तर्गत आज रातिको खेलमा वेल्स र बेल्जियम खेल्दै छन् । रियल म्याड्रिडका खेलाडी अर्थात वेल्सका एकला स्टार ग्यारेथ बेलको प्रदर्शनमा क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने स्टार खेलाडीहरुले भरिएको बेल्जियममा बैकल्पिक खेलाडीहरुको सुचि समेत वेल्ससँग झण्डै बराबरीको अवस्थामा हुनेछ । युरो ०१६ को छनौटचरणमा बेल्जियमसँग वेल्स एकै समुहमा थियो । दुई खेलमध्य १ खेलमा बेल्जियम पराजित भएको थियो भने १ खेलमा गोलरहित बराबरी भएको थियो । यी दुई टोलीले एकापसमा भिडेका १२ खेलमध्य ५ मा बेल्जियम र ४ मा वेल्सले जित हासिल गरेका छन् भने ३ बराबरीमा सकिएका छन् ।
फिफा वरियता : वेल्स २६, बेल्जियम २ रेफ्री : दमिर स्कोभिना, स्लोभेनिया स्थान : स्टेड पिएरे माउरो, लिले समय : नेपाली समयअनुसार मध्यराती १२ः३० हेड टु हेड : स्वेल्स ४, बेल्जियम ५, बराबरी ३ हेर्नलायक खेलाडी : गारेथ बेल, एडेन हाजार्ड, केभिन डे बु्रएन
वेल्स वेल्सका मुख्य खेलाडी ग्यारेथ बेल हुन् । फ्रिकिकबाट विपक्षी खेलाडीलाई सातो बोलाएका बेलको गति रोक्न समेत रक्षापक्तिलाई सजिलो हुने छैन । वेल्सले अन्तिम १६ को यात्रा गर्ने क्रममा ६ अंक बटुल्दै समूह बीको शीर्ष स्थानमा रह्यो भने स्लोभाकिया र रुसलाई हरायो । समूह चरणका तीनवटै खेलमा ग्यारेथ बेलले गोल गरे । अन्तिम १६ मा उत्तरी आयरल्याण्डलाई पराजित गर्दै अन्तिम आठमा परेको वेल्स बेलको शानदार प्रदर्शनको आशामा हुनेछ । बेलबाहेक हल रोब्सन कामू, स्वासेना, म्यानेचेष्टर सिटीबाट खेल्ने निल टायलर र आर्सनलका चर्चित खेलाडी आरोन राम्से पनि वेल्स मुख्य खेलाडी हुन् । यी सबै खेलाडीले वेल्सबाट युरोकपमा गोल गरिसकेका छन् । बेल्जियम १९८० मा युरोकपको उपविजेता भईसकेको बेल्जियमको युरोकप इतिहास एकनासको छैन । १९७२ मा डेब्यु गरे यता सन २००० मा समुहचरणबाटै बाहिरिनु पर्यो । २००० यता युरोकपमा सहभागीता नजनाएको बेल्जियमले युरो २०१६ मा भने युरोकपको उपाधि हत्याउने उदेश्य सहित फ्रान्सका आएको छ । बेल्जियमको टोलीमा यो सिजन मैदानमा मात्रै राम्रा खेलाडी छैनन् । बेन्चमा समेत झण्डै वेल्सका मैदानका खेलाडीहरुकै हाराहारीमा खेलाडीहरु छन् । अन्तिम १६ मा हंगेरीलाई ४–० ले हराएपछि बेल्जियमको मनोबल उच्च छ भने टिमका स्टाइकर तथा कप्तान एडेन हाजार्ड लयमा आएका छन् । हाजार्ड चेल्सीका मुख्य खेलाडी समेत हुन् । सिटीका युवा स्ट्राइकर केभिन डे बुर्यन, लुकाकु, कोर्टियस जस्ता फर्ममा रहेका खेलाडीहरुको दबदबामा वेल्सको मनोबल गिराउने प्रयासमा बेल्जियम हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending