Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चितवनमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

\"chitwan चितवन, २९ असार । एभरेष्ट क्लब भरतपुरको आयोजनामा चितवनकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पिनसीप कप –२०७३’ हुने भएको छ । साउन १ गतेदेखि १८ गतेसम्म हुने खेलमा कुल २४ टिमको सहभागिता रहने क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । खेलुकदमन्त्री सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन हुने र समापनमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री आउने सल्लाहकार सन्तोष पनेरुले बताए । यस प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ र ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ र प्रमाणपत्र प्राप्त गर्ने छन् । सबै खेल जुनियर प्रहरी शिक्षालय भरतपुरमा हुने भएका छन् । गैंडाकोट र गोरखाको हरमटारी बाँकी सबै टिम चितवनकै रहेको आयोजकले जनाएको छ । साउन एक गतेको उद्घाटन खेल गैंडाकोटविरुद्ध जुगेडीबीच हुने आयोजकले जनाएको छ । खेलमा विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिने अध्यक्ष देवकोटाले बताए । उत्कृष्ट गोलकर्ता, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने भएको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा नारायणी मोटर्स नारायणगढ र सह–प्रायोजकमा प्रभु हाउजिङ एण्ड प्रोपर्टी डिलर्स प्रालि भरतपुर रहेका छन् । यसलाई प्रतियोगिता चितवनबासीको पहिचानसँग जोडिएकोले यसलाई व्यवस्थित बनाउँदै अघि बढाइने क्लवका सल्लाहकार पनेरुले बताए । उनले आगामी दिनमा यसलाई अझै ठूलो धनराशीको बनाउँदै राष्ट्रिय स्तरको प्रतियोगिताको रुप दिने पनि बताए । यही प्रतियोगितामा समेत विभिन्न क्वलहरुले राष्ट्रियस्तरका खेलाडीहरुलाई भित्र्याउने तयारी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending