Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रचण्ड प्रधानमन्त्री हुने भएपछि सेनामा खैलाबैला : यस्तो छ सेनाको भित्री योजना

\"prachanda3-600x330\"काठमाडौं, ११ साउन । देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नेपाली सेनाले प्रतिक्रिया जनाउँदै यसले सुरक्षा चुनौती थपिने संकेत गरेको छ। सेनाले विद्यमान राजनीतिक तथा सुरक्षास्थितिको सुक्ष्म ढंगले निगरानी गरिरहेको जनाएको हो । आजको नागरिक दैनिकमा खबर छ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार सेनाको मुख्यालयमा आयोजित एउटा सामाजिक कार्यक्रममा नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको तथा विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सुक्ष्म ढंगबाट नियालीरहेको बताए । सेनामा भएको प्रधानसेनापति काण्डकै कारण सत्ताबाट बाहिरिएका दाहाल सात वर्षपछि प्रधानमन्त्री हुने तयारीमा छन् । उनले पुनः सेनामा फेरबदल वा अन्य हस्तक्षेप गर्नसक्ने सम्भावनाबिरुद्ध सेनाले कडा प्रतिकार गर्ने संकेतका रुपमा प्रधानसेनापतिको भनाई आएको हुनसक्ने सुरक्षा अधिकारीको बुझाई छ । सेनाको पर्यावरण सुरक्षामा रहेको भुमिकाका बिषयमा केन्द्रीत रहेको अति औपचारिक कार्यक्रमको सम्बोधनमा प्रधानसेनापति क्षत्रीले राष्ट्रिय सुरक्षा, राजनीतिक घटनाक्रम र आईपरे सामनागर्ने जस्ता गंभिर कुरामा समय खर्चेका थिए । उनले भने ‘कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व हो ।’ सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले प्रधानसेनापति क्षत्रीले समसामयिक बिषयमा बोलेको र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा सेनाले नियमित जानकारी राखेको बताए। उनले प्रधानसेनापतिले सुरक्षा चुनौती आए सामाना गर्न सेना तयार रहेको बताए। ‘चिफ सापले समसामयिक घटनाक्रमका बिषयमा सेनाको भूमिका र दायित्वका बिषयमा बोल्नु भएको हो, त्यस्तो खास केही छैन,’ उनले नागरिकसँग भने । पछिल्लो राजनीतिक घटनाक्रमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने तय भएको छ। सेनामा भएको प्रधानसेनापति काण्डकै कारण सत्ताबाट बाहिरिएका दाहाल सात वर्षपछि प्रधानमन्त्री हुने तयारीमा छन् । उनले पुनः सेनामा फेरबदल वा अन्य हस्तक्षेप गर्नसक्ने सम्भावनाबिरुद्ध सेनाले कडा प्रतिकार गर्ने संकेतका रुपमा प्रधानसेनापतिको भनाई आएको हुनसक्ने सुरक्षा अधिकारीको बुझाई छ। ‘आफ्ना सहकर्मी उच्च सैन्य अधिकारीलाई आउनसक्ने घटनाक्रमका बिषयमा पूर्व तयारीका लागि निर्देशन र सर्वसाधारणमा पूर्व सुचना दिने सेनाको शैली हो,’ ती अधिकारीले भने । कार्यक्रममा सेनाका रथी तथा उच्च सैन्य अधिकारी उपस्थित थिए । यसअघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी मुख्यालयमा साउन दुई गते आयोजित कार्यक्रममा संगठनका चुनौतीहरु बढेकाले देशको सुरक्षा ब्यवस्थापनमा तयार रहन निर्देशन दिएका थिए। मुख्यालयमा एसपीबाट एसएसपीमा बढुवा भएका प्रहरी अधिकारीलाई फुली लगाउने संक्षिप्त कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले संगठनलाई मजबुत बनाउन र अगाडि बढाउन ऐक्यबद्धताको आवश्यकता पर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE