Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

युवा उमेरमै किन चाउरिन्छ छाला ? थाहा पाउनुहोस रोक्ने उपाय

\"face-harekpal-624x499\"काठमाडाैं । उमेर ढल्किँदै गएपछि अनुहार , हात ,गोडा र शरीरमा पर्ने चाउरीलाई अधिकांश मानिसले सजिलै स्वीका गर्दछन् । तर जवानीमै छला चाउरियो भने निकै तनाव निम्तिन्छ । कतिपय व्यक्ति जवानीमै चाउरिएको अनुहार लिएर हिाड्न बाध्य छन् । आखिर किन चाउरिन्छ छाला ? चाउरिपन आउन नदिन के गर्न सकिन्छ ? र निम्तिसकेको चाउरीको समाधान के हुनसक्छ ? छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. राजन ताझियाले जवाफ दिएका छन् । चाउरी पर्ने कारण छालाको भित्रपट्टि सतहमा कलेजिन र इलास्टिन नामका फाइबर हुन्छन् । यी फाइबरको काम छालालाई सपोर्ट दिने हो । तर, कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले बिस्तारै आफ्नो स्थान छोड्न थाल्छ । छाला कमजोर र केही लचकदार हुँदै जान्छ । कलेजिन र इलास्टिन निकै नै कम भएपछि छालाले पूरै ठाउँ छोड्छ र चाउरी पर्छ । बुढेसकालमा कलेजिन र इलास्टिन प्राकृतिक रूपमै कम हुँदै गएर चाउरी पर्छ । बूढा व्यक्तिहरूको छाला पातलो र सुक्खा हुने भएकाले चाउरी पर्ने खतराबाट जोगाउन गाह्रै हुन्छ । कम उमेरका व्यक्तिको छाला चाउरी पर्दा पछाडितिर सोहोरिन्छ भने बुढाबुढीको तलतिर झोल्लिने गर्छ । जवानीमै चाउरी जवानीमै छाला चाउरी पर्नुका पछाडि विभिन्न कारण छन् । उमेरमै छाला चाउरी पर्नुको प्रमुख कारण सूर्यको अल्ट्राभाइलेट किरणको प्रभाव हो । अल्ट्राभाइलेट किरणले कलेजिन र इलास्टिन फाइबर घटाउन भूमिका खेल्छ । त्यसैले घामको सीधा किरणमा रहेर नियमित काम गर्नेलाई कम उमेरमै चाउरीपनको सम्भावना बढी हुन्छ । नियमित धुम्रपान गर्ने व्यक्तिलाई पनि चाउरीपन चाँडै निम्तिन्छ । डिहाइड्रेसन र वातावरणको प्रभाव पनि चाउरी पर्ने अन्य कारण हुन् । कतिपयमा चाउरी पर्ने कारण जेनेटिक पनि हुन्छ । चाउरी हटाउन चाउरी पर्नै नदिन समस्या निम्तिने कारणहरूमा सचेत हुनु नै हो । निम्तिसकेको छ भने पनि थप हुन नदिन लाइफस्टाइलमा ध्यान दिन सकिन्छ । तर, चाउरी हटाउनै पर्ने छ भने कस्मेटिक या प्लास्टिक सर्जरी र लेजरथेरापी गर्न सकिन्छ । नेपालमा लेजर रिजुभेसन थेरापीको सफल प्रयोग भइरहेको छ । यो थेरापी गर्दा निस्किने लाइटले छालामुनिको पानीमा प्रभाव पार्छ र छालाको पिब्रोब्लास्टलाई सक्रिय बनाउँछ । यसले कलेजिन फाइबर बढाउन मद्दत गर्छ । यसले अनुहारमा सुरु हुन लागेको चाउरीपन र छिद्र कम गराउँछ । लक्षित गरिएकोबाहेक लेजर अरू ठाउँँमा नजाने भएकाले नचाहेको भागमा असर पर्दैन । यो थेरापी गरिसकेपछि लिड ल्याम्पको प्रयोगले छालालाई आराम दिएर शान्त पारिन्छ । यसको राम्रो नतिजा ल्याउन १५ दिनको अवधिमा ४ देखि ६ पटकसम्म थेरापी गर्नुपर्छ । पहिलोपटकको उपचारपछि नै छालामा सुन्दरता आएको अनुभव गराउँछ । प्लस टिप्स चाउरी हटाउन गरिएको लेजर उपचारपछि सनब्लक क्रिम लगाउने विषयमा छाला विशेषज्ञसँग सल्लाह गरेर मात्रै अगाडि बढ्नुपर्छ । थेरापीपछि के गर्नेरनगर्ने भन्ने कुरा व्यक्तिअनुसार फरक पर्नसक्ने भएकाले विशेषज्ञको रायपछि मात्रै कदम चाल्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending