Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

सरकार परिवर्तन आन्तरिक मामिला : चीन

\"china\"काठमाडौं, १२ साउन । उत्तरको छिमेकी मुलुक चीनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई आन्तरिक मामिलाको रुपमा विश्लेषण गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – प्रधानमन्त्री केपी ओलीले राजिनामा घोषणा गरेको पर्सिपल्ट चीनको विदेश मन्त्रालयले नेपालको राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिंदै भनेको छ– ‘यो नेपालको नितान्त आन्तरिक मामिला हो ।’ छिमेकी चीनको विदेश मन्त्रालयका प्रवक्ता लु खाङले नियमित पत्रकार सम्मेलनमा आएको जिज्ञासा मत्थर गर्दै भने, ‘नेपालको राजनीतिक स्थितिको परिवर्तनमा हामीले ध्यान दिएका छौं । छिमेकी र साथीको रुपमा रहेको चीनले नेपालका विभिन्न पार्टीले राष्ट्रिय र जातीय हितलाई प्राथमिकतामा राख्दै स्थिरता र विकासका लागि कोसिस गर्ने हाम्रो आशा छ ।’ उनले नयाँ सरकारले मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्नेमा समेत चीन विश्वस्त रहेको बताए । चिनियाँ विदेशमन्त्रालयको वेवसाइटमा चिनियाँ भाषामा राखिएको नियमित पत्रकार सम्मेलनको पूर्ण अंशमा एक जिज्ञासा नेपालको पनि थियो । प्रधानमन्त्री ओलीको राजिनामालाई चीनले कसरी लिएको छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता लुले भने, ‘चीन र नेपाल एकै पक्षमा रहेको र अन्तराष्ट्रिय तथा आ–आफ्नो आन्तरिक स्थितिको जसरी परिवर्तन भए पनि चीन–नेपाल मैत्रीपूर्ण र आपसी सहकार्य तथा सहयोग रणनीतिमा परिवर्तन हुदैन ।’ सरकारमा जाने तयारीमा रहेका दलका शिर्ष नेताले समेत सत्ता परिवर्तनले चीन नेपाल सम्वन्धमा कुनै असर नपर्ने बताइरहेका बेला चिनिया सरकारबाट समेत चीनको समान धारणा आएको हो । नेपालमा सरकार परिवर्तनको गृहकार्य भइरहदा चीनको विभिन्न तहका नेता तथा उच्च अधिकारीहरु काठमाडौंमा आएर राजनीतिक भेटघाट समेत गरिरहेका थिए । चीनका नेताहरुले पछिल्लो समय नेपाली कांग्रेससँगको सम्वन्धलाई बढि नै जोड दिइरहेका छन् । काँग्रेस र चिनिया कम्युनिष्ट पार्टि बीचको सम्वन्धलाई उचाईमा लैजान दुवै पक्षले महत्व दिइरहेको अवस्थामा सरकार परिवर्तनको प्रक्रिया अघि बढेको हो । अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा संसदमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका चीनसँग भएका सम्झौता कार्यावन्यनमा आगामी सरकार गम्भिर भएर अघि बढ्ने बताउदै दुवै छिमेकीसंगको सम्वन्धलाई महत्व दिएर अघि बढ्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा आगामी प्रधानमन्त्रीको दावेदार पुष्पकमल दाहालले पनि चीनसँगको सम्वन्धमा कुनै असर नपर्ने र दुवै छिमेकीलाई बराबर महत्व दिएर अघि बढ्ने बताएका थिए । आगामी असोजको अन्त्यसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने गरि तयारीहरु भइरहेको छ । चिनियाँ प्रवक्ताको पछिल्लो सकारात्मक धारणाले नेपालमा सरकार परिवर्तन भए पनि चिनियाँ राष्टपतिको भ्रमण नरोकिने संकेत गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु ले पनि चीनको तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण हुनेमा द्विविधा नभएको दावी गरे । नयाँ सरकार बनेपछि भ्रमणको तिथि तलमाथि होला सन् २०१६ को अन्त्यसम्ममा चीनबाट उच्चस्तरको भ्रमण नेपाल तर्फ हुनेछ, ति अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE