Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

प्रधानमन्त्रीको भारत भ्रमण भदौ अन्तिम साता

\"PM-Prachanda\" नयाँ दिल्ली, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भारत भ्रमण भदौको अन्तिम साता हुने तयारी भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – भारतले औपचारिक निमन्त्रणा पठाइसकेको छ भने परराष्टमन्त्रालयमार्फत् यो मितिमा भ्रमणका लागि प्रस्तावित गरेको छ । संयुक्त राष्ट्र संघमा प्रचण्ड सहभागी हुनुअघि भारत भ्रमणमा आउने गरी समयतालिका प्रस्तावित भएको विदेश मन्त्रालयका एक अधिकारीले बताए । यसपालि राष्ट्र संघमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी हुने छैनन् । असोजमा प्रणब भ्रमणको प्रस्ताव भारतीय राष्टपति प्रणब मुखर्जीको नेपाल भ्रमण आगामी असोजमा गर्न भारतले प्रस्ताब गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड राष्टसंघस्थित महासभामा गएर फर्केपछि अक्टोबरमा मुखर्जीको भ्रमण गराउन सकिने भारत सरकारले जानकारी दिएको छ । यसबारे नेपालले पनि गृहकार्य गरिरहेको बुझिएको छ । चिनियाा राष्टपति सि जिनपिङको सम्भावित भ्रमण अअघि नै भारतीय राष्टपतिको भ्रमण गराउन भारत इच्छुक देखिएको छ । के होला दिल्लीको सन्देश ? नयाँ सरकार गठनलाई नेपाल भारत सम्बन्ध र नेपालको स्थिरताका लागि सकारात्मक सुरुवात भनेपनि सीमांकन मुद्दामा भारतको अडान पुरानै छ । विहीवार दिल्ली अवतरण गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारतले तराईमा दुई प्रदेश र जनजातिलाई सकेसम्म बढी आरक्षण दिएर अघि बढ्ने सन्देश दिदैछ । भारतको राजनीतिक र कूटनीतिक स्रोतहरुका अनुसार तराईमा दुई प्रदेश हुने सुनिश्चित भएपछि मात्रै मधेशी मोर्चालाई सरकारमा सहभागी गराउन र उनीहरुको सहभागीतापछि मात्रै नयाँ सीमांकन तय गर्न दिल्लीले सरकारलाई सुझाब दिनेछ । मधेशी मोर्चाको सहभागीतापछि सीमांकन गर्दा टिकाउ हुने सन्देश पनि भारतले उपप्रधानमन्त्री निधिलाई दिदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE