Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

को–को थपिए सहिदको सूचीमा ? (सूचीसहित)

[caption id=\"attachment_71235\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल तस्बिर[/caption] काठमाडौ, ३ भदौ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सरकारले कैलाली घटनामा मारिएका ११ प्रहरीलाई पनि सहिद घोषणा गरेको छ । मधेस आन्दोलन तथा सीमांकनको विषयमा भएका आन्दोलनका क्रममा मारिएका सर्वसाधारण ४१ र प्रहरी ११ गरी ५२ जनालाई सरकारले सहिद घोषणा गरेको हो । मोर्चाद्वारा सहिद घोषणा गर्न ६८ जनाको सूची मधेसी मोर्चाले सहिद घोषणाको माग गर्दै सरकारसमक्ष यसअघि ६८ जनाको सूची बुझाएको थियो । मोर्चाले केही दिनअघि मात्रै गृहमन्त्री विमलेन्द्र निधिलाई ६८ जनाको सूची बुझाउादै उनीहरूलाई सहिद घोषणा गर्न माग गरेको थियो । तर, गृह मन्त्रालयले ५२ जनालाई मात्रै सहिद घोषणा गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको हो । आन्दोलनकारी को–को भए सहिद ? राजेन्द्र (राजीव) राउत (सप्तरी), दुर्गेश यादव (भैरहवा), राजकिशोर ठाकुर (रौतहट), धर्मराज सिंह (वीरगञ्ज), दीनानाथ साह (वीरगन्ज), भोला साह (वीरगन्ज), हिफाजत मियाा (बारा), रामकृष्ण राउत (सप्तरी), रोहन चौधरी (महोत्तरी), रामविवेक यादव (महोत्तरी), अमित कापर (महोत्तरी), वीरेन्द्र बिच्छा (महोत्तरी), रामशिला मण्डल (महोत्तरी), गणेश चौधरी (महोत्तरी), नितु यादव (जनकपुर), सञ्जयकुमार चौधरी (जनकपुर), दिलीप यादव (जनकपुर), चन्दन पटेल (रुपन्देही), रञ्जना क्षेत्री (रुपन्देही), राजकुमार बरई (रुपन्देही), बिन्दु भन्ने विनोद लाकोल (रुपन्देही), नन्दनी पाण्डेय (रुपन्देही), सौमती मुराव (रुपन्देही), शत्रुधन पटेल (पर्सा), वीरेन्द्र राम (सप्तरी), नागेश्वर यादव (सप्तरी), दिलीप साह (सप्तरी), प्रमोद गुप्ता (बारा), मो. मेहरुद्दिन (रौतहट), शेष तवरेज आलम (रौतहट), द्रोपदी धानुक चौधरी (रंगेली), महादेव ऋषिदेव (रंगेली), शिवु माझी (रंगेली), राजाराम झा, यमबहादुर बिसी (सुर्खेत), टीकाराम गौतम (सुर्खेत), गोपालसिंह रजवार (सुर्खत), हरि कुँवर (जुम्ला), टेकबहादुर सावद (कैलाली), करण सिंह (बाँके) र जयप्रकाश शाह (बारा) सुरक्षाकर्मी सहिद एसएसपी लक्ष्मण न्यौपाने (कैलाली), इन्स्पेक्टर बलराम विष्ट (कैलाली), केशवराज बोहरा (कैलाली), लोकेन्द्र चन्द (कैलाली), रामबिहारी ठाकुर (कैलाली), ललित साउद (कैलाली), बमनबहादुर विक (महोत्तरी), जनक नेगी (कैलाली), काशीराम कामी (कैलाली), देवबहादुर पाण्डे (कैलाली) र करण सिंह (बाँके) ,।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE