Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

प्राण घातक रोक स्क्रब टाइफसबाट यसरी टाढा रहने

\"Scrub-chigger-750\" काठमाडौं, ३ साउन । संखुवासभाका एक बालकलाई हनहन्ती ज्वरो आयो । टाउको दुख्ने, जोर्नी दुख्ने समस्या सँगै देखियो । घरमै निको पार्ने प्रयासस्वरूप परिवारले उनलाई तातोपानी पिउन आग्रह गरे । अन्य घरेलु उपाय अपनाए । केही सीप नलागेपछि नजिकैको पसलबाट औषधि किनेर बालकलाई खुवाइयो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – नतिजाको पर्खाइमा अभिभावकले कडा ज्वरो आएका ती बालकलाई सात दिनसम्म घरमै राखे । थला परेपछि मात्रै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो । चिकित्सकले जाँचका विभिन्न उपाय अपनाउँदा पनि उपलब्धि नभएपछि उनको रगत निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । नजितामा ती बालकको रगतमा स्क्रब टाइफस रोग पुष्टि भयो । सोहीअनुसारको उपचार प्रक्रिया अघि बढाइए पनि ढिलो अस्पताल ल्याउँदा बालकले ज्यान गुमाउनु पर्‌यो । बालकको ज्यान गएपछि मात्र उनका अभिभावकले स्क्रब टाइफस कस्तो रोग हो भन्ने थाहा पाए । यो एउटा उदाहरण हो । स्क्रब टाइफसबारे जानकारी समयमै नपाउँदा वा नलिँदा अनायासै यस वर्ष अन्य दुईजनाले ज्यान गुमाउनु परेको छ । जब कि यो रोगको समयमै उपचार भयो भने निको हुन्छ । मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा)ले टोक्दा मानिसमा फैलिने उक्त रोगबाट वैशाखयता ९१ जनामा उक्त रोग पुष्टि भइसकेको छ । ‘पहिले केही थाहा थिएन । अरू नै कारणले ज्वरो आएको होला भन्ने लाग्यो र कतै गइनँ । ज्यानै जालाजस्तो भयो अनि अस्पताल आएँ,’ टेकुस्थि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक बिरामीले भने, ‘अहिले थाहा भयो यो त निकै डरलाग्दो रोग रेहछ ।’ रोगका लक्षण –कडाखाले ज्वरो (१०२ देखि १०५ डिग्री फरेन हाइटसम्म) आउने –टाउकोमा धेरै दुखाइ हुने –श्वासप्रश्वासमा समस्या पैदा हुने –जीउ, जोर्नी र मांसपेशीमा पीडा हुने –खोकी लाग्ने –पेट दुख्ने र पखाला लाग्ने –शरीरका विभिन्न भागमा गुलाबी बिमिरा देखिनु स्क्रब टाइफसबाट बच्ने उपाय –घरवरपर सफा राख्ने र आफूले पनि सरसफाइमा ध्यान दिने –लामो बाउला भएको कपडा लगाउने –मुसाबाट टाढै रहने –सामान्य रूपमा ज्वरो आउने वा खोकी लाग्नेजस्ता समस्या देखिमा एक दुई दिन घरमै आराम गरी तातो र झोलिलो खाने । –त्यसो गर्दा नभए सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार अघि बढाउने । –असामान्य लक्षण देखिँदा शरीरमा भएका दागहरू नियाल्ने । केहीले टोकेकोजस्तो लाग्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिने उपचारविधि यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र कीराले टोकेको दाग देखेर पनि गरिन्छ । रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिन्छ । नेपालमा हाल एलाइजा टेस्टबाटै काम चलाउने गरिएको छ, जुन हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । महाशाखाका चिकित्सक गुणनिधि शर्माका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE