Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

लिंग परिवर्तन गर्ने एनीको रोचक कथा

\"ani\" काठमाडौं, ३ भदौ । विराटनगरकी एनी लामा पढाइको सिलसिलामा चार वर्षअगाडि मात्रै काठमाडौं आएकी हुन् । काठमाडौंको वातावरण र यहाँ मानिसले तेस्रो लिंगीलाई हेर्ने नजरले गर्दा उनले पढ्ने आँटसम्म पनि गर्न सकिनन् । तेस्रो लिंगीको क्षेत्रमा काम गर्ने संस्थाका बारेमा थाहा पाएपछि उनी नीलहीरा समाजमा पुगिन् । त्यहाँ करिब दुई वर्षजति कार्यक्रम सहायकका रूपमा काम गरिसकेपछि उनमा आत्मविश्वास पनि बढ्दै गयो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – उनी जब १६ वर्ष पुगिन्, उनको व्यवहार अरूको भन्दा अलि फरक हुँदै गयो । आफू पुरुष भएर पनि पुरुषप्रति नै उनको आकर्षण बढ्दै गएपछि उनले आफू तेस्रोलिंगी भएको थाहा पाइन् । त्यसपछि उनलाई घरपरिवार र समाजले गर्ने व्यवहार पनि फरक हुन थाले । घरमा उनका आमा र दाइमात्रै छन् । आफूले अंशमा पाउने सम्पत्ति बेचेर एक वर्षअगाडि उनले थाइल्यान्डको बैंकक गएर आफ्नो लिंग परिवर्तन गरेर आइन् । यसका लागि करिब आठ लाख रुपैयाँ लाग्यो । तर, उनलाई यसमा कुनै चित्त दुखाइ छैन । महिलाको जस्तै भावना उब्जने मनका साथै शरीर पनि पाएकी छन् अहिले उनले । त्यसैले त गर्वका साथ भन्छिन्,­ ‘अब म केटी हुँ ।’ उनलाई फेसन र मोडलिङमा विशेष रुचि रहेको छ । त्यसैले केही महिना अगाडिदेखि नेपाल इन्स्टिच्युट अफ फेसनमा उनी दुई वर्षको फेसन डिजाइनरको डिप्लोमा कोर्स गरिरहेकी छन् । नीलहीरा समाजले प्रत्येक वर्ष तेस्रोलिंगीबीच गर्दै आएको ‘मिस पिंक’ प्रतियोगितामा उनले यस वर्षको शीर्ष उपाधि जितेकी छन् । ‘मलाई मोडल हुने रहर बच्चैदेखि थियो तर मेरो उचाइ अलि कम भएकाले मैले आँट्न सकेको थिइनँ । यो प्रतियोगितामा रूपमात्रै होइन, आफ्नो प्रतिभा र दिमागी क्षमता पनि देखाउनुपर्ने हुनाले म सफल भएँु, उनले भनिन् । वैशाख १२ को भूकम्पको एक दिनअगाडि भएको मिस ग्ल्यामरस स्टारमा पनि उनी दोस्रो रनरअप भएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE