Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

यस्तो छ, ठमेलभित्रको रंगीन संसार

\"thamel-640x330-750\" काठमाडौं, २ भदौ । क्यानडाबाट आएर सीधै ठमेल पुगेका एक गैरआवासीय नेपालीलाई ट्याक्सी चालक अनिल तामाङ र सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटे । ५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले रिपोर्ट लेखेका छन् । एक युवतीसँग जबर्जस्ती सम्बन्ध राखेको आरोपमा एक सातादेखि एक विदेशी नागरिक र होटेलका कर्मचारी प्रहरी हिरासतमा छन् । साउदी अरेबियाको मोताहिन ओभरसिज कम्पनीमा मेनेजरका रूपमा कार्यरत दक्षिण सुडानका नागरिक सिद्दिकी इब्राहिम हसन इब्राहिमलाई प्रहरीले होटेल तायमाबाट पक्राउ गरेको हो । बसुन्धारास्थित क्षितिज इम्प्लोइमेन्ट सर्भिस कम्पनीमार्फत नेपाली कामदार छनोटका लागि आएका उनी ठमेलमा बसेर हरेक दिन नयाँ–नयाँ युवतीसँग रमाइलो गर्थे । अचम्मलाग्दो कुरा के थियो भने युवतीले वेश्यावृत्तिबाट कमाएको पैसाले चारजना अनाथ बालबालिकालाई पढाउादै आएकी थिइन् । आफू पनि टुहुरी भएकाले चार टुहुरा बालबालिकालाई उनले होस्टेलमा राखेर पढाउादै आएकी हुन् । नेपालमा बिहे गर्न गाह्रो हुने भएकाले उनी इजरायल गएर उतै बस्ने तयारीमा छिन् । सरिता केसी धादिङ घर भएकी २१ वर्षीया युवती हुन् । ठमेलका डिस्कोहरू धाइरहने उनी पछिल्लो एक वर्षमा तीनपटक पक्राउ परिसकेकी छिन् । ‘सबै घटना उस्तै छन्,’ डिएसपी राठौर भन्छन्, ‘होटेलमा गएपछि युवकलाई नुहाउन लगाउने र धनमाल लिएर भाग्ने ।’ प्रहरीले पक्राउ गरेपछि आफूलाई मुद्दा चलाए युवकले आफूलाई बलात्कार प्रयास गरेको र त्यसमा उसलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै बार्गेनिङ गरेर छुट्ने गरेकी छिन् । गत ११ वैशाखमा दरबारमार्गमा दुई ट्याक्सी चालक पाँच युवतीसहित पक्राउ परे । दरबारमार्ग र कमलादी क्षेत्रमा ट्याक्सीमा युवती राखेर घुमिरहने चालक गणेश मगर र आइते लामालाई प्रहरीले पक्राउ गरेको थियो । ट्याक्सी चालकको आवरणमा उनीहरूको खास पेसा भने यौनकर्मी युवतीलाई ग्राहक मिलाउनु हो । त्यसकारण युवतीहरू ट्याक्सीमा लिएर उनीहरू ग्राहक खोज्दै हिाडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE