Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

कांग्रेसबाट आजै मन्त्री थपिने, को-को बन्दैछन् मन्त्री ?

\"ramchandra काठमाडौं, ६ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको खुलाए । आजको कान्तिपुर दैनिकमा खबर छ – वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताको भनाई रहेको छ । दाहाल मन्त्रिपरिषद्मा कांग्रेसले १२ वा १३ मन्त्रालय पाउने दुई सत्तारुढ दलको समझदारी छ । ‘हाम्रो तर्फबाट केही नाम भोलि (सोमबार) नै प्रधानमन्त्रीकहाँ जाँदैछ, भदौ ८ गते सभापतिज्यू (देउवा) उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि नै पार्टीका तर्फबाट सरकारमा जाने अरु नेताको नामसमेत टुंगो लाग्नेछ,’ ती नेताले आइतबार भने, (भोलि) सोमबार क्याबिनेटमा जाने नाम पठाउन आवश्यक तयारी गरिसकेका छौं ।’ कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ । अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन् । कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ । अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ। ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको खुलाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सम्भव भए सोमबार, नत्र मंगलबारभित्र आफ्नो दलबाट थप मन्त्री आउने पुष्टि गरे । ‘मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ, त्यसलाई अन्तिम रुप दिनुअघि केही छलफल गर्नुपर्ने भएकाले ढिलाई भएको हो,’ उनले भने । को–को नेता कुन मन्त्रालयमा जाने भन्नेबारे लेखकले खुलाएनन् । पौडेल निकट मानिने अर्का नेता महेश आचार्यले मन्त्रिपरिषदमा को–को जाने भन्नेबारे पार्टीभित्र सरसल्लाह भइनसकेको बताए। आन्तरिक परामर्श र छलफलबाटै नामावली टुंगो लाग्नेमा उनले विश्वास व्यक्त गरे । अर्का एक नेताले मन्त्री हुन पार्टीभित्र डेढ सय नेता आकांक्षी रहेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE