Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

गणतन्त्रपछि किन बुझाएनन् पूर्वराजा ज्ञानेन्द्रले विद्युत महसुल ?

\"raja_Gyanendra-750\" काठमाडौं, १५ भदौ । आफूले बालेको बत्तीको पैसा नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबार, पूर्वराजपरिवारदेखि विभिन्न जिल्लाका नगरपालिका तथा गाउँ विकास समितिले समेत बिजुलीको महसुल तिरेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उनीहरूबाट एक अर्ब ४५ करोड ७८ लाख रुपैयाँभन्दा बढी महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । अस्पताल, स्वास्थ्य चौकी, कारागारलगायतका सरकारी कार्यालयले महसुल तिरेका छैनन् । नागार्जुन दरबारले गणतन्त्र स्थापनापछि महसुल तिरेको छैन । नागार्जुन दरबारले गणतन्त्र स्थापना भएपछि अर्थात् १५ जेठ ०६५ पछि बिजुलीको महसुल तिरेको छैन । गणतन्त्र स्थापनापछि सरकारले पूर्वराजालाई बस्न नागार्जुन दरबार उपलब्ध गराएको थियो । प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपनिर्देशक सूर्यप्रसाद सिवाकोटीले नागार्जुन दरबारको नाममा ७१ लाख ८० हजार बक्यौता रहेको बताए । यसमा २५ प्रतिशत जरिवाना लाग्छ । ‘गणतन्त्र स्थापनाभन्दा पहिलेको महसुल नागार्जुन दरबारले चुक्ता गरेको छ, तर त्यसपछि महसुल कसले तिर्ने भन्नेमा अन्योल हुँदा उठाउन सकिएको छैन,’ प्राधिकरण कुलेश्वर वितरण केन्द्रका प्रमुख धिरकुमार खत्रीले भने, ‘सेना मात्रै बसेका छन्, हामीलाई भित्र पस्न दिँदैनन्, महसुल तिर्न ताकेता गरेको चिठी बुझ्न मान्दैनन् ।’ यसअघि प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुली काटेको थियो । महेन्द्र मञ्जिलको नाममा जरिवानासहित ४६ लाख ६४ हजार रुपैयाँ बक्यौता तिर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तयार भएपछि प्राधिकरणले लाइन जोडिदिएको थियो । यसैगरी, पूर्वअधिराजकुमारी ज्योत्स्नाको नाममा सात लाख ७८ हजार रुपैयाँ बक्यौता छ । सबैभन्दा बढी बक्यौता काठमाडौं महानगरपालिकाको प्राधिकरणका अनुसार सबैभन्दा बढी बक्यौता काठमाडौं महानगरपालिकाको छ । महानगरपालिकाले सडकबत्तीको ८२ करोड १७ लाख ३१ हजार रुपैया महसुल तिरेको छैन । यसमा २५ प्रतिशत जरिवाना लाग्छ । पर्सा, रुपन्देही जिल्लाका सडकबत्तीको पनि भुक्तानी भएको छैन । विद्युत् लाइन काटिएपछि सवा ६ करोड बक्यौता उठ्यो प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेपछि ६ करोड २२ लाख रुपैयाँ बक्यौता उठेको छ । प्राधिकरणले तीन हजार चार सय ११ ग्राहकको लाइन काटेको छ । उनीहरूले तिर्नुपर्ने महसुल १९ करोड २५ लाख रुपैयाँ छ । लाइन काटिएकामध्ये एक हजार पाँच सय ९५ ग्राहकले बक्यौता महसुल तिरी लाइन सुचारु गराएका छन् । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका मुलुकभरका सयभन्दा बढी वितरण केन्द्रले महसुल नतिर्ने ग्राहका लाइन काट्ने अभियान चलाइरहेका छन् । सरकारी कार्यालयको लाइन काट्न सुरु प्राधिकरणले सोमबारबाट महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्न सुरु गरेको छ । महसुल तिर्न दिइएको सात दिनको समय सोमबार सकिएपछि लाइन काट्न सुरु गरिएका उपनिर्देशक शिवाकोटीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE