Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका प्रमुख किन आउँदैछन् नेपाल ?

\"ICC\"काठमाडौं, १६ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का कार्यकारी प्रमुखसहितको टोली नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)मा भएको विवाद मिलाउनका लागि नै आईसीसी टोली नेपाल आउन लागेको हो । आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय उच्चस्तरीय टोली आगामी आइतबार नेपाल आउने भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख रहने जनाइएको छ । क्यानमा भएको विवाद मिलाउन भन्दै राखेपले गरेको पहलपछि आईसीसी टोली नेपाल आउन लागेको हो । समानान्तर समिति सञ्चालन गरिँदा आधिकारिकता विवाद जस्ता कारणले क्यान आन्तरिक द्वन्द्वमा फसेको छ । सरकारी तहबाट नै यसलाई मिलाउने कुनै पहल नगरी झनै क्यानमा राजनीतिक मलजल गरेपछि समस्या बढेको हो । नेपाल आउने आईसीसी टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खेलकूद मन्त्री दलजीत श्रीपाइलीसँग भेट गरी समस्या समाधानका लागि छलफल गर्नेछ ।  प्रधानमन्त्री प्रचण्ड र खेलकूदमन्त्री श्रीपाइलीसँगको भेटपछि कार्यदल गठन गरी क्यानको विवाद मिलाउने आईसीसीको प्रस्ताव छ । टोलीले प्रधानमन्त्री र खेलकूद मन्त्रीसँग भेट गर्ने समय मिलाउनसमेत राखेपलाई पत्राचार गरेको छ । आईसीसीकै अधिकारीको नेतृत्वमा रहने उक्त कार्यदलले बनाएको ऐनअनुसार नै क्यानमा नयाँ नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन गरिने पत्रमा उल्लेख छ । नेपाली क्रिकेटको यही अवस्थाबारे अध्ययन गर्न आईसीसीको टोली गत जुलाई पहिलो साता पनि नेपाल आएको थियो । त्यतिबेला आईसीसीको टोली नेपाली क्रिकेटसँग सम्बद्ध र सरोकारवालाहरूसँग छलफल गरेर फर्किएको थियो । अब आउने टोलीले भने विवाद सुल्झाउने अपेक्षा गरिएको छ । क्यानको विवाद मिलाउन यसअघि आईसीसीले पटक पटक आग्रह गरेको थियो । विवादकै कारण नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन छुट दिए पनि क्यान निलम्बन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy