Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आजभन्दा १३ वर्षअघि प्रचण्डले रेडियो जनगणन्त्र सुरु गर्दा पठाएको सन्देशमा के थियो ?

रेडियो जनगणतन्त्र नेपालको औपचारिक समुद्घाटन गर्नुहुादै ने.क.पा. (माओवादी) का अध्यक्ष क. प्रचण्डले जनताको अन्तिम विजयको तयारीमा यो संयन्त्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । महान् लेनिन र रुसी कम्युनिष्ट पार्टीको नेतृत्वमा जारशाही र सबै प्रकारको शोषण अत्याचारविरुद्ध रुसी जनताले १९१७ मा विजय हासिल गरेको दिन रेडियो जनगणतन्त्र नेपालको उद्घाटन भएको हो । रेडियो जनगणतन्त्र नेपालको उद्घाटनका अवसरमा आम नेपाली जनताका नाममा विशेष सन्देश दिनुहुँदै उहाँले भन्नुभयो–प्रतिक्रियावादीहरुका झुठ्ठा प्रचारको प्रतिरोध गर्नु तथा जनताको सूचनासंयन्त्रलाई नयाँ उचाइमा उठाउन रेडियो जनगणतन्त्र नेपालको उद्घाटन गर्ने निर्णय गरिएको छ । प्रस्तुत छ, २०६० कार्तिक १ गते रेडियो जनगणतन्त्र नेपालका सबै प्रसारण केन्द्रहरुबाट प्रसारित अध्यक्ष क. प्रचण्डको विशेष सन्देशको पूर्णपाठ : आदरणीय जनसमुदायहरु, \"prachanda_durlab2\"हाम्रो देश नेपाली इतिहासको अत्यन्त महान् र चुनौतीपूर्ण मोडमा उभिएको छ । सामन्ती शोषण, अत्याचार र वैदेशिक साम्राज्यवादी लुट, हस्तक्षेपका विरुद्ध आफ्नो भाग्यको फैसला आफै गर्न विगत करिब ८ वर्षदेखि महान जनयुद्धका रुपमा अघिबढेको जनविद्रोह आज विजयको संघारमा आइपुगेको छ । आफ्नो वर्गीय, जातीय र लिङ्गीय मुक्तिका निमित्त त्याग, तपस्या, वीरता र बलिदानका अभूतपूर्व श्रृंखलाहरुद्वारा इतिहास आफ्नो हातमा लिने नेपाली जनताको पहलकदमीले नयाँ जनवादी नेपालको सजन्मलाई सुनिश्चित् गरिसकेको छ । महान् नेपाली जनताको ऐतिहासिक पहलकदमीबाट आफ्नो सर्वनाश देखिसकेका देशी र विदेशी शोषक–लुटेराहरु आज अन्तिम रुपले छटपटाइरहेका छन् । यही अन्तिम छटपटाइको अभिव्यक्ति नै अहिलेको शाही सैनिक आतङ्कवाद हो । नयाँ नेपालको जन्म सुनिश्चित भइसकेको आजको यो घडी आम जनताको निमित्त कठिन र अन्तिम प्रसवपीडाको घडी पनि हो । सर्वनाशको मुखमा पुगेका सामन्ती हत्याराहरुद्वारा अन्तिमरुपमा फैलाउन दुस्साहस भइरहेको जनहत्या, लुट, बलात्कार र आतङ्कको प्रतिरोधमा यो प्रसवपीडा इतिहासको अनिवार्य आवश्यकता हो । नयाँ नेपालको जन्मपछि आमजनताको यो प्रसवपीडा ऐतिहासिक गौरवका रुपमा युग–युगसम्म स्मरणीय रहनेछ । सन १९१७ को आजकै दिनमा महान् लेनिन र त्यहाँको कम्युनिष्ट पार्टीको नेतृत्वमा जारशाही र सबै प्रकारको शोषण अत्याचारमाथि रुसी जनताले विय हासिल गरेका थिए । यही महान् दिनको सम्मान र सम्झना गर्दै हाम्रो पार्टीले तमाम अप्ठ्यारासँग जुद्धै प्रतिक्रियावादी हत्याराहरुका झुठ्ठा प्रचारको प्रतिरोध गर्न तथा जनताको सूचनासंयन्त्रलाई नयाँ उचाइमा उठाउन एफ.एम. नै भए पनि औपचारिक रुपमा आजकै दिन रेडियो जनगणतन्त्र नेपालको उद्घाटन गर्ने निर्णय गरेको छ । म यस विशेष अवसरमा रेडियोसँग सम्बन्धित सम्पूर्ण कमरेडहरु तथा आमजनतामा यसको सफलताको हार्दिक शुभकमना व्यक्त गर्दछु । जनताको अन्तिम विजयको तयारीमा यो सञ्चारसंयन्त्रले महत्वपूर्ण भूमिका खेल्ने कुरामा म विश्वस्त छु । धन्यवाद ! प्रचण्ड २१ कात्तिक २०६०
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies