Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

यी हुन् माओवादी केन्द्रका ‘बेरोजगार’ नेता

\"maoist\"काठमाडाैं, २२ भदाै । माओवादी केन्द्रका केही प्रभावशाली नेतासहित केन्द्रीय कार्यालयका अधिकांश नेता उपयुक्त जिम्मेवारी नपाएकाले बेरोजगार बन्न पुगेका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ– अघिल्लाे सरकारमा सहभागी मन्त्री मात्र होइन, बुढ्यौली उमेरमा पनि सक्रिय जिम्मेवारीको खोजी गरिरहेका नेताहरूलाई के काम दिने भन्नेमा माओवादी केन्द्रले निर्णय लिन सकिरहेको छैन । पार्टी एकतापछि बनेको भद्रगोल संगठन र संस्थागत नीति निर्माण हुन नसक्दा प्रभावशाली भनिएकै कतिपय नेता कामविहीन भएका हुन् । कतिपयले भने दोहोरो भूमिका पाएका छन् । काम नपाएका नेताहरूले भने पार्टीले आफूहरूको क्षमताअनुसारको उपयुक्त जिम्मेवारी दिन नसकेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । माओवादीको ३३ सदस्यीय केन्द्रीय कार्यालयमा अहिले २३ जना नेता छन् । तर, केन्द्रीय कार्यालयमै रहेका कतिपय नेताहरू कार्यकारी भूमिकामा छैनन् । संगठन विभाग प्रमुख, प्रदेशका इन्चार्जहरूबाहेक अन्य नेताहरूको खासै प्रभावकारी भूमिका नरहेको नेताहरू स्वीकार गर्छन् । पार्टी अध्यक्षसहित केन्द्रीय कार्यालयका नेताहरू कृष्णबहादुर महरा र जनार्दन शर्माले मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अघिल्लो केपी ओली सरकारमा सहभागी शक्ति बस्नेतबाहेक अन्य नेतालाई माओवादीले पार्टी कामको जिम्मेवारी दिएको छैन । केही नेतालाई संगठन विभाग र सरकार सञ्चालन सहयोग समितिमा राखिए पनि अग्नि सापकोटालाई कुनै जिम्मेवारी दिइएको छैन । ‘केन्द्रीय कार्यालयकै नेताहरूसँग कार्यकारी भूमिका छैन, अन्यको अवस्था के होला ?’ माओवादी केन्द्रीय कार्यालयका एक नेताले  भने, ‘क्षमतावान नेताहरूलाई समेत सामान्य विभागमा मात्रै थन्काइएको छ ।’ माओवादी केन्द्रले पार्टीका प्रमुख नेताहरूलाई विभागीय जिम्मेवारी तोकेको छ, तर ती विभागीय जिम्मेवारी कामकाजी नरहेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । उसले पार्टीका २६ जना नेतालाई विभिन्न जनवर्गीय संगठन तथा मोर्चाहरूको फ्याक्सन इन्चार्जको जिम्मेवारी तोकेको छ । ‘कसैको पनि खासै जिम्मेवारी छैन भन्दा पनि हुन्छ,’ नेता दीनानाथ शर्माले भने, ‘मन्त्री हुने र पार्टीको संगठन विभागका केही नेताहरूको केही काम होला, जिम्मेवारीअनुसार उहाँहरूले काम पनि गर्नुभएको होला, नत्र अरू कसैको जिम्मेवारी छैन ।’ माओवादीले संगठन विभाग, सरकार सञ्चालन सहयोग समिति, अन्तर्राष्ट्रिय विभाग, प्रचार विभाग बनाएको छ । अन्य विभागहरू उसले बनाइसकेको छैन । पार्टी संरचनाभित्रका विभाग गठन हुन नसक्दा धेरै नेता बेरोजगार बन्न पुगेका छन् ।   काम नपाउने नेता अमिक शेरचन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, लोकेन्द्र विष्ट, नारायण शर्मा, लीलामणि पोखरेललगायतका नेतासँग अहिले कुनै कार्यकारी भूमिका छैन । पार्टीले केहीलाई विभाग र जवस मोर्चाहरूको जिम्मेवारी दिएजस्तो गरे पनि ती कामकाजी छैनन् । त्यस्तै, कुनै वेला प्रभावशाली कहलिएका स्वनाम साथी, निनु चापागाईं, घनश्याम शर्मा पौडेललगायतका नेताहरूले पार्टी सदस्यता मात्रै नवीकरण गराइरहेका छन् । उनीहरूलाई माओवादी केन्द्रले जम्बो केन्द्रीय आयोजक समितिमा समेटेको छ । तर, क्षमताअनुसारको कामको जिम्मेवारी दिन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE