Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

प्रकाश–बादल वरीयता विवाद ! के हो सत्य ?

नारायणकाजी श्रेष्ठ \'प्रकाश\' र रामबहादुर थापा \'बादल\' अहिले नेकपा माओवादी केन्द्रका नेता हुन् । फरक–फरक राजनीतिक विचारधाराबाट दुवै एउटै पार्टी राजनीतिमा आइपुगेका हुन् । बादल सीधै कम्युनिस्ट आन्दोलनबाट राजनीतिमा आएका हुन् भने श्रेष्ठ कांग्रेस पृष्ठभूमिबाट । बीच–बीचमा यी दुई नेता अलग–अलग कम्युनिस्ट पार्टीमा रहन पुगे । लामो समयसम्म एउटै पार्टीमा रहेर राजनीति गरे पनि यी दुईबीच सम्बन्धमा त्यस्तो तिक्तता आएको छैन । तर, पछिल्लो समय भने वरीयता विवाद भुसको आगोझैँ फैलँदै गएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– अलग पृष्ठभूमि रामबहादुर थापा \'बादल\'को पृष्ठभूमि नारायणकाजी श्रेष्ठ \'प्रकाश\'को भन्दा भिन्न छ । भारतीय लाहुरेका छोरा बादल २०३७ सालमा राजनीतिमा आएका हुन् । बादल राजनीतिमा आउँदा श्रेष्ठ भने दुईपटक जेल परिसकेका थिए । यी दुईको वैचारिक राजनीतिक पृष्ठभूमि राजनीतिमा पाइला टेक्दा विपरीत ध्रुवका थिए । बादल सिधै कम्युनिस्ट आन्दोलनबाट राजनीतिमा हामफालेका हुन् भने श्रेष्ठ कांग्रेस पृष्ठभूमिबाट । नेपालबाट आइएस्सी गरेर इन्जिनियरिङ अध्ययनका लागि बादल रुस पुगे । त्यहाँबाट उनी उत्पीडित नेपाली जनताको पक्षमा आन्दोलनमा होमिने संकल्पसहित नेपाल फर्केर सक्रिय राजनीतिमा लागे । श्रेष्ठ भने १४ वर्षकै उमेरमा कांग्रेस राजनीतिमा लागेका थिए । अलग वैचारिक राजनीतिक पृष्ठभूमिबाट राजनीति गर्दासम्म यी दुईका बीचमा भेटघाट भएन । तर जब श्रेष्ठ र बादलबीच भेटघाट भयो, त्यो अहिलेसम्म पनि ‘हार्दिकतापूर्ण कमरेडल्ली’ सम्बन्धका रूपमा रहिरह्यो । ‘हामी जुन वेला भेटियौ, भेटिएको वेलादेखि पार्टी एकताबद्ध हुँदा होस् वा फुटेको अवस्थामा, फेरि एकताको भूमिका खेल्दा पनि, त्यसपछि फुट र अहिले एकता हुादासम्म हाम्रो सम्बन्ध हार्दिकतापूर्ण छ,’ बादलसँगको सम्बन्ध खोतल्दै श्रेष्ठले नयाँ पत्रिकासँग भने । श्रेष्ठ प्रायस् जुनकुनै विषयमा पनि आदर्शवादी सोच राख्छन् । उनी प्रचारमा आउन रुचाउँछन् । वेलावेलामा आफ्नै निवासमा सञ्चारकर्मीलाई आमन्त्रण गरेर समसामयिक विषयमा आफ्ना धारणा पनि राखिरहेका हुन्छन् । तर, बादलको स्वभाव र शैली त्यस्तो देखिन्न । उनी एकदमै अन्तर्मुखी स्वभावका छन् । सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने उनी भित्रभित्रै पार्टी काममा खटिरहन रुचाउँछन् । पहिलो भेट \"prakash-badal\"श्रेष्ठ र बादलको पहिलो भेटघाट २०४६ सालको जनआन्दोलनपश्चात् मात्रै भएको हो । त्यस अवसरमा दुई नेताबीच नेपालमा नयाँ ढंगको कम्युनिस्ट पार्टी कसरी बनाउने भन्ने बहस भएको थियो । श्रेष्ठसँगको पहिलो भेट स्मरण गर्दै बादल भन्छन्, ‘नयाँ पार्टी निर्माण गर्ने, नयाँ कार्यदिशा विकास गर्ने बहसमा हामी थियौँ । त्यसैलाई पूर्ति गर्ने सन्दर्भमा कम्युनिस्ट आन्दोलनमा सक्रिय विभिन्न नेताहरूसँग हाम्रो निकटता बढ्दै गइरहेको थियो, त्यही क्रममा २०४६ सालको जनआन्दोलनपश्चात नारायणकाजी श्रेष्ठसँग पहिलो भेटघाट भएको थियो ।’ तत्कालीन एकता केन्द्र निर्माण गर्ने क्रममै बादलसँग पहिलोपटक भेट भएको स्मरण गर्छन् श्रेष्ठ पनि । ‘२०४६ सालमा बादलसँग पहिलोपटक भेट भएको हो,’ श्रेष्ठ भन्छन्, ‘तत्कालीन नेकपा एकता केन्द्र बनाउने क्रममा भेटघाट हुन पुग्यो र मुख्यत: एकता केन्द्र बनिसकेपछि मेरो बादलजीसँग अत्यन्त घनिष्ट कमरेडी सम्बन्ध रह्यो ’ एकै कमिटीमा २०४८ सालमा नेकपा एकता केन्द्र निर्माण भएपछि श्रेष्ठ र बादल पहिलोपटक एउटै कमिटीमा रहे । २०५१ सालमा दीर्घकालीन जनयुद्धमा जाने वा जनआन्दोलनमा भन्ने विषयमा तत्कालीन नेकपा एकता केन्द्रभित्रको विवादमा भने यी दुई नेता अलग धारमा उभिए । तत्काल गाउँबाट सहर घेर्ने रणनीतिअनुसार दीर्घकालीन जनयुद्धको बाटोमा अगाडि बढ्नुपर्ने प्रचण्ड–मोहन वैद्यको पक्षमा बादल उभिए । श्रेष्ठ भने जनआन्दोलनको पक्षमा निर्मल लामाहरूसँगै उभिए । पार्टीमा विभाजन भयो । यी दुई नेता अलग–अलग पार्टीको निर्णायक नेताका रूपमा उभिन पुगे । २०५१ सालमा टुटेको राजनीतिक सहयात्रा र एकै कमिटीमा बसेर काम गर्ने अवसर जुर्न यी दुई नेतालाई १४ वर्ष कुर्नु पर्‍यो । २०६३ सालमा माओवादी एक दशक सशस्त्र संघर्ष गर्दै शान्ति प्रक्रियामा आएपछि फेरि बादल र श्रेष्ठलाई एकै कमिटीमा काम गर्ने अवसर प्राप्त भयो । तत्कालीन एकता केन्द्र र माओवादी पार्टीबीच एकता भई बादल महासचिव र श्रेष्ठ उपाध्यक्षको रूपमा काम गरे । ‘२०४८ सालमा एकता केन्द्र निर्माणपछि हामी एउटै कमिटीमा रहेर काम गर्दै आयौ । २०५० र ०५१ मा आइपुग्दा जनयुद्ध नेपालमा आवश्यक छ र छैन भन्नेबारेमा बहस भयो । हामी जनयुद्धको प्रक्रियामा गयौँ, उहाँहरू जनआन्दोलनको प्रक्रियामा जानुभयो,’ बादलले भने, ‘२०६२ र ०६३ सालसम्म आइपुग्दा राजसंस्था अन्त्य भयो, त्यसले फेरि हामीलाई एउटा नयाँ परिवेश पैदा गर्‍यो । विभाजित भएका हामी फेरि पार्टी एकता महसुस गर्न थाल्यौँ र एकै साथमा काम गर्न आइपुग्यौँ ।’ बहसमा रमाउँथे बादल–श्रेष्ठ भेटघाट हुँदा बादल–श्रेष्ठ प्रायस् राजनीतिक विषयमा बहस गर्थे । श्रेष्ठका भनाइमा यी दुई नेताका बीचमा भेट हुँदा नेपाली क्रान्तिको विषयमा केन्द्रित रहेर वैचारिक राजनीतिक बहस हुन्थे । ‘हामी दुई कुरामा एक अर्कोलाई असाध्यै राम्रो सहयोद्धा ठान्थ्यौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘नेपालमा हरहालतमा क्रान्ति गर्नुपर्छ । हामीले क्रान्तिलाई केन्द्रबिन्दुमा राखेर सम्पूर्ण गतिविधि अगाडि बढाउनुपर्छ । पूर्वसमूहका पर्खालहरू सबै भत्काइदिनुपर्छ र कम्युनिस्ट आन्दोलनमा जुन खालको यथास्थितिवादी विरासत छ, त्यो विरासतवाट माथि उठ्नुपर्छ र गुणात्मक ढंगले कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई उचाइमा उठाउनुपर्छ भन्नेमा हामी दुईबीचमा एकत्व थियो ।’ श्रेष्ठले बादलसँगको भेटमा हुने छलफलले एकले अर्कोलाई प्रभावित पारेको पनि सुनाए । ‘नेपाली क्रान्तिको कार्यादिशा के हुनुपर्छ ? नयाँ ढंगको पार्टी निर्माण कसरी गर्ने र माक्र्सवादलाई कसरी विकसित गर्ने भन्नेबारेमा हामी छलफल गर्ने गर्दथ्यौँ,’ श्रेष्ठले भने, ‘यो कोणमा बादलजीसँग जतिखेर पनि बहस हुँदा उहाँसँग असाध्यै घनिष्ठ सम्बन्ध रह्यो । र, धेरै एक–अर्कालाई प्रभावित पार्ने सम्बन्ध थियो हाम्रो ।’ युद्धकालमा पातलिएको सम्बन्ध माओवादीको १० वर्षे सशस्त्र युद्धका बेलामा श्रेष्ठ र बादलबीचको सम्बन्ध र सम्पर्क पातलो थियो । श्रेष्ठको माओवादी नेताहरूमा प्रचण्ड र बाबुराम भट्टराईसँग बाक्लै भेटघाट हुन्थ्यो । तर बादलसँग त्यही रूपमा उनको सम्बन्ध हुन सकेन । सामान्य सम्पर्क भने वेलाबखत हुने गरेको थियो । ‘युद्धकालका सुरुका चरणमा हाम्रो पार्टीको लाइन र नीतिसँग उहाँ (प्रकाश) हरूको धेरै नै अन्तर्विरोध थियो । वामपन्थी भड्काव, सामाजिक फासीवादसम्मको रूपमा उहाँहरूले हाम्रो पार्टीलाइनलाई परिभाषित गर्नुभयो । त्यसवेला हामीबीच ठूलो राजनीतिक मतभेद देखा पर्‍यो । त्यो अवस्थामा हामीबीच त्यति सुमधुर सम्बन्ध रहेन,’ बादलले भने, ‘तर राजतन्त्रको अन्त्यपश्चात् हाम्रो सम्बन्ध पुन: घनिष्ट हुादै गयो । अहिले राम्रै सम्बन्ध छ ।’ समानता–असमानता यी दुई नेताबीच माओवादी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गनुपर्छ भन्ने विषयमा समानता देखिन्छ । देशभक्तिपूर्ण भावनामा समेत श्रेष्ठ र बादलका समान धारणा देखिएको छ । तर, दुई नेताबीचमा असमानता पनि छन् । पार्टीको कार्यदिशा र कार्यनीतिका विषयमा दुईबीच यो अवधिमा प्रशस्तै मतभिन्नता नदेखिएका होइनन् । ती विषयले सम्बन्धमा पनि उतारचढाव ल्याएको स्विकार्छन् श्रेष्ठ । ‘हामीबीच पार्टीको कार्यदिशा, कार्यनीतिलगायतका विषयमा बहस हुँदा मतभेद रहने गर्दथ्यो र हुन्थ्यो नै,’ श्रेष्ठले भने, ‘आजको आवश्यकताअनुसारको पार्टी निर्माणको अवधारणा, त्यसअनुसारको कार्यक्रमलगायतका विषयमा हाम्रा बीचमा केही ग्याप भएजस्तो भने देखिएको थियो ।’ गुटका नेता ? बादल माओवादी पार्टी विभाजन गरेपछि पुन: एकतामा आएको चार महिना पुगेको छ । पार्टी सञ्चालन र संगठनमा उनलाई एकतामा आएका समूहबाट दबाब देखिए पनि देखिने गरी पक्षधरता गन्ध उनले देखाएका छैनन् । तर, माओवादीकै कतिपय जिम्मेवार नेताहरू श्रेष्ठलाई भने आफ्नो पक्षधरता त्याग्न नसकेको आरोप लगाउँछन् । श्रेष्ठले पार्टीभित्र आफ्नो विचार समूहको नाममा अस्तित्व देखाउन चाहे पनि क्रमश: त्यो भत्कँदै गएको मान्नेहरू माओवादीभित्र छ । तर श्रेष्ठ पार्टीभित्र आफूलाई गुट चलाएको भन्ने तर्क गर्ने मतसँग सहमत देखिन्नन् । ‘म कहिल्यै पनि गुट चलाउने पक्षमा छैना । गुट चलाउन पनि चाहन्न । गुट चलाएर हुँदैन । गुट निहित स्वार्थलाई केन्द्रबिन्दुमा राखेर षड्यन्त्रपूर्ण ढंगले गरिएको एउटा शक्ति संघर्षको अवधारणा हो,’ श्रेष्ठ भन्छन्, ‘तर विचार समूहहरू हुन सक्छन् पार्टीभित्र । मैले नै पहिला एकीकृत माओवादी हुँदा विचार समूहको अवधारणालाई स्वीकार गरिनुपर्छ भनेर प्रस्ताव राखेको थिएा, विचार समूह भनेको विचारको रूपान्तरणको निम्ति वैचारिक संघर्षको औजार हो । त्यसकारण यी दुईवटा फरक कुरा हुन् । म गुटको पक्षमा कहिल्यै रहिनँ । मेरा हरेक कुराले स्थायी गुटबन्दी, शिविर बन्दी हुनुहुन्न भन्नेमा प्रमाणित गरेको छ ।’ पार्टीभित्र ‘इस्यु’का आधारमा मत राख्दा त्यस्तो आरोप आफूमाथि लगाउने गरिए पनि त्यसमा सत्यता नरहेको श्रेष्ठको भनाइ छ । ‘स्थायी गुटबन्दी र शिविर बन्दीका विरुद्ध म छु । गुटबन्दी ठीक कुरा होइन, यो विषवृक्ष हो भन्ठान्छु,’ उनी भन्छन् । धोबीघाट गठबन्धनमा एउटै मोर्चा २०६८ सालमा माओवादीभित्र प्रचण्डविरुद्ध शीर्ष नेताहरू सबै एक भए । जसलाई माओवादी पार्टीभित्र धोबीघाट गठबन्धनका रूपमा चिनिन्छ । त्यही गठबन्धनमा प्रचण्ड एकातिर र नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सबै अर्कातिर उभिन पुगे । जसलाई प्रचण्ड पक्षका नेताहरू अध्यक्षविरुद्धको षड्यन्त्र र घेराबन्दीका रूपमा लिन्छन् । श्रेष्ठ सुरुमा धोबीघाट गठबन्धनको पक्षमा थिएनन् । बादल पनि बीच–बीचमै देखिएका थिए । यी दुई नेताले एकले अर्कोलाई कन्भिस गराएपछि सबै शीर्ष नेताहरू प्रचण्डविरुद्ध एकगुट भएका थिए । तर, धोबीघाट गठबन्धनका पक्षधर नेताहरूबीचको मिलाप क्षणिक मात्र रहन पुग्यो । उनीहरूको त्यो सम्बन्ध बुझाइ र विचारमा मिलेर भएको मिलापको सम्बन्धभन्दा पनि एउटा निश्चित स्वार्थका कारण मात्र भएको ठान्नेहरू पनि छन् । ‘एउटा निश्चित स्वार्थका लागि मात्र उहाँहरू मिलेको देखिएका हुन्, अध्यक्षलाई घेराबन्दी गर्ने नियतका साथ मात्र उहाँहरूको मिलन भएको थियो, तर त्यो पनि लामो समय टिकेन,’ माओवादीका एक केन्द्रीय  नेताले भने, ‘त्यही भएर पनि लामो समय टिकेन धोबीघाट सम्बन्ध ।’ पहिले घर–घरमै खानपान बादल–श्रेष्ठको पहिले खानपानका लागि एक–अर्काको निवासमा बाक्लै आवतजावत चल्थ्यो, तर अहिले त्यस्तो छैन । सम्बन्धमा कुनै दरार पैदा भएर भन्दा पनि समयको चाप र व्यस्तताका कारण त्यस्तो आवातजावत नभएको श्रेष्ठ बताउँछन् । ‘म पनि बादलजीकोमा गएर खाना खान्थेँ, उहाँ पनि मेरोमा आउनुहुन्थ्यो । पछिल्लोपटक भने धेरै त्यस्तो भएको छैन । तर पहिला यहाँ खाने, त्यहाँ खाने भइरहन्थ्यो,’ श्रेष्ठले भने । बादल ललितपुर पुग्दा श्रेष्ठलाई फोनै गरेर खाना खान आउँदै छु है भन्थे । कतिपय अवस्थामा एकले अर्कोलाई बोलाउने परम्परा पनि थियो । एकले अर्कोलाई बोलाउने क्रम हुन्थ्यो । पछिल्लो समय त्यसरी एक अर्काको निवासमा पुगेर खाना खाने चलन टुटेको छ । त्यसरी टुट्नुमा समयको चाप र व्यस्तता कारण रहेको श्रेष्ठ बताउँछन् । प्रवृत्तिगत स्वभावहरू फरक–फरक प्रकाशजी नेपाली कांग्रेसबाट कम्युनिस्ट आन्दोलनमा आउनुभएको हो । कांग्रेसको पनि सक्रिय कार्यकर्ता हुँदै नेतास्तरसम्म विकास गरेको पृष्ठभूमिबाट उहाँ कम्युनिष्ट आन्दोलनमा आकर्षित हुनुभयो । वैचारिक राजनीतिक गम्भीर मतभेद भएपछि उहाँ कांग्रेससँग सम्बन्धविच्छेद गरेर कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो । कम्युनिस्ट आन्दोलनमा जोडिने पृष्ठभूमि अलि फरक छ । कतिपय हाम्रा प्रवृत्तिगत स्वभाव फरक छन् । कम्युनिस्ट आन्दोलनमा युवा अवस्थादेखि नै पञ्चायत सामान्तवादविरुद्ध प्रखर रूपमा उहाँले विचारहरू राख्दै आउनुभयो । कांग्रेससँग सम्वन्धविच्छेद गरेर आउनुभएकाले पनि होला, उहाँ राष्ट्रियता र जनतन्त्रका विषयमा अलिक खरो अडान लिनुहुन्छ । कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका खेल्दै आउनुभएको उहाँ महत्त्वपूर्ण पात्र हुनुहुन्छ । कांग्रेसबाट यसरी बनो कम्युनिस्ट प्रकाश १४ वर्षको उमेरदेखि म राजनीतिक आन्दोलनमा लागेको हुा । १६ वर्षकै उमेरमा जेल परेको थिएा । आन्दोलनकै क्रममा पुन: २०३३ सालमा जेल परेर केन्द्रीय कारागार पुगेँ । त्यसवेलासम्म म कांग्रेससँग सम्बद्ध थिएँ । यज्ञबहादुर थापा कप्तानसँग मेरो जेलमा भेटघाट भएको थियो । अहिले पनि मेरो निवासको बैठक कोठाको भित्तामा उहाँको फोटो सजाएर राखेको छु । उहाँलाई गोलघरमा फाँसीको सजाय सुनाएर राखिएको थियो तर पनि उहाँ हासिलो हुनुँहुन्थ्यो, उत्प्रेरक व्यक्ति हुनुहुन्थ्यो । उहाँबाट म अत्यन्त प्रभावित भएँ । हामी गएपछि उहाँले भन्नुभयो, भविष्य तपाईंहरूको हातमा छ । जसरी पनि प्रजातन्त्र स्थापना गरिछाड्नु होला । तर, भइदियो के भने राजा वीरेन्द्रले बिपी कोइरालालाई त्यहीवेला उपचारका लागि अमेरिका पठाए । बिपी कोइराला अमेरिका उपचाररत भएकै वेला सरकारले यज्ञबहादुर थापालाई फाँसी दियो । त्यसपछि हामीलाई खपिसक्नु भएन । बिपी अमेरिकाबाट फर्किसकेपछि मैले केही साथीहरूसहित गएर कुराकानी गरो, ‘यज्ञबहादुर थापालाई किन फाँसी दिइयो ? तपाईंलाई चाहिँ उपचारका लागि अमेरिका पठाउने, तपाईंको होनाहार योद्धा कमान्डरलाई फाँसी दिने ?’ उहाँले यो राजाले गरेको होइन, राजाका वरिपरिका हार्डलाइनरले गरेका हुन् भन्नुभयो । त्यसपछि हामीले तपाईं राजासँग किन मेलमिलापको नीति लिनुहुन्छ ? केही अधिकार छैन भन्यौँ । उहाँले यस विषयमा पछाडि छलफल गरौँला भन्नुभयो । मलाई चित्त बुझेन । त्यसपछि नेपाली कांग्रेसको दृष्टिकोणमा केही त्रुटि छ, जसले सामन्तवादसँग पूरै सम्बन्धविच्छेद गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेर बिस्तारै फिलोसफीको विचारधाराको अध्ययन दिशातिर लागेर कम्युनिस्ट आन्दोलनमा आइपुगेको हुा । त्यो घटना कम्युनिस्ट बन्न एउटा टर्निङ प्वाइन्ट बन्यो । आरोप–प्रत्यारोप गर्दैनन् श्रेष्ठ–बादल दुवै अहिले माओवादी केन्द्रका प्रचण्डपछिका नेता हुन् । दुवैबीच पछिल्लो कालखण्डमा सम्बन्धमा केही तिक्तता आएको छ । माओवादी नेता–कार्यकर्ताहरूको बुझाइमा यी दुई नेताका बीचमा अहिले प्रस्टै नदेखिए पनि सुषुप्त रूपमा प्रचण्डपछिको दोस्रो नेता को भन्नेमा वरीयता विवाद देखिन्छ । यद्यपि, यो विषयमा दुवै नेताले औपचारिक रूपमा मुखै भने खोलिसकेका छैनन् । व्यक्तिगत रूपमा यी दुई नेताबीच आरोपरप्रत्यारोप देखिादैन । सार्वजनिक रूपमा त्यस्तो आरोप–प्रत्यारोप नदेखिए पनि उनीहरूबीचको सम्बन्धमा मिठास नरहेको दुवै नेतासँग नजिक रहेर काम गरिसकेका एक माओवादी नेता बताउँछन् । ‘पार्टी एकतापछि दोस्रो तहको नेता को भन्नेमा माओवादी पार्टीभित्र बहस चल्यो । सुरुमा त्यो विषयले पार्टीभित्र पनि प्रवेश पायो नै,’ ती नेताले नयाँ पत्रिकासँग भने, ‘अहिले भने यो विषय प्राविधिक रूपमा हल भएको छ ।’ प्रचण्डपछि माओवादी केन्द्रभित्र श्रेष्ठ नै दोस्रो वरीयताका नेताका रूपमा देखिएका छन् । प्रदेशहरूको भेला प्रशिक्षणमा बादलले बोलेपछि श्रेष्ठले बोल्ने र उनले बोलेपछि मात्र प्रचण्डले बोल्ने गरी एक चरणको प्रशिक्षण सकिएकाले प्राविधिक हल भएको ठान्छन् माओवादी नेताहरू । ‘वैचारिक र भावनात्मक रूपमा समस्या समाधान भएरनभएको उहाँहरूको बीचको कुरा हो, यो विषयको बहस अहिले देखिएको छैन ।,’ माओवादी केन्द्रका केन्द्रीय कार्यालयका एक सदस्यले भने, ‘प्रदेशहरूको प्रशिक्षणपछि यो विषयको प्राविधिक समाधान भएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE