Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कर असुलीमा सोह्र प्रतिशतले वृद्धि

काठमाडौं, चालु आर्थिक वर्ष २०७१/७२ को फागुन मसान्तसम्म राजस्व सङकलनमा करिब १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजस्व विभागका अनुसार आयकरतर्फ ४८ अर्ब चार करोड आठ लाख चार हजार, मूल्य अभिवृद्धि करतर्फ २४ अर्ब ७६ करोड आठ लाख २५ हजार र अन्तः शुल्कतर्फ १८ अर्ब दुई करोड २३ लाख ६४ हजार गरी कूल ९० अर्ब १३ करोड ९९ लाख ९३ हजार सङकलन भएको हो । लक्ष्यको तुलनामा यस वर्ष ७ प्रतिशतले थप राजस्व सङ्कलन हुन गई चालु आवको ८ महिनामा थप एक अर्ब ७१ करोड ४४ लाख पाँच हजार सङ्कलन भएको छ । लक्ष्यको तुलनामा गत वर्षभन्दा चालु आवको ८ महिनामा आयकरतर्फ ७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ८ प्रतिशत र अन्तः शुल्कतर्फ ३ प्रतिशत प्रगति भएको हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ३१ करोड १५ लाख ८ हजार र ३८ करोड चार लाख छ हजार सङकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा २ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ११ प्रतिशत बढी सङ्कलन भएको विभागले जनाएको छ । गत वर्षको तुलनामा आयकरतर्फको वृद्धिदर १६ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फको वृद्धिदर १८ प्रतिशत, अन्तः शुल्कतर्फ वृद्धिदर १२ प्रतिशत, स्वास्थ्य सेवा करतर्फको वृद्धिदर ३६ प्रतिशत र शिक्षा सेवा शुल्कतर्फको वृद्धिदर ५ प्रतिशत रहेको विभागले जनाएको छ । विभागले दायरामा नआएका करदातालाई दायरामा ल्याउन तथा बील बिजक लिने दिने प्रवृत्तिलाई प्रोत्साहन दिनुपर्ने औँल्याएको छ । कर परीक्षण र अनुसन्धान जस्ता विषयलाई निरन्तरता दिन तथा बेरुजु फछ्र्यौट गर्न कुनै समस्या भए विभागले सहयोग गर्ने महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । सरकारको ४० अर्ब भन्दा बढी रकम बेरुजु फछ्र्र्यौट हुन बाँकी छ । स्कुल, कलेज, ट्युसन सेन्टर, कन्सल्टेन्सी, कानुन व्यवसायी करको दायरामा ल्याउन तथा घरबहाल कर असुलीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको शर्माले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: