Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जिम सुरु गर्ने सही उमेर १९ देखि २९

\"jim-700\"शारीरिक फिटनेसका लागि जिम एउटा राम्रो र चलेको कसरत हो । खासमा बडी मसल्स बढाउनका लागि जिम जाने गरिन्छ । जिम गर्दै गरेका, जिम सुरु गर्ने योजना बनाएका तथा रहर भएका अधिकांशलाई जिमबारे धेरै भ्रम छ । कति उमेरमा जिम सुरु गर्ने ? कुन उमेरसम्म गर्न हुन्छ ? केही वर्ष जिम गरेर छोड्दा नकारात्मक असर पर्छ कि पर्दैन ? भेजिटेरियनले जिम गर्दा डाइट पुग्छ त ? जस्ता प्रश्नको सही जवाफ अधिकांशले पाएका छैनन् । त्यसैले जिमबारे भ्रम चिर्दै यथार्थ जानकारी दिँदै छन्, जिम इन्स्ट्रक्टर सरोज राजबाहाक: १६ वर्ष उमेरपछि जिम गर्न सकिन्छ जिम एक्सरसाइज गर्ने भनेको मसल्स ग्रोथका लागि हो । सामान्यत: ३० वर्षको उमेर पार गरेपछि हाम्रो शरीरको मसल्स घट्दै जान्छ । हर्मोनल सिस्टम ब्यालेन्स नभएर यस्तो हुने गर्छ । शरीरमा एक्सरसाइजको असर त्यतिवेला मात्र राम्रो देखिन्छ, जब हर्मोनले ब्यालेन्समा काम गरिरहेको हुन्छ । त्यसैले शरीरका हर्मोन र ग्लान्ड्सहरूले राम्रोसँग काम गर्ने तथा धेरै उत्पादन हुने उमेरमा जिम सुरु गर्नु सबैभन्दा राम्रो हुन्छ । तर, यो कुरा व्यक्तिअनुसार फरक पर्न भने सक्छ । औसतमा १९ वर्षपछि टेस्टेस्टोरन हर्मोन (सेक्स हर्मोन) बढी उत्पादन हुने भएकाले जिम गर्न यही उमेर उत्तम हुन्छ । तर, १६–१७ वर्षदेखि नै जिम सुरु गर्दा पनि खासै फरक पर्दैन । त्यसअघि भने जिम नगर्नु नै राम्रो हुन्छ । हर्मोन मात्रै होइन डाइट नपुगे अप्ठ्यारो हर्मोन राम्रोसँग उत्पादन भएपछि जिम सुरु गर्न त सकिन्छ, तर डाइट ब्यालेन्स गरिएन भने हर्मोन बढी हुँदैमा फाइदा गर्दैन । सामान्य मान्छेलाई भन्दा जिम गर्नेलाई न्युट्रिसन बढी चाहिन्छ । जिम गर्ने शरीरले न्युट्रिसनको आवश्यकता बढी महसुस गर्छ । जिम गर्दा मसल्स फाइबर स्टिमुलेन्ट हुन्छ । जिम गरेर शरीर मसल्स बढाउने काम अप्राकृतिक हो । यसरी जबर्जस्ती गर्दा डाइट ब्यालेन्समा त विशेष ख्याल गर्नैपर्छ । ३० वर्षअघि नै सुरु गर्नुहोस् जिम उमेर छिप्पिँदै गएपछि जिम गर्नु हुन्न भन्ने कतिपयमा भ्रम छ । जिम जुन उमेरमा गर्दा पनि फरक पर्दैन । तर, उमेरअनुसार जिम गर्ने तरिकाबारे एक्सपर्टसँग सल्लाह लिइराख्नुपर्छ । जिम गर्ने भनेको फलाम उचाल्ने भन्ने सोच  धेरैको पाइन्छ । यस्तो होइन । जिम एक्सरसाइजको एउटा साइकल हुन्छ । जस्तै– पहिलो फेजमा हेभी उठायो भने दोस्रोदेखि चौथो फेजसम्म तौल कम गर्दै जानुपर्छ । तर, पहिले कहिल्यै जिम नगरेको व्यक्तिले बुढ्यौली लाग्न थालेपछि जिम सुरु गर्दा भने नराम्रो परिणाम आउन सक्छ । त्यसैले ३० अघि नै जिम सुरु गरेर निरन्तरता दिनु उत्तम हो । शरीरको मेटाबोलिजम स्लो भएपछि खाएको कुरा इनर्जीमा परिवर्तन हुन नसक्ने भएकाले ३० वर्षको उमेरपछि जिम सुरु गर्दा असहज हुन सक्छ । जिम गर्ने व्यक्तिको शरीर सधैँ सक्रिय उमेर जति बढ्दै जान्छ, शरीरका ग्लान्ड्सले राम्रोसँग काम गर्दैनन् । बुढेसकालमा ग्लान्ड्सले राम्रोसँग काम नगर्दा भिटामिन, प्रोटिन, मिनरल्स जति नै सप्लाइ गरे पनि काम गर्दैन । तर, नियमित जिम गर्ने व्यक्तिको शरीरका सेल्स सामान्य मान्छेको भन्दा सक्रिय भइरहेका हुन्छन् । निरन्तर जिम गर्दा ग्लान्ड सक्रिय हुने तथा हर्मोन बढ्ने हुन्छ । यसले शरीरमा लिएका पौष्टिक तत्त्वहरू सोस्ने र शरीर तन्दुरुस्त भइराख्ने हुन्छ । उमेर बढ्दै जाँदा मासु घटेन, डाइट सप्लाइ राम्रो छ, ग्लान्डले पनि राम्रो काम गरेको छ भने निरन्तर जिम गर्न सकिन्छ । बुढेसकालसम्म पनि नियमित जिम गर्नु उपयोगी हुन्छ । केही वर्ष जिम गरेर छोड्दा असर पर्छ ? केही वर्ष निरन्तर जिम गरेपछि चटक्कै चोडिदिए शरीरमा केही असर पर्छ कि पर्दैन ? यो जिज्ञासा अधिकांशलाई हुन्छ । स्पष्ट के हो भने, केही वर्ष जिम गरेर छोड्दा त्यस्तो असर नै गर्ने भन्ने केही पनि हुँदैन । हड्डी दुख्छ भन्ने भ्रम कतिपयमा पाइन्छ । हतारमा मसल्स बढाउन जिमका वेला ड्रग प्रयोग गरिएको छ भने चाहिँ जिम छोडेपछि असर गर्न सक्छ । तर, एकपटक जिम गरेको व्यक्तिले जिम छोडेपछि पनि हेल्दी ह्याबिट भने अपनाइरहेको हुन्छ । यसले फाइदा नै गर्छ । शाकाहारीले जिम गर्दा डाइट पुग्छ ? कतिपय शाकाहारी डाइट पुग्दैन भनेर जिम गर्न डराइरहेको पाइन्छ । डराउनुपर्ने कुनै कारण नै छैन । मासु र अन्डा प्रोटिनको राम्रो स्रोत हुन्, तर यी मात्रै स्रोत भने होइनन् । प्रोटिन २१ थरीका एमिनो एसिड मिलेर बनेको हुन्छ । यी एमिनो एसिड कतिपय शरीरले आफैँ उत्पादन गर्छ भने कति बाहिरी खानेकुराबाट पाइन्छ । यो मासुबाहेक भेजिटेबलबाट पनि पाइन्छ । प्रोटिनयुक्त भेजिटेबलहरू खायो भने शरीरलाई प्रोटिन पर्याप्त मिल्छ । मासु र अन्डा नखाए पनि फरक पर्दैन ।   नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies