Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

एमाले स्थायी समिति बैठकमा नेताहरुबीच बाझाबाझ

भक्तपुर, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा संस्थापन पक्ष र असन्तुष्ट पक्षका बीचमा युवासंघको विषय उठेपछि नेताहरुको जिम्मेवारी बाँडफाँडका लागि बसेको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठकका लागि वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल र विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपानेलगायतका नेता निर्धारित समयमै ओली निवास पुगेपनि बैठकले केही पनि निर्णय लिन नसकेको हो । एमाले नेताहरुमा कार्यविभाजनको विषयमा लामो समयदेखि आन्तरिक विवाद चुलिएका कारण बैठकले निर्णय लिन नसकेको एमालेका असन्तुष्ट नेताहरुले खबर डबलीलाई बताएका छन् । नेपाल पक्षधर एक नेताले खबरडबलीलाई दिएको जानकारी अनुसार मंगलबारको बैठकमा युवासंघको विषय उठेपछि कार्यविभाजनको टुङ्गो लगाउन बसेको बैठकले त्यस तर्फ कुनै छलफल नै नगरी स्थगित गरिएको हो । मंगलबारको बैठकमा कार्य विभाजन गरी सबैको जिम्मेवारी तोकिने बताइए पनि सहमतिबाट भन्दा पनि अध्यक्षले आफ्नो मनोमानीले नेता भर्ति गर्न लागेको आरोप लगाउँदै मंगलबारको बैठकमा वरिष्ट नेता माधवकुमार नेपाल उपस्थित भएनन् । तर, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले पार्टीभित्रको जिम्मेवारी मिलाउने क्रममा तलमाथि नहोस् भनेर थप तयारी गर्न बैठक भोलिसम्मका लागि स्थगन गरिएको बताए । अध्यक्ष ओलीको निर्देशअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले नेताहरुको कार्य विभाजनबारे स्थायी कमिटीका सदस्यसँग छलफल गर्दा समय लम्बिएकाले बुधबार ११ बजे पुनः बालकोटमा बैठक बसेर निर्णय गर्ने बताए । महासचिव पोखरेलले सबै स्थायी कमिटी सदस्यसँग छलफल गरी सुझाव सङ्कलन गरेर प्रस्ताव ल्याउने बताउँदै न्यौपानेले पार्टीभित्रको विवाद घट्दै गएकाले अबको बैठकमा कार्य विभाजनसम्बन्धी निर्णय हुने दाबी गरे । अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पार्टी उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम र सचिव योगेश भट्टराई उपत्यका बाहिर रहेको र पार्टीभित्र आन्तरिक छलफल जारी रहेको बताउँदै बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको बताए । आइतबारदेखि लगातार बसेको सो बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनको विषयमा व्यापक छलफल भए पनि निर्णयमा भने पुग्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE