Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

लडाकु रकम घोटला : प्रचण्ड देखि रामचन्द्रसम्म तानिँदै

\"janasenaकाठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासी भदौ ३१ गते पत्रकार सम्मलेन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो । सोही क्रममा अख्तियारले प्रारम्भिक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनू भन्दै पत्र लेख्ने तयारी गरेको आजको नागरिक दैनिकमा खबर छ । अनुसन्धानबाट धेरै पार्टीका नेता र व्यक्ति उक्त प्रकरणमा तानिन सक्ने अख्तियारस्रोतले जनाएको छ । अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द््र, नेपाली कांग्रेस, एमालेका जिम्मेवारीमा रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालय र शान्ति कोषका तत्कालिन जिम्मेवार कर्मचारीका नाममा पत्र लेख्ने तयारी गरेको हो । लडाकु भ्रष्टाचार प्रकरणमा सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्नेछन् । अख्तियारले प्रारम्भिक चरणमा माओवादीका २१ नेताका नाममा पत्र पठाउने तयारी अन्तिम अवस्थामा पु¥याएको छ । प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बलदेव, तत्कालिन जनमुक्ति सेनाका डिभिजन कमान्डरदेखि ब्रिगेडिरसम्मलाई पत्र पठाउने तयारी गरेको छ । लडाकुका नाममा रकम विनियोजनबारे बुझ्न नेपाली कांग्रेसका नेतालाई पनि तान्ने अख्तियारको तयारी छ । तत्कालीन अर्थमन्त्री राशरण महत, शान्तिमन्त्री रामचन्द्र पौडेल र गृहमन्त्री कृष्ण सिटौलाका नाममा पत्र लेखिँदै छ । एमालेका तर्फबाट शान्तिमन्त्री भएका रकम चेम्जोङलाई पनि रकम वितरणमा जोड्ने अख्तियारको तयारी छ । हाल उनी संघीय समाजवादी पार्टीमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE