Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

नेपाल–भारत संयुक्त आयोगको बैठक कात्तिकमा

\"flag-nepal-india-660x330\"नयाँदिल्ली, ५ असोज । नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोग (ज्वाइन्ट कमिसन)को बैठक तिहारअघि कात्तिक पहिलो साता दिल्लीमा बस्ने तय भएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको हालैको भारत भ्रमणमा यसबारे भारतीय समकक्षीसँग कुराकानी भएको थियो भने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा बैठक तय भएको आजको नयाँ पत्रिकामा खबर छ । बैठकमा दुई देशका सम्बन्ध, भारतीय लगानीका सबै परियोजना, सुरक्षा मामिला, सीमा विवाद, दुईपक्षीय सन्धि–सम्झौता, व्यापार, वाणिज्यलगायत सबै विषयमा छलफल हुनेछ । ‘अक्टोबरको तेस्रो साता (कात्तिकको पहिलो साता) संयुक्त आयोगको बैठक बस्ने मोटामोटी तय भएको छ,’ भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालले भने । दुर्ई वर्षअघि (१० साउन ०७१) मा काठमाडौंमा समितिको तेस्रो बैठक बसेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा जानुभन्दा एक साताअघि बसेको बैठक तेस्रो थियो । १९८७ मा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र गठन भए पनि अब बल्ल चौथो बैठक बस्न लागेको हो । २३ वर्षपछि ०७१ मा तेस्रो बैठक बसेको थियो । भारतले ६ र ७ भदौमा आयोगको बैठक दिल्लीमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै बैठक राख्ने सहमति दुवै पक्षबीच भए पनि बैठक बस्न सकेन । यसपटक भने भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणअघि यो बैठक बस्न लागेको हो । तर, सेरेमोनियल हैसियतका मुखर्जीको राजकीय भ्रमणमा कार्यकारी विषयहरूले प्रवेश पाउनेछैनन् । मुखर्जीले १७ देखि १९ कात्तिकसम्म नेपालको तीनदिने राजकीय भ्रमण गर्दैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE