Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

इम्जा हिमताल आज खोलिँदै, ५० किलोमिटरसम्म सतर्क रहन आग्रह

\"imja-lake-nepal_solukhumbu-750\"काठमाडौं, ८ असोज । उच्च जोखिममा रहेको इम्जा हिमतालमा पानीको सतह घटाउने आज (शनिबार)बाट ताल खोलिँदै छ । जुनसुकै समयमा फुट्ने खतरा भएपछि सरकारले हिमतालको पानी खोल्न लागेको हो । सरकारले ८ महिनाअघि हिमतालको पानी घटाउने जिम्म दिउको नेपाली सेनाले सबै संरचना तयार गरेपछि शनिबारदेखि पानी खोल्न लागिएको आजको राजधानी दैनिकमा खबर छ । ८ महिनाअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल ी सेनाले इम्जा हिमतालको पानी करिब साढे तीन मिटर घटाउन लागेको हो पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रको इम्जा खोल ा र दूधकोसी नदी आसपासका बासिन्दालाई सजकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागका अनुसार इम्जा हिमतालमा निर्माण भएका संरचनाहरुको परीक्षणको रुपमा नियन्त्रित तबरले शनिबार विहान ९ बजेदेखि आगमी १५ असोजसम्म पानीको निकास गर्न लागिएको हो । इम्जामा पनीको निकास दिँदा इम्जाबाट बग्ने इम्जा खोला र दूधकोसी नदीका तले तटीय क्षेत्रको छुकुङदेखि जुभिङसम्मका बासिन्दालाई थप सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागका अनुसार इम्जाको तल्लो तटीय क्षेत्रमा कुनै पनि प्रतिकुल असर पर्दैन । नदीमा कुनैपनि समयमा पानीको बहाव बढ्न सक्ने सम्भावना भएको विभागले जनाएको छ । ‘व्यवस्थित रुपमा पानीको निकास दिने भएपनि कुनै समयमा ठूलो मात्रामा पानी नदीमा आउन सक्ने र तल्लो तटीय क्षेत्रको बस्तीमा समेत पस्न सक्ने भएकाले ५० किलोमिटरसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ,’ विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE