Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

धमाधम पार्टी परित्याग, नयाँ शक्ति विघटनको दिशामा

\"baburam_shirsha\"काठमाडौं, २२ असोज । निकै ठुलो तामझाम र तयारीका साथ नयाँ पार्टी गठन गरेर नयाँ शक्ति बनाएका पूर्वप्रधानमन्त्री तथा पूर्व माओवादी नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति विघटनको दिशामा गएको छ । पार्टी गठनको प्रचारमा करोडौं खर्च गरेको र अपारदर्शी भएको भन्ने आरोप खेपिरहेका बाबुराम भट्टराईलाई उनका नजिकका सहकर्मी मुमाराम खनालले साथ नदिने घोषणा गर्दै नयाँ शक्ति परित्याग गरेका छन् भने कास्की पोखराका बौद्धिक एंव साहित्यीक व्यक्तित्व तथा नयाँ शक्तिका केन्द्रीय सदस्य गनेश पौडेलले समेत सामाजिक संजालबाट नयाँ शक्ति छोडेको घोषणा शुक्रबार नै गरेका छन् । खनाल नयाँ शक्तिभित्रका मुख्य नेता मानिन्थे भने पौडेल पोखराका स्थापित व्यक्तित्व हुन् । भक्तपुरका अर्का केन्द्रिय सदस्य निर्मल भट्टराईले खनालको पार्टी परित्याग र बाबुरामको स्टालिनवादी शैलीको विरोध गर्दै शनिबार एक वक्तय जारी गरेका छन् । उनले भनेका छन् –‘भर्खरै निर्माण हुदै गरेको पार्टीमा नेतृत्व व्यवस्थापन वैज्ञानिक तरिकाले गर्नु पर्नेमा नेतृत्वले पुर्वाग्रह, आवेश र निषेधको कार्यशैली अपनाउनु तथा स्वयं मुमाराम खनालले हठात् पार्टी परित्याग गर्नु अशोभनीय छ ।’ साथै उनले बाबुरामको कार्यशैलीको विरोध समेत गरेका छन् । भट्टराईले विज्ञप्तीमा भनेका छन्, –‘ पार्टीभित्र उठ्ने आलोचनालाई सहनै नसक्ने र आलोचकलाई कुनै विधि, विधान, प्रक्रिया र बहुमतविना निषेध गर्ने डां भट्टराईको कदम अविलम्व फिर्ता लिन र मुमाराम खनाललाई आफूले मेहनत गरी बनाएको पार्टी परित्यागको निर्णय फिर्ता लिन जोडदार माग गर्दछु ।’ बाहिर बाबुरामले अन्तरपार्टी जनवादको सबभन्दा ठुला कुरा गर्ने तर आफुले अधिकार पाएको अवस्थामा सबैभन्दा बढी निरकुंश हुने आरोप बाबुराममाथि हिजो माओवादीमा छँदा समेत लाग्दै आएको थियो । नयाँ शक्ति बनाउन भनेर राजनीतिमा प्रवेश गरेका समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु नयाँ शक्तिमा हिजोका पुराना जनयुद्धकर्मी हावी भएको आरोप लगाईरहेका छन् भने हिजो जनयुद्ध लडेर आएकाहरुले नयाँहरुले आफ्नो अपमान गरेको आरोप लगाईरहेका छन् । आरोपप्रत्यारोपबिच नयाँ शक्तिमा अहिले कोही सन्तुष्ट नभएको एक केन्द्रिय सदस्य बताउँछन् । यसले नयाँ शक्तिलाई विघटनको दिशामा धकेलिरहेको छ । उसो त पछिल्लो समय नयाँ शक्तिमा संगठनात्मक काम कारवाही सुन्य जस्तै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending