Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

शीर्ष नेताले यसरी मनाउँदै छन् दसैँ

\"bidhya-bhandari-with-top-leader-1-750\"टीका थाप्नेदेखि लगाइदिनेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले २५ असोज बिहान शुभसाइतमा ८ः४५ मा टीका ग्रहण गर्ने भएकी छिन् । उनकी आमा छोराका साथ अमेरिकामा रहेकाले यस वर्ष उनको हातबाट राष्ट्रपतिले टीका ग्रहण नगर्ने प्रेस संयोजक माधव शर्माले बताए । राष्ट्रपतिले ११ देखि १२ बजेसम्म सल्लाहकार समूह र कार्यालयका कर्मचारीलाई टीका लगाइदिनेछिन् । १ देखि २ बजेसम्म प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका इच्छुक अधिकृतले टीका ग्रहण गर्ने गरी समय व्यवस्थापन गरिएको शर्माले जानकारी दिए । दिउँसो २ देखि ५ बजेसम्म भने राष्ट्रपतिले इच्छुक सर्वसाधारणलाई टीका लगाइदिनेछिन् । परिवारसँग समय बिताउने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दसैँमा टीकाटालो गर्दैनन् । दसैँका दिन उनले परिवारका सदस्यहरूसँगै समय बिताउने योजना बनाएका छन् । नयाँ किताब अध्ययन गर्ने, नयाँ योजनाका विषयमा सोच्नेजस्ता काममा प्रधानमन्त्रीले आफूलाई सरिक गराउने स्वकीय सचिव प्रकाश दाहालले बताए । ओलीको दसैँ काठमाडौंमै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनेछन् । दसैँ मनाउन मोहनप्रसाद काठमाडौं आइसकेका छन् । अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले दसैँमा छुट्टै कार्यक्रम नरहेकाले औसत नेपालीले झैँ दसैँ मनाउने जानकारी दिए । बुबाबाट टीका थापेर घरमै रमाइलो नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई काठमाडौंमै परिवारका साथ दसँै मनाउने योजनामा छन् । उनले कोटेश्वरमा रहेका भाइको घरमा पुगी बुबाको हातबाट टीका ग्रहण गर्नेछन् ।

कांग्रेस नेताको दसैँ

देउवाको टीको छैन कांग्रेस सभापति शेरबहादुर देउवाको यो दसैँमा टीका छैन । आफन्तको निधनका कारण टीका नभएपछि घरमा सामान्य जमघट गरेर दसैँ मान्ने तयारी उनको छ । ‘सभापतिको भतिजको निधनका कारण यसपटक उहाँहरूको टीकाको कार्यक्रम छैन,’ देउवाका स्वकीय सचिव भानु देउवाले नयाँ पत्रिकासँग भने, ‘दसैँमा घरमा बस्ने आएका नेता–कार्यकर्ता भेट्ने कार्यक्रम मात्र हो ।’ दसैँको फुर्सदको समयमा कतै घुमफिर गर्ने, किताब पढ्ने, सिनेमा हेर्नेजस्ता कार्यक्रम पनि देउवाको छैन । दसैँका वेला दलहरूबीच संविधान संशोधन, स्थानीय तह र प्रदेशको सीमांकनसहितका विषयमा छलफल भए सभापति देउवा सहभागी हुन सक्ने भानु देउवा बताउँछन् । बुढानीलकण्ठमा पत्नी आरजु, सहयोगी र सुरक्षाकर्मीसँगै देउवा दसैँ मनाउँदै छन् । देउवाका एक मात्र छोरा बेलायतमा अध्ययनरत छन् । सभापति सुशील कोइरालाको निधनका कारण कांग्रेसले यसपटक दसैँका अवसरमा औपचारिक कार्यक्रम, जलपानजस्ता कार्यक्रम राखेको छैन । संविधान कार्यान्वयनका लागि दसैँ उपयोग गर्दै पौडेल कांग्रेस नेता रामचन्द्र पौडेल यसपटक पनि काठमाडौंमा दसैँ मनाउँदै छन् । घरमा खसी काट्ने, टीकाटालो गर्ने, नेता–कार्यकर्तासँग भेट गर्ने तयारी गरेका पौडेलले दसैँको अवसरमा राजनीतिक भेटघाट पनि गर्ने तयारी गरेका छन् । घरमा आउने नेता–कार्यकर्ता, आफन्त, शुभेच्छुकलाई टीका लगाउने, आशीर्वाद दिने कार्यक्रम उनले तय गरेका छन् । छोरा चिन्तन बेलायत भएका कारण घरमा पौडेलदम्पती मात्र छन् । चार छोरीमध्ये तीन छोरी बाबु पौडेलसँग टीका थाप्न आउने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारी बताउँछन् । स्वकीय सचिव अधिकारीका अनुसार पौडेलले दसैँका वेला संविधान कार्यान्वयनका विषयमा दलीय छलफलका लागि प्रयास गर्ने कार्यक्रम बनाएका छन् । माओवादी र एमालेका नेताहरूलाई पौडेलले फोन गरेरै दसैँको समयमा राजनीतिक छलफल गर्नुपर्ने बताइसकेका छन् । शशांकले टीका नलगाउने महामन्त्री डा। शशांक कोइरालाको पनि यो दसैँमा टीकाको कार्यक्रम छैन । पार्टीका पूर्वसभापति सुशील कोइरालाको निधनका कारण यसपटक शशांकले टीका नलगाउने भएका हुन् । केही समयअघि निमोनियाको उपचार गरेपछि उनी अहिले पनि आराम गरिरहेका छन् । दसैँको समयमा पनि घरमै आराम गर्ने उनका स्वकीय सचिव भरत तिवारी बताउँछन् । १७ असोजदेखि सिटौला झापामा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला १७ असोजदेखि झापामै छन् । चारआली–केचना सडक पिचका लागि शिलान्यास गरेपछि सिटौला गृहजिल्लामा छन् । उनी नवमीको दिन काठमाडौं आउँदै छन् । उनको यसपटकको दसैँमा टीकाको कार्यक्रम छैन । कान्छीआमाको निधनका कारण टीकाको कार्यक्रम नभएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । पूर्वसभापति सुशील कोइरालाको निधनका कारण पार्टीले औपचारिक रूपमा दसैँमा शुभकामना र चियापान कार्यक्रम नराखे पनि तरुण दल, नेविसंघ, महिला संघजस्ता भ्रातृ संस्थाले गर्ने कार्यक्रममा कांग्रेस नेताहरू सहभागी हुँदै आएका छन् । सिटौलाका छोरा अध्ययनका लागि अमेरिकामा छन् । ओनसरी घर्ती, सभामुख सभामुख ओनसरी घर्ती माओवादी केन्द्रका नेता तथा श्रीमान् वर्षमान पुन अनन्तसँगै एक साता लामो उपचारका क्रममा शुक्रबार थाइल्यान्ड गएकी छन् । दसँै खासै नमनाउने र यही बिदाको अवसर पारेर बिरामी अवस्थामा रहेका बुढाबुढी दुवैको स्वास्थ्योपचारको ‘फलोअप’ गर्ने सोच बनाएको सभामुख घर्तीले बताइन् । ‘हामी खासै दसँैलाई टीकाटालो गरेर मनाउँदैनौँ, यही बिदाको अवसरमा उपचारको फलोअपमा बिताउने योजनामा बंैकक जान लागेकी हुँ,’ घर्तीले भनिन् ।  मोहन वैद्य नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण दसैँको समय अध्ययनमा बिताउने योजनामा छन् । पूर्णकालीन राजनीतिमा लागेदेखि नै उनले दसँैको टीकाटालो गरेका छैनन् । तर, घरपरिवारका सदस्यसँग भेटघाट गर्ने, रमाइलो वातावरणमा दिन बिताउने योजनामा वैद्य रहेको उनकी श्रीमती सुषमा वैद्यले जानकारी दिइन् । नारायणकाजी श्रेष्ठ प्रकाश माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि यसपटकको दसँैमा उपत्यकामै हुन्छन् । उनले काठमाडौंबाहिर जाने कुनै कार्यक्रम बनाएका छैनन् । टीकाटालोमा खासै चासो नदिने श्रेष्ठ अन्यले मनाउने चाडपर्वको सांस्कृतिक पक्षको सम्मान गर्ने बताउँछन् । यसपटक आफ्नै निवास हात्तीवनमा दाजुभाइहरूसँग भेटघाट गरेर दसँैको समयको सदुपयोग गर्ने योजना बनाएको उनी बताउँछन् । ‘खासै ठूलै जमघट हुँदैन, सामान्य रूपमा दाजुभाइहरूसँग काठमाडौंमै मनाउँछु,’ श्रेष्ठले भने । रामबहादुर थापा बादल माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल दसैँमा काठमाडौंमै छोराछोरी र श्रीमतीका साथ रहनेछन् । दसँैैमा टीकाटालो नगर्ने अन्य माओवादी नेताहरूको जस्तै उनको घरमा पनि टीकाटालो हुँदैन । भाइरलका कारण रुघाखोकीले उनलाई सताएको छ । बादलकी श्रीमती नैनकला थापाले चितवनमा आमासँगको भेटघाटमा जाने इच्छा देखाए पनि बिरामीका कारण के गर्ने भन्ने निधो लागिनसकेको बताइन् । यादव टीकाको दिन नेपाल आइपुग्ने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दसैँको समयमा धेरै दिन विदेशमै हुनेछन् । युरोप भ्रमणमा रहेका यादव २५ असोजमा काठमाडौं आउनेछन् । २५ गते बिहान टीका भए पनि यादव भने दिउँसो मात्रै काठमाडौं आइपुग्ने उनका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए । उनले यादवको दसैँसम्बन्धी थप कार्यक्रमबारे जानकारी नभएको बताए । महतोले दसैँमा कार्यकर्ता भेटघाट गर्ने सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले दसैँको समयमा खासै योजना बनाएका छैनन् । महतोको घरमा टीका लगाउने चलन छैन । त्यसैले कार्यकर्ता तथा इष्टमित्रसँग भेटघाट बाक्लो हुने महतोले बताए । ‘दसैँको समयमा काठमाडौंमै हुनेछु, तर इष्टमित्र र कार्यकर्तासँग भेटघाट हुनेछ,’ महतोले नयाँ पत्रिकासँग भने, ‘तराईतिर टीकाको चलन हुँदैन, त्यसैले पूजा गर्छौं, बाँकी समय अध्ययन गर्ने योजना छ ।’ महतोको घरमा खसी काटिनेछैन । उनी विशेष कार्यक्रम नबनेसम्म काठमाडौंमै रहनेछन् । गच्छदारको दसैँ छैन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको दसैँ मनाउने कार्यक्रम छैन । उनको दाइकी श्रीमतीको निधन भएकाले दसैँ मनाउने कार्यक्रम नरहेको छोरा सुवास गच्छदारले जानकारी दिए । ‘आफन्तको निधन भएकाले दसैँ हुँदैन, दसैँमा हामी काठमाडौंमै हुन्छौँ, तर खास कार्यक्रम भने छैन,’ उनले नयाँ पत्रिकासँग भने । गच्छदारले दसैँमा केही अध्ययन गर्ने र कार्यकर्तासँगको भेटघाटमा समय बिताउने योजना बनाएका छन् । (नयाँ पत्रिका दैनिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy