Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

[caption id=\"attachment_96343\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] धादिङ, २४ असोज । खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? श्नीरलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेंसीका विष्णुप्रसाद कोइरालालाई यो समस्याले चिन्ता गराएको छ । गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दीनाथ एक नामक धानको बीउ जिल्ला कृषि विकास कार्यालय मार्फत वितरण गरेपछि सोही धान लगाएका कोइरालाले यस्तो समस्या भोग्नुपरेको हो । पाँच रोपनी जग्गामा लगाइएको हर्दीनाथ एक धान लगाएका कोइरालाको पाँच जनाको परिवार छ । धान फलेमा उनीहरुको परिवारलाई यही धानको भात खाएर एक वर्ष चल्छ । सन्तानको पढाइलेखाइ चल्छ । जब धान फलेन तब उनको ओठमा मुस्कानको सट्टा अँध्यारो बादल छाएको छ । अब के खाने रु एक वर्ष कसरी बाँच्ने रु कोइराला चिन्तामा छन् । कोइराला मात्र होइन, सुकुम्बासी विष्णु श्रेष्ठले अधियाँमा लगाएको चार रोपनी खेतको धान फलेन । बाला लाग्ने बेलामा भुस मात्र फलेको छ । धेरै फल्छ, अनुसन्धान केन्द्रको धान राम्रो हुन्छ, रोग प्रतिरोधी छ भन्ने लागेर उनीहरुले त्यसको बीउ किनेर लगाएका थिए । बीउ उम्रिया । सबै राम्रोसँग बढेको हो । अन्य वर्षभन्दा राम्रो फल्छ भन्ने देखिएको थियो । धानको बाला निस्कन लागेपछि मर्न थल्यो । जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क भयो । कर्मचारीले औषधि पनि लेखिदिएका हुन् तर उनीहरुले लेखिदिएको औषधिले उपचार भएन । नीलकण्ठ नगरपालिका तथा सलाङ र त्रिपुरेश्वर गाविसमा १८ क्विन्टल धानको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बीउ ल्याउँदा आधा पैसा कृषकले तिर्ने गरी ल्याइएको र सोही बीउ वितरण गरिएकाले आफ्नो कुनै कमजोरी नभएको तर कृषकको खेतमा धान नफलेको वास्तविकतालाई सहयोग गर्न जिल्ला कृषि विकास कार्यालय तत्पर रहेको कार्यालयका निमित्त कार्यालय प्रमुख दुर्गादत्त पन्थीले बताए । बालीरोग विज्ञान महाशाखाको सिफारिसमा अनुसन्धान केन्द्रले नै तयार गरी पठाएको बीउ भए पनि बीउ वितरणकै समयमा किरा लागेको र बिनाउपचार बीउ ल्याइएको कृषक टोपकुमारी मल्लले बताए। उनीको अन्य खेत नभएको र सबै खेतमा लगाइएको धान सबै नफलेपछि समस्यामा परेको हो । धान नफलेर गुनासो आएको भन्ने जानकारीपछि महाशाखाले सो क्षेत्रका धानको परीक्षण गरी ‘नेक ब्लास्ट’ नामक रोग लागेकाले बीउ लगाउँदा उपचार गर्न, धानको बाला निस्कनुअघि र निस्केपछि विषादी हाल्न र रोगग्रस्त बाला निकालेर फाल्न सुझाव दिएको छ । कृषकले भने धानको बीउ लगाउँदा भन्नुपर्ने कुरा अहिले सुझाव दिएर कसरी लगाउनू भन्दै क्षतिपूर्तिको माग गरेका छन् । खाद्यअधिकार जिल्ला सञ्जाल, इन्सेक, राष्ट्रिय कृषकसमूह महासङ्घ लगायत संस्थाले कृषकलाई क्षतिपूर्ति दिन कृषि विकास कार्यालयमा माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सो धान सामान्य तवरले फलेमा पनि एक सय ११ मेट्रिक टन उत्पादन हुने कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy